खुल्ला शिक्षा अन्र्तगत २ सय ७२ जना काभ्रेबाट प्रवेशिका परीक्षामा सहभागि हुदैँ ।।

प्रकाश सुन्दास, काभ्रेपलाञ्चोक

विद्यार्थीहरुको फलामे ढाकाको रुपमा लिइने प्रवेशिका परीक्षामा यो वर्ष जिल्ला शिक्षा कार्यालय काभ्रेले सञ्चालन गरेको खुल्ला शिक्षा अन्तर्गत २ सय ७२ जना १८ वर्ष उमेर समूह माथिका परीक्षार्थी परीक्षा सहभागि हुने भएका छन् । आजात उच्च मावि र विद्या कुञ्ज विद्यालय बनेपामा सञ्चालित खुल्ला शिक्षा अन्तर्गत कक्षा ८ पास भइ
विभिन्न कारणले बीचैमा पढाइ छाडेका काभ्रेपलाञ्चोक, काठमाण्डौ, ललितपुर, भक्तपुरका साथै देशका विभिन्न जिल्लाका महिला तथा पुरुषहरु परीक्षामा सहभागि हुन लागेका हुन् । वर्ष दिन भरी ३५ दिने निःशुल्क कक्षा लिएर १८ वर्षदेखि ४४ वर्ष सम्मका गृहिणी महिला तथा पुरुषहरु प्रवेशिक्षका परीक्षामा सहभागि हुन लागेको कार्यालयले जनाएको छ । यसैबीच यो वर्ष लिइने प्रवेशिका परीक्षाको तयारी जिल्लामा अन्तिम चरणमा पुगेको जनाइएको छ । जिल्लामा ३९ वटा केन्द्रमार्फत नियमित तर्फ ८ हजार २ सय ७७ जना र एक्जाम्डेट तर्फ १ हजार ४४ जना गरी कुल ९ हजार २ सय २१ जना परीक्षार्थीहरु एसएलसी परीक्षामा सहभागि हुने जिल्ला शिक्षा कार्यालय काभ्रेले जनाएको छ । सञ्चार माध्यमका लागि भने पासको व्यवस्था नभएपनि एसएलसी सहयोगी समूहसँग परीक्षा सञ्चालन भएका विद्यालयहरुको अवलोकन गर्न पाइने परीक्षा समन्वय समितिद्धारा जारी विज्ञाप्तिमा भनिएको छ ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind