सोँचेभन्दा कम छ कमाइ गुगलको
तपाइले गुगलको कमै कति भन्ठान्नु भयको छ । पछिल्लो तथ्यांकले इन्टरनेट कम्पनी गुगलको कमाइ अपेक्षा भन्दा कम भएको देखाएको छ । सन् २०११ को पछिल्लो त्रैमासिकमा गुगलको राजस्व वृद्धि २७ प्रतिशत रहेपनि त्यो वालस्टि्रटको अनुमान भन्दा कम हो ।
विश्वभरी एन्ड्रोइड, जिमेल र गुगल प्लसका प्रयोगकर्ताको संख्या ९ करोड पुगेको उनले बताए । सन् २०११ को वर्षभरीमा गुगलको कमाइ २९ प्रतिशतले बढेर ३७ अर्व ९० रोड डलर पुगेको छ जसमध्ये ९ अर्व ७० करोड खुद मुनाफा भएको छ ।
यसैबीच सन् २०११ को अन्तिम त्रैमासिकमा माइक्रोसफ्ट र इन्टेलको कमाइ भने उच्चदरले बढेको छ ।
माइक्रोसफ्टले ६ अर्व ६२ करोड डलर कमाएको छ । माइक्रोचिप्स निर्माता इन्टेलको कमाइ पनि ६ प्रतिशतले बढ्दै ३ अर्व ३६ करोड डलर पुगेको छ ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind