३ बुँदे सहमतिपछि तनावग्रस्त तातोपानी नाका खुल्यो ।।
३ बुँदे सहमतिपछि चार दिनदेखि तनावग्रस्त बनेको चीनसँग नेपालको एकमात्र व्यापारिक नाका सिन्धुपाल्चोकको तातोपानी खुलेको छ । गएराति अबेर सम्म बसेको वार्तामा सिमा सुरक्षा प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक विश्व कार्कीको सम्बन्धमा छानविन गरी प्रतिवेदन बुझाउन समिति गठन गर्ने, नाका तत्काल खुलाउने र कुनै किसिमको अरोध सीर्जना नगर्ने लगायतका सहमति भएपछि नाका खुलेको हो । वार्ता सफल भएपछि प्रर्दशनका कारण १० किलो भन्ने स्थानमा रोकिएका चिनियाँ सामान लिएर राजधानी आउँदै गरेका सयौँ मालबाहक भ्यानहरु लागेको सिन्धुपाल्चोकका सहायक प्रमूख जिल्ला अधिकारी गोविन्द सापकोटाले जानकारी दिनुभयो । त्यस्तै विरोधले अलपत्रमा परेका चीनतर्फ जाने र नेपाल आउने हजारौ पर्यटकहरु समेत
गन्तव्यतर्फ हिडेको अध्यगमन कार्यालय कोदारीले जनाएको छ । निरीक्षक कार्कीको तत्काल सरुवा गरिनुपर्ने एक सुत्रीय माग राख्दै स्थानीय व्यापारीहरुले सीमा क्षेत्रमा यातायात, बैक, बजार तथा विद्यालयहरु जबर्जस्ती बन्द गरेर प्रर्दशन गरेका थिए ।

0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind