च्याउ खेतीको व्यवसायीकरणका लागि कृषि कार्यालयद्धा विभिन्न सामग्री वितरण ।।


प्रकाश सुन्दास, काभ्रेपलाञ्चोक

जिल्ला कृषि विकास कार्यालय काभ्रेले च्याउ खेतीको व्यवसायीकरण र कृषकहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले विभिन्न सामग्री वितरण गरेको छ । कार्यालयले च्याउ खेतीका लागि आवश्यक पर्ने २८ थान भूसा काट्ने मेसिन कृषकहरुलाई वितरण गरेको हो । त्यस्तै कृषक समूहमा आबद्ध भइ च्याउ खेती गर्दै आएका १ सय जना भन्दा बढी किसानहरुलाई ५० प्रतिशत अनुदानमा विभिन्न जातको १ हजार किलो बीउ समेत वितरण गरेको जिल्ला कृषि विकास कार्यालय काभ्रेका प्राविधिक सहायक बच्चु बहादुर कार्कीले जानकारी दिनुभयो । जिल्लामा करिब २ सय किसानहरुले च्याउ खेती गर्दै आइरहेका छन् ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind