बाल्ने र निभाउने सेन्सर प्रबिधि पत्ता लाग्यो


इलेक्ट्रिकल इन्जिनियरिङ्ग अध्ययनरत सुमन पौडेलले अध्यारो र उज्यालो आफै थाह पाएर बाल्ने र निभाउने सेन्सर प्रबिधि पत्ता लगाएका छन ।
डिप्लोमा ईन्जिनियरिङ दोस्रो बर्षमा अध्ययनरत कैलाली पहलमानपुरका पौडेलले भेरी प्राविधिक शिक्षालयमा शुक्रबार अध्यारोमा आफै बल्ने र उज्यालोमा आफै निभ्ने गराउन उक्त सेन्सरको प्रयोग गरेर देखाएका हुन् ।
सेन्सरले काम गर्ने प्रविधिलाई अन्य काममा प्रयोगमा ल्याउन सकिने छ । पौडेलले दुई साता लगाएर यस्तो प्रविधिको निर्माण गरेका हुन् ।
प्राविधिक शिक्षालयको हलमा उपस्थित विद्यार्थी शिक्षकहरु पौडेले निर्माण गरेको प्रविधि देखेर दंग परेका थिए । हातले छेकेर सेन्सरलाई अध्यारो पारे पछि त्यसमा जोडेर राखिएको इलेक्ट्रिक बल्ने गर्दथ्यो ।
अध्ययनका क्रममा एलडीआरु प्रविधि बारे जानकारी पाएपछि त्यसैलाई उक्त प्रविधिमा प्रयोग गरेको पौडेलले बताउनुभयो । उक्त प्रविधि तयार गर्न दुई साता लागेको थियो । सेन्सर प्रविधि बत्तिमा मात्र नभई कलकारखाना किसानले सिचाईका लागि प्रयोग गर्ने मोटर नगरमा प्रयोग गरीने सडक बत्ती लगायत अन्य मेशिनरीहरुमा समेत प्रयोगमा ल्याउन सकिने छ ।
राति बलेका सडक बत्ती दिनभरी पनि बलिरहेमा  यो प्रविधिले  प्लग बन्द गर्नु नपर्ने बताउनुभयो ।उहाँले  यो प्रविधिले  गर्दा दिनभरी बत्ती बलेर खेर गैरहेको विद्युत बचत गर्न सकिने बताउनुभयो । विद्युतिय प्लग नचाहिने उक्त लाइट अध्यारो हुना साथ आफै बल्ने र उज्यालोमा आफै निभ्ने गर्छ ।
सेन्सरलाई उज्यालोमा चल्ने र अध्यारोमा बन्द हुने पनि बनाउन सकिने पौडेलले बताएको  छ । सानै देखी नयां नयां प्रविधिको खोजि गर्न मन पराउने पौडेलले निर्माण गरेको नयां प्रविधि हेर्न प्राविधिक कार्यालयमा विद्यार्थी र शिक्षकहरु जम्मा भएका थिए । रातभरी सिचाईगर्ने मोटरमा यो प्रविधि प्रयोग गर्न सकिने  उहाँले  बताउनुभयो । जसले गर्दा किसानले बिहान उज्यालो हुना साथ मोटर बन्द गर्न जानु पर्ने समस्या अन्त्य हुने झण्झटबाट मुक्त हुन सकिने उहाँको दावी छ ।
बल्भ बलिरहदा कतिपय बिद्युत त्यसै खेर गईरहेको देखिन्छ । नगर पालिक बिद्युत प्राधिकरणले कर्मचारीको लापरबाहिले खेर गईरहेको बिद्युत जोगाउन यस्तो सेन्सर लगाउन सुझाव दिनुभयो । उहँले  सानो उदाहरणका लागि मात्र विद्युतिय बल्बमा प्रयोग गरेको र यो  प्रविधि अन्य मेशीनरी बस्तुमा पनि प्रयोग गरेर फाइदा लिन सकिने दावी गर्नुभयो ।

,

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind