सिन्धुपाल्चोकको तातोपानीबाट ३ लाख बराबरको कस्मेटिक सामान बरामद ।।


प्रकाश सुन्दास,काभ्रेपलाञ्चोक

सिमा सुरक्षा प्रहरीबल कोदारीले ३ लाख बराबरको अवैध कस्मेटिक सामान बरामद गरेको छ । नेपालबाट तिब्बतमा बरिया मार्फत लैजादैँ गरेको अवस्थामा प्रहरी गस्ती टोलीले तातोपानीको १० किलो भन्ने स्थानबाट फ्रान्समा निर्मित १ सय ७५ मिलीलिटरको सेण्ड ११४ थान, डाबर बाटिकाको कपालमा लगाउने १५० मिलिलिटरको ४४ थान तेल बरामद गरेको हो । त्यस्तै बडी स्प्रे ९६ थान, ओम्यान बडी स्प्रे ३६ थान, गाजल ८४ थान र क्रिम १ सय थान बरामद गरिएको कोदारीका प्रहरी निरीक्षक विश्व कार्कीले जानकारी दिनुभयो । निरीक्षक कार्कीका अनुसार दाँत सफा गर्ने ब्रास ९ सय ६० थान र मानिसको कपाल देखिने ४१ किलो ग्रामको ३ बोरा बस्तु समेत बरामद भएको छ । बरामद भएको सबै सामान भन्सार कार्यालय कोदारीमा आजै बुझाइएको निरीक्षक कार्कीले बताउनुभयो ।


0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind