उपत्यकाको विस्तारित सडकका काम परिणाम देखाउन प्रधानमन्त्रीको निर्देशन ।।



प्रधानमन्त्री डा. बावुराम भट्टराईले थालनी गरिएका काममा परिणाम निकाल्न सम्बन्धित अधिकारीलाई निर्देशन दिनुभएको छ । काठमाण्डौ उपत्यकामा विस्तार गरिएका सडकको अवस्थाबारे जानकारी लिने क्रममा आज प्रधानमन्त्री भट्टराईले कम भन्दा कम क्षतिमा राम्रो सडक निर्माण गर्न निर्देशन दिनुभयो । बैठकमा प्रधानमन्त्री भट्टराईले सडक विस्तारका लागि भत्काउने काम पूर्ण भए पनि निर्माणको काम पछाडि परेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले अव विस्तारको लागि भत्काइएको सडकलाई व्यवस्थित रुपमा निर्माण गर्नेतर्फ केन्द्रित हुन निर्देशन दिनुभयो । निर्माण कार्यमा ढिला गर्ने हो भने यो कामकाजि हुन नसक्ने भन्दै उहाँले यो विशेष राष्ट्रिय अभियान भएकोले निर्माणकालागि कुनै कुराको पनि अभाव आउन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । निर्माणका लागि ठेक्का प्रक्रियालगायतका विषयमा साधारण प्रक्रिया ढिला भएको भए अन्य प्रक्रिया अपनाउन पनि उहाँले सम्वन्धित मन्त्रालयका सचिवलाई निर्देशन दिनुभयो । उहाँले  कुनै पनि सन्दर्भमा कतैको पनि काम रोकिन नहुनेमा बताउनुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको बैठकमा स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझी, भौतिक योजनामन्त्री हृदयश त्रिपाठीलगायत सम्बन्धित मन्त्रालयका सचिव तथा सरोकारवाला संस्थानका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind