ब्याक पेपर

पर्खनु पर्खनु तल हेरी नहाल्नु



बुझ्नु भएन




ल ठिकै छ अब हेरौं न त



“उफ क्या बोर यार † परिक्षा त राम्रै भएको थियो । कसरी गयो अंग्रेजीमा ?”
“थुइक्क † यसपाली पानी कटेन कति दिनु परिक्षा पनि – दिक्क लाग्छ ।”
“बाब्बा † दुइ दुइ वटामा फेल भै’एछ । मार्ने भए बाउले †”
“कस्ता कस्ता हुन्छन कपी जाँच्ने पनि २९ आएर फेल हुनु हुन्छ त ?”
“ला † सबैमा पो गोलो लागेछ † के पढ्नु अब त – बरु उहिल्यै बाहिर जान ट्राइ गर्नु पर्ने रहेछ †”

“लापर्बाही को पनि हद हुन्छ नि । अस्सी आउछ भन्ने होप थियो । बीस पो आउँछ यार † सारा सपना चकनाचुर भयो । कसरी जाने घर – कत्रो आसा थियो †”
“मैले त निमेषको डिट्टो सारेको हुँ । तर किन उसको सत्तरी मेरो चै चौबिस ? कपी पनि भांङ खाएर जाच्छन कि क्या हो ?”
“ल सोसोलोजीमा डर थियो मास कम्युनिकेसन मा पो लागेछ † के हो के हो ? बुझनै गाह्रो †”
“बल्ल कट्यो † तिन बर्ष भयो एउटा मेजर इङलिश दिन थालेको । ढुक्क भयो अहिले †”
“सगै परिक्षा दिएको भाई पास भयो । आफु चाँही फेल । घरमा कुनै इज्जत रहेन अब ।”
“पासै भएर पनि के गर्नु ? जाबो ४२ प्रतिशत र्सर्टीmकेट देखाउनै लाज लाग्दो”
“हरे पढ्ने समय नि नहुने भयो अब । सेकेन्ड एअरको लगत्तै सेकेन्ड एअरको ब्याक पेपर दिनु पर्छ । कहिले गर्ने तयारी ?”
“भन्ने ले त भन्छन नि घोडा चढ्ने मान्छे लड्छ भनेर तर के गर्नु आङ्खनो पिर आफै सग † बर्ष भरिको मेहनत खेर जाँदा कसलाई नरमाइलो नलाग्ला ?”
“रिजल्ट आउनासाथ फोन गर भन्नु भा’थ्यो मम्मीले । अब कसरी गरुँ के भनुँ -”
“बिग्रिन पनि कुकुर बिग्रिए सरी ब्रि्रीयो अहिले फेल भईयो भनेर के भन्नु ? बेलैमा पढ्नमा बुद्धी पुगेन †”
“टेन्सन पनि छैन, आफुले नै मेहनत गरिएन ।”
“दुइ वटा कटेछ ठीकै छ । आङ्खनो त पञ्चबषीय योजना हो केरे †”
यस्तै यस्तै कुरा गर्दै थिए । आर आर क्याम्पसमा स्नातक प्रथम बर्षको मार्कसीट लिन गएका विद्यार्थीहरु । भर्खरै त्रिभुवन विश्वाबिद्यालय अर्न्तर्गत स्नातक तह प्रथम बर्षको परिक्षाफल प्रकाशित भएको छ । जहाँ अधिकांश विद्यार्थीहरु फेल भएका छन् । एउटै परिक्षामा बर्षौ झुण्डिनु र झुली रहनु विद्यार्थीको नियति बनेको छ।




“फलानो एयरको ब्याक छ यार † र्फम कहिले खुल्छ -”
विद्यार्थीहरुको मुखमा झुण्डिने सबै भन्दा चलनचल्तिका शब्द हुन यी । विश्वबिद्यालय परिक्षामा फेल हुनु भनेको अति सामान्य कुरा हुन्छ । कमै मात्र हुन्छन नियमित पास हुनेहरु । केही महंगा कालेजहरुलाई छोडेर ।
“पढ्ने समय नै भएन पढ्ने समय नभएसी पर्ढाई पनि त्यस्तै भयो । पर्ढाई त्यस्तै भएसी रिजल्ट राम्रो हुने कुरै भएन”
राजधानीको एक क्याम्पसे विद्यार्थी भुवन एक प्राइभेट कम्पनीमा नोकरी गर्छन । बिहान नौ बजे देखी बेलुका ६-७ बजे सम्म काममा खटिनु पर्ने बाध्यताले उनले स्नातक तहको अध्ययन पुरा गर्न सकेनन । दुइ तीन पटकसम्म परिक्षा दिदा पनि सफलता हात पार्न नसकेपछि अन्त्यमा निराश भएर उनले परिक्षा दिनै छाडिदिए । त्यस्तै कथा अर्का विद्यार्थी बिसम को पनि छ । अध्ययनको लागि राजाधानी आएका बिसमलाई पर्ढाई खर्च जुटाउन नोकरी गर्नु पर्ने बाध्यता थियो । जागिरमा अल्झिनु परेपछि उनको पर्ढाई पनि बिचैमा बिथोलियो ।
त्यसो त पढ्दै जब गर्दै गर्नेहरुमा पनि राम्रै सफलता पाउनेहरु पनि धेरै छन । तर रोजगारी पर्ढाई मा ब्याक लागेको दोष थोपर्ने राम्रो ठाउँ बनेको छ । तथ्यत बढी फुसद हुनेहरु पैसाको दुःख नहुनेहरु नै बढी ब्याक लाग्नेहरु छन् ।
एक निजी कलेजमा अध्ययनरत क्षात्रा रेबिका लाई पढ्ने राम्रो वातावरण थियो । कलेजको पर्ढाई राम्रो थियो । घरबाट सबै आवश्यकताहरु पुरा भएका थिए । उनको अगाडिको शैक्षकि पृष्ठभूमि पनि राम्रै थियो । एसएल्सीमा राम्रै प्रतिशत ल्याएर उत्तिर्णँ गरेकी थिइन । तर संगीतमा रुची भएकी रेबिकालाई ब्यवस्थापनमा कति पनि रुची थिएन । अन्तत बिबिएस दोस्रो बर्षमा ब्याक लाग्यो उनलाई ।
स्कूल लेभलका राम्रा मा गनिने क्षात्र रमण कालेजमा कहिल्यै राम्रा हुन सकेनन् । घरबाट नियमित कालेज गए पनि गलत संगतको प्रभावले कलेजमा प्राय अनुपस्थित नै रहे । कलेजको एकेडेमिक एयर सकिए पनि ब्याक पेपर दिइरहेका उनलाई राम्रो सग पढ्न नसकेकोमा पछुतो छ ।
ब्याक पेपर क्याम्पसे संस्कृति बनेको छ । र्सार्वजनिक कलेजहरुमा एक त नियमित पर्ढाई हुन्नन् । भए पनि विद्यार्थी नियमित पढ्ने हुन्नन् । भर ट्युसन सेन्टर र गाइड गेस पेपरको । कोही को बाध्यताले समय ननिस्कने । कोही बरालिएर समय ननिस्कने । कसैलाई पढेर नि नआउने । कसैलाई पढ्नै रुची नलाग्ने । पढ्ने संयोग परिक्षाको अघिल्लो दिन मात्र जुर्ने गर्छ सबैको । हस्याङ फस्याङ मै बित्ने गर्छ परिक्षाको तीन घण्टा । अनी रिजल्ट उही तारा मन्डल । कलेज लाई अध्यान भन्दा मस्तीको रुपमा लिने मनस्थिति हाबी छ अचेल । चाहे जता जाओस घरबाट निस्कने राम्रो बाहाना बनेको छ । जस्तो कर्म उस्तै फल भने झै परिणाम सधैं ब्याक पेपर ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind