सरकार आर्थिक समृद्धिको आधार खोजीरहेको अर्थमन्त्रीको भनाई ।।
अर्थमन्त्री वर्षमान पुनले भौतिक पूर्वाधार निर्माण आर्थिक समृद्धिको आधार भएकाले यसतर्फ सरकार लागिपरेको बताउनुभएको छ । दक्षिण ललितपुरको चक्रपथ रोडअन्तर्गत माल्टा–प्युटार जोड्ने खानीखोला पुलको मङ्गलबार उद्घाटन गर्दै उहाँले शान्ति, संविधान, सुशासनसँगै आर्थिक समृद्धिलाई सार्थकता दिन सरकारले सडक, पुललगायत भौतिक निर्माणका कार्यलाई प्रभावकारी बनाउन लागेको बताउनुभयो ।
अर्थमन्त्री पुनले सरकारी निकायबीच आपसी तालमेल नहुँदा विकासे योजना गुणस्तरहीन र ढिलो सम्पन्न हुने गरेको भन्दै अर्थ मन्त्रालयले उपयुक्त योजनालाई प्राथमिकतामा राखी समयमै सम्पन्न गर्ने नीति लिएको उल्लेख गर्नुभयो । कार्यक्रममा स्थानीय पूर्वाधार विकास तथा ग्रामीण कृषि सडक (डोलिडार)का महानिर्देशक भूपेन्द्र बस्नेतले निर्माण व्यवसायीको लापर्वाहीका कारण समयमै योजनाहरु सम्पन्न नहुने र गुणस्तरहीन हुने गरेकाले अबका योजना कार्यान्वयन चाँडो, प्रभावकारी तथा गुणस्तरीय बनाइनुपर्ने धारणा राख्नुभयो ।ललितपुरका प्रमुख जिल्ला अधिकारी चुडामणि शर्माले दक्षिण ललितपुरको भौतिक पूर्वाधार विकासलाई सुरक्षित र प्रभावकारी बनाउन आफू लागिपरेको बताउनुभयो । यसैबीच अर्थमन्त्री वर्षमान पुनले लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरी त्यसलाई संस्थागत गर्ने कार्यमासमेत ठूलो योगदान पु¥याउँदै आएका सञ्चारमाध्यमलाई सहयोग गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।नेपाल पत्रकार महासङ्घ, काठमाडौँ शाखाले अर्थ मन्त्रालयमा आज बुझाएको पाँचबुँदे ज्ञापनपत्र ग्रहण गर्दै उहाँले मुलुकको लोकतान्त्रिक आन्दोलनलाई सार्थक बनाउन सञ्चारमाध्यमले खेलेको भूमिकाको कदरस्वरुप उनीहरुलाई प्रोत्साहन र सहयोग गर्न आवश्यक कदम चालिने बताउनुभयो ।
आइटीएफमा मध्यमाञ्चललाई अग्रता ।।
एकिन्द्र तिमिल्सिना, टीकापुर एफएम
टीकापुरमा जारी छैठौ राष्ट्रिय खेलकुद प्रतियोगिताका फुलकन्ट्याक र आइटिएफ प्रतियोगिता सम्पन्न भएको छ । आइटीएफमामा ८० पदक मध्ये मध्यमाञ्चलले ९ स्वर्ण २ रजत र ४ कास्य गरी १५ पदकका साथ प्रथम भएको छ । पश्चिमाञ्चलले ४ स्वर्ण, ७ रजत र ४ कास्य गरी कूल १५ पदक जितेको छ । पिएलएले ३ स्वर्ण, ३ रजत र ५ कास्य गरी कूल ११ पदक जितेको छ । एपिएफले ३ स्वर्ण, २ रजत ४ कास्य गरी९ पदक जितेको छ । पुर्वाञ्चल २ स्वर्ण, ३ रजत र ८ कास्य गरी कूल १३ पदक जितेको छ । मध्य पश्चिमाञ्चल २ स्वर्ण, ३ रजत र ५ कास्य गरी १० र सुदूरश्चिमाञ्चल २ रजत र ५ कास्य गरी जम्मा ७ पदक मात्र जितेको छ ।
आज भएका खेलमा पुरुष एकल स्पारिङ्ग ४६—५० केजीमा मध्यमाञ्चलका पुकार केसी पहिलो, सुदूरुपश्चिमाञ्चलका सुरेन्द्र शेर्पा दोस्रो र पूर्वाञ्चलका राजुरानामगर, पश्चिमाञ्चलका प्रकाश थापा तेस्रो भएका छन् । ५१—५५ केजीमा पूर्वाञ्चलका सुरेश धिमाल पहिलो, मध्यपश्चिमका शंकर यादव दोस्रो र एपीएफका लबबहादुर ऐडी र मध्यमाञ्चलका सुनिल बस्नेत तेस्रो भएका छन् । ५६—६० के.जीमा पीएलएका निरोज रानामगर पहिलो, एपीएफका मानबहादुर चौधरी दोस्रो र पूर्वाञ्चलका योगेन्द्र धिमाल, मध्यमाञ्चलका अमिर महर्जन तेस्रो भएका छन् । ६१—६५ के.जीमा पीएलएका चावची डंगोल पहिलो, पश्चिमाञ्चलका भूपेन्द्र पुन दोस्रो र पूर्वाञ्चलका द्रोणबहादुर मगर, सुदूरपश्चिमाञ्चलका आशिष चौधरी तेस्रो भएका छन् । ६६—७० के.जीमा मध्यमाञ्चलका मनोज खडका पहिलो, सुदूरपश्चिमाञ्चलका दिलबहादुर एसके दोस्रो र पीएल्एका अनुप केसी, एपीएफका भरत सिंह तेस्रो भएका छन् । ७१—७५ के.जीमा पीएफका हर्ष राजबंशी पहिलो, पश्चिमाञ्चलका लोकेन्द्र घर्तीमगर दोस्रो र पूर्वाञ्चलका मनोज कटुवाल, राजन महर्जन तेस्रो भएका छन् । ७६—८० के.जीमा मध्यमाञ्चलका पवन तामा¨ पहिलो एपीएफका विन्दू चौधरी दोस्रो र पश्चिमाञ्चलका बेगबहादुर घर्ती तेस्रो भएका छन् । ८० के.जी. भन्दा माथि मा एपीएफका श्याकमकृण श्रेष्ठ, पश्चिमाञ्चलका गणेश काउछा दोस्रो र सुदूरपश्चिमा१चलका आकाश श्रेष्ठ, मध्यमाञ्चलका सहनवाज अन्सारी तेस्रो भएका छन् ।
महिला एकल स्पारिङ्गतर्फ ४१—४५ के.जीमा मध्यमाञ्चलका तुलसी थापामगर पहिलो, पीएलएका शुष्मा बोम्जन दोस्रो र पश्चिमाञ्चलका सन्जु र्कााी, पूर्वाञ्चलका सपना राई तेस्रो भएका छन् । ४६—५० के.जीमा पीएलएका मुना बोम्जन पहिलो, पश्चिमाञ्चलका सीमा सारु दोस्रो र मध्यपश्चिमका योगमाया विके, सुदूरपश्चिमका उमा चन्द तेस्रो भएका छन् । ५१—५५ के.जी पश्चिमाञ्चलका ममता थापा पहिलो, पूर्वाञ्चलका रिना धिमाल दोस्रो र मध्यपश्चिमका हिमा पुनमगर तेस्रो भएका छन् । ५६—६० के.जीमा मध्यमाञ्चलका सुजिता श्रेष्ठ, पीउलएका दृष्या श्रेष्ठ, मध्यपश्चिमका सूजना चौधरी, सुदूरपश्चिममा मिरा नेपाली तेस्रो भएका छन् । ६१—६५ के.जीमा पश्चिमाञ्चलमा सीमा खासु पहिलो, मध्यमाञ्चलका नानीमैंया श्रेष्ठ दोस्रो र सुदूरपश्चिमका सुजाता सिजापति, पूर्वाञ्चल लक्ष्मी सरदार तेस्रो भएका छन् ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind