९ महिना बितिसक्दा पनि शुरु भएन रुम्जाटार विमानस्थलको कालोपत्रे गर्ने काम ।।


ओखलढुंगामा  रहेको एकमात्र रुम्जाटार विमानस्थल कालोपत्रे गर्ने काम समझौता भएको ९ महिना बितिसक्दा पनि शुरु भएको छैन । ४८ वर्ष अगाडी निर्माण भएको उक्त विमानस्थल २ वर्ष अगाडी ६५ लाखको लागतमा मर्मत भए पनि अनियमिताका कारणले मर्मत रामो नभइ २ वर्षमै जिर्ण भएको छ । धावन मार्गको कालो पत्रे गर्न शहरी विकास तथा भवन निर्माण डिभीजन कार्यालय ओखलढुंगाले उदयपुरको ठेकेदार कम्पनी एपेक्स रोताहा कन्ट्रक्सन प्रा ली का अम्बर ब खत्री सँग ५ सय ८० मि र २० मि चौडाइमा कालो पत्रे तथा ५० मि चौडाइमा माटोको काम गर्ने गरी ३ करोड ३९ लाखमा गत जेठमा सम्झौता गरेको थियो ।सम्झौता अनुसार ग्राभेल २ हजार ५ सय घनमिटर कालो पत्रे २०६९ साल भदौमा सम्पन्न गर्नु पर्ने भए पनि ठेकेदार ले बिभिन्न कारण देखाएर हाल सम्म पनि काम शुरु भएको छैन । ठेकेदार कम्पनिका प्रमुख अम्बर ब.  खत्रीले नेपाल नागरीक उड्ययन प्राधिकरणले उडान नरोकेकाले काम थाल्न समस्या भएको बताउनु भयो । साथै प्राधिकरणले निर्माण सामग्री ढुवानी तथा तयारी नभएकाले समस्या भएको बताएको छ । काम शुरु नभएको विषयमा प्रमुख जिल्ला अधिकारी सागर मणी पराजुलीले इन्जीनियर, ठेकेदार, र सर्वपक्षीय बैठकले यहि फागुन १५गते  देखी उडान समेत रोकेर काम शुरु गर्ने सहमति भएको जानकारी दिनु भयो ।


0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind