प्रमुख तीन दलको बैठक बस्दै ।।
शान्ति र संविधानको बाँकी काम पूरा गर्नेबारे सहमतिको प्रयासस्वरुप प्रमुख तीन दलको बैठक आज बस्दैछ । शान्ति प्रक्रिया र संविधान निर्माणको काम टुङ्गोमा पु¥याउनेभन्दै यसअघि कार्यविभाजन गरेका एकीकृत माओवादी, नेपाली काङ्ग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच अहिले केहीबेरमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा बैठक बस्न लागेको हो । आजको बैठकमा आआफ्नो जिम्मेवारी अनुसार नेताहरुले शान्ति र संविधानबारे सहमतिको खाका प्रस्तुत गर्नेछन् । ४ दिनअघि बसेको शीर्ष नेताको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले तीन साता भित्रमा लडाकुहरु बसेका सबै शिविर खालीगर्ने गरी शान्ति प्रक्रिया बारेको खाका पेस तयार पारेको जानकारी दिनु भएको भए पनि काङ्ग्रेस र एमालेले तयारी नपुगेकोभन्दै सहमतिको खाका पेस गरेका थिएनन् । आजको बैठकमा कुनै ठोस सहमति भए शान्ति र संविधान निर्माणको कामले तीब्रता पाउने अपेक्षा गरिएको छ । हिजो बसेको माओवादी लडाकु रेखदेख, समायोजन तथा पुनस्थापना विशेष समितिको बैठकले देशका बिभिन्न स्थानमा रहेका लडाकुका १३ ओटा सहायक शिविर यहि फागुन २७ भित्र खाली गराउने निर्णय गरेको थियो । तीन दलबीच लगातार ३ ओटा बैठक बसेपनि कुनै सहमति हुनसकेको छैन । गएको १२ गते बसेको शीर्ष नेताको बैठकले शान्तिप्रक्रिया र सेना समायोजनसम्बन्धी विवादमा सहमति खोज्ने जिम्मा माओवादी अध्यक्ष प्रचण्डलाई दिएको थियो, भने विगतका सम्झौता अनुसार आयोगहरु गठनको प्रक्रिया र आगामी कार्ययोजनाको बारेमा सहमतिको प्रस्ताव बुझाउन काङ्ग्रेस सभापति सुशील कोइरालालाई जिम्मेवारी दिइएको थियो । संविधान लेखनका विवादित विषयमा सहमति खोज्नेबारेको खाका प्रस्तुत गर्ने जिम्मा नेकपा एमाले बरिष्ठ नेता माधव नेपाललाई तीन दलको बैठकले दिएको थियो ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind