आज पहिलो विश्व रेडियो दिवस, काठमाण्डुमा विशेष कार्यक्रम हुँदै ।

आज फेब्रुअरी १३ अर्थात् प्रथम विश्व रेडियो दिवस, नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रमको आयोजान गरी यो दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोको ३६ औं साधारण सभाको घोषणा अनुसार आज संसारभरका गैरसरकारी संस्था, पत्रकार, विश्वविद्यालयहरु र सरकारहरुले पहिलो विश्व रेडियो दिवस मनाइरहेका छन् । विश्वका सबैभन्दा धेरै मानिसको पहुँचमा पुग्न सफल सरल र भरपर्दो प्रसारण माध्यम रेडियोको विकास, प्रभाव र प्रगतिलाई सम्मान गर्दै नेपालमा पनि रेडियो दिवस मनाउन थालिएको हो । रेडियो दिवसको उपलक्ष्यमा सामुदायिक रेडियो प्रसारक संघ (अकोरब) ले अहिले समाज रुपान्तरणमा रेडियोले निर्वाह गरेको भूमिकाका विषयमा काठमाण्डुमा विशेष कार्यक्रम गर्दैछ । नेपालमा सामुदायिक रेडियोहरुको संख्या २ सय १० पुगेको छ । आजभन्दा ६६ वर्ष अघि फेबु्रअरी १३ तारिखका दिन संयुक्त राष्ट्रसंघ रेडियो प्रसारण शुरु भएको दिनको सम्झनामा अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन युनियन र युनेस्कोले विश्वभरी रेडियो दिवस मनाउन आग्रह गरेका हुन् । 

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind