महिलाहरु मदिरा नियन्त्रण अभियानमा ।।
बैतडीको गुरुखोला गाविस वडा नं ९ पालीका महिलाहरुले अवैध रुपमा विक्रि वितरण भइरहेको मदिरा नियन्त्रण हुनुपर्ने भन्दै आज नाराजुलुस गरी गाउँको परिक्रमा गरेका छन् । मदिरा सेवनका कारण ग्रामिण क्षेत्र अशान्त भएको तथा महिलाहरु माथि घरेलुहिंसाहरु वृद्धि भइरहेकाले महिलाहरु मदिरा नियन्त्रण अभियानमा सक्रिय भएका हुन् । महारुद्र बचत तथा ऋण सहकारी संस्थाको अगुवाई नाराजुलुसमा उत्रेका महिलाहरुले गाउँ भाड्न पाइदैन रक्सी बेच्न पाइदैन भनेर नाराबाजी गरेका थिए । अवैध मदिरा विक्रि वितरणका कारण समाजमा नराम्रो असर परेकाले आफूहरु मदिरा नियन्त्रण अभियानमा जुटेको गुरुखोला गाविस वडा नं ९ का महिलाहरुले जनाएका छन् ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind