नाङ्गो संसार
कामुकताको राप
- ब्रजेश
काठमाडाँैमा खुलेका अत्याधुनिक मलहरूमध्ये एउटा मलको लुगा पसलमा बाबु-आमा र एउटी टिनएजर छोरी किनमेल गर्दै थिए। छोरीले मन पराएको लुगामा बाबुको आपत्ति थियो भने त्यसबाहेक अरूमा छोरीको आँखा लागेको थिएन। बाबुलाई त्यो लुगा बढी उदांगो लागेको थियो। छोरी भने आफ्ना सबै साथीले त्यस प्रकारका लुगा लगाउने तर्क दिएर बाबुलाई आश्वस्त पार्न खोजिरहेकी थिइन्। आमा दुई जनाको बीचमा मध्यस्थकर्ता बन्ने प्रयासमा प्रस्तुत भइन्। अन्ततः नयाँ पुस्ताका सामु पुरानो पुस्ताले घुँडा टेक्यो। छोरी कानदेखि कानसम्म हाँसिन्, बाबु ठुस्स परेर पैसा तिर्न थाले।
आजको परविर्तित समाजले पुस्तान्तरका कारण भोगिरहेको 'एडजस्टमेन्ट'का अप्ठ्याराहरूको एउटा सानो अंश मात्र हो यो। पहिरन मात्र नभएर सिनेमा, गीतसंगीत, पुस्तक, जीवनशैली र जीवनप्रतिको दृष्टिकोणमा पनि परविर्तनका स्पष्ट संकेत देखिएका छन्। खासमा भन्ने हो भने त अहिलेका युवा पुस्ता र तिनका बाबुआमाका बीच त्यसभन्दा अघिको पुस्ताको जति फरक नहुनुपर्ने हो। किनभने, अहिलेका अभिभावकहरू तुलनात्मक रूपमा आफैँ नै पढेलेखेका र संसार बुझेका पुस्ता हुन्। आफ्नो अभिभावकसँग हुन नसकेको मित्रतापूर्ण र खुला सम्बन्ध आफ्ना छोराछोरीसँग रहोस् भन्ने कुरामा उनीहरू बढी सचेत हुन्छन्। तर पनि पुस्तान्तर भन्ने कुराले उनीहरूलाई सताउन छाडेको छैन। अघिल्लो पुस्ता र पछिल्लो पुस्ताका बीचको मानसिकताको चेपुवामा परेको यो मध्यपुस्ताका लागि सन्तुलन कायम गर्न त्यति सजिलो पनि छैन। द्रुत विकासको युगमा बाँचेको यो पुस्ताले धेरै कुरामा सम्झौता गर्नुपरेको छ। पहिले २० वर्षको अन्तरालमा पुस्तान्तर हुन्थ्यो भने अहिले पाँच-सात वर्षको अन्तरमा नै दृष्टिकोण र मानसिकतामा भिन्नताहरू देखिन थाल्नु पनि यसको प्रमुख कारण हो।
गर्मी लागेपछि लुगाफाटाका पसललाई हेर्ने हो भने त्यहाँ बेच्न राखिएका परधिानहरूले विगतका केही समयमा हाम्रो समाज र मानिसहरूको मानसिकतामा आएका परविर्तनको बखान गररिहेको पाइन्छ। विशेष गरेर महिलाहरूका परधिानहरू पहिलेको तुलनामा बढी उदार र आकर्षक देखिन थालेका छन्। केही समय पहिलेसम्म पसलमा ठिंग उभिएका आकर्षक तर निर्जीव म्यानिक्विनहरूमा मात्र भिराइएका त्यस्ता पहिरनहरू अचेल बाटोमा हिँड्ने र स्कुटरमा हुइँकिने युवतीहरूले पनि निश्चिन्तताका साथ पहिरएिका हुन्छन्। पहिले भए हाफ प्यान्ट लगाएर बाटोमा हिँडेका युवतीलाई घिच्रो बटारीबटारी फर्केर हेर्नेहरू पनि अचेल त्यस्ता दृश्य सहज मान्न थालेका छन्।
मानवशास्त्री सुरेश ढकालका अनुसार विदेश पुगेका नेपालीहरूले पैसासँगै सांस्कृतिक रेमिट्यान्स पनि भित्र्याए। बाहिरी संसार र त्यहाँको प्रचलनसँग भिजेका कारण स्वतः उनीहरूको विचार र व्यवहारमा समेत बिस्तारै परविर्तन आउन थाल्यो। नेपाली समाजको जीवनशैलीमा देखिएको परविर्तनमा विदेशिएका युवाहरूले ल्याएको विचार, संस्कार र संस्कृतिको नै महत्त्वपूर्ण हात रहेको उनको ठम्याइ छ।
त्यस हिसाबले हेर्दा पहिरनको सन्दर्भमा मात्र नभई मानसिकतामा आएको यो परविर्तनले आजको समाज कामुकताप्रति बढी उत्साही र उदार हुँदै गएको भान हुन्छ। निकै लामो समयसम्म यौन र कामुकताका बारेमा हाम्रो समाजमा खुलेर चर्चा गरएिन। कला, साहित्य, संगीत र सिनेमामा पनि यस पक्षलाई खुलेर अगाडि सारएिन। किनभने, यो विषयमा चर्चा गर्नेहरूलाई छाडा, अश्लील र चरत्रिहीन भन्ने दोहोरो मानसिकता हाम्रो समाजमा व्याप्त थियो। तर पनि मानिसको प्राकृतिक आवश्यकताको यो कुरा अप्रत्यक्ष रूपमा बेलाबेला अभिव्यक्त भइरह्यो। जस्तो ः मित्रसेनको पालाका केही गीतहरूमा कामुकताका अंश पाइन्छन् भने पछि गएर कुमार बस्नेत र राम थापाले पनि केही लाक्षणिक लोकगीतहरू गाएका थिए। तिनका कारण अहिलेसम्म पनि बस्नेतलाई 'पात्तिएको बूढा' भन्नेहरूको कमी छैन। त्यतिबेलाको कुरा उनी अहिले पनि झलझली सम्झन्छन्। उनका भनाइमा विपरीत लिंगीप्रतिको आकर्षण भनेको हरेक युगका हरेक प्राणीमा हुने कुरा हो, त्यसलाई समय र समाज अनुसार मान्छेले पूरा गर्ने तरकिाहरू अपनाएको हुन्छ। भन्छन्, "हाम्रो पालामा त्यस्तै गीत र नाचबाट त्यो सन्तुष्ट हुन्थ्यो। महिलाहरू नभएका कारण कुमार दर्शनधारीसँग केटी बनेर मैले पनि कति नाचेको छु। जात्रा र मेलामा केटाकेटीहरू एकार्काप्रतिको आकर्षणलाई जुहारी र दोहोरी गीतहरूका माध्यमबाट अभिव्यक्त गर्थे। त्यतिबेलाको कामुकता त्यत्तिमै सीमित थियो।"
तर, अहिलेको समाजमा त्यतिबेलाको दाँजोमा बेपत्ता परविर्तन आएको उनले अनुभव गरेका छन्। त्यस्ता अप्रत्यक्ष उपायहरूको आज आवश्यकता रहेन भन्ने उनलाई लाग्छ। यो परविर्तनलाई पश्चिमी हावाबाट प्रभावित मान्ने बस्नेत समयको मागलाई सहजतापूर्वक लिनुपर्ने ठान्छन्।
यसै कारण अचेल युवकयुवतीहरू पहिलेको तुलनामा बढी सेक्सी देखिन थालेका छन्। हुन त सेक्सी भन्ने शब्दको ठ्याक्कै अर्थ लाग्ने शब्द हाम्रो भाषामा छैन भने पनि हुन्छ। छेउछाउसम्म पुग्ने अर्थ लगाउने हो भने चित्ताकर्षक वा मनमोहक व्यक्तित्व भएको पुरुष वा महिलालाई बुझ्न सकिन्छ। चित्त र मन भनेका दुवै कुराको भौतिक अस्तित्व नभएको र यो भावना एवं विचारसँग आबद्ध कुरा भएकाले हाम्रा लागि सेक्सी भन्ने शब्दको पनि स्पष्ट र सटीक अर्थ नलागेको हो। केही हदसम्म सेक्सीलाई कामुक भनेर पनि बुझ्ने गरेका छौँ। तर, हरेक कामुक मान्छे सेक्सी हुनुपर्छ भन्ने छैन र सेक्सी मान्छे कामुक हुन्छ भन्ने पनि छैन। तर, सामान्य र बढी प्रचलित रूपमा त हामीले त्यस शब्दको असाध्यै गलत अर्थ लगाएका छौँ, बुझेका छौँ र बुझाएका छौँ। यौनका विषयमा बढी कुरा गर्ने, यौन चाहना बढी भएको वा अत्यधिक सम्भोग गर्नुपर्ने मानिसलाई पनि सेक्सी भनेर बुझ्ने गलत मान्यताका कारण पुरुषका लागि यो शब्द मर्दानगीको परचिायक भए पनि कुनै नारीलाई सेक्सी भन्नु उसको चरत्रिमाथि लान्छना लगाएको भन्ने बुझिन्छ।
को चरत्रिवान र को चरत्रिहीन भन्ने कुरामा पनि हाम्रा त्यस्तै अचम्मका मान्यता छन्। भलै, कुनै मानिस भ्रष्टाचारी होस्, अपराधी होस्, अरूको प्रगतिमा आरसि गर्ने दुच्छर प्राणी होस्, यदि उसको एकै मात्र विपरीत लिंगीसँग सम्बन्ध छ वा अरूसँगका सम्बन्ध उसले गोप्य राख्न सकेको छ भने त्यस्तो मान्छे चरत्रिहीन हुँदैन। तर, सबैको भलो गरेर हिँड्ने, सबैको दुःखमा रुने नैतिकवान र सोझोसाझो मान्छेमा यदि बढी यौन चाहना छ र एकभन्दा बढी सम्बन्धहरू उसले राखेको छ भने ऊ घोषित र सर्वमान्य चरत्रिहीन हुन्छ भन्ने गलत सोचाइ केही समयअघिसम्म पनि व्याप्त थियो। तर, बदलिँदो समयसँगै यौन चाहना बढी भएको अथवा एकभन्दा बढी पुरुष वा नारीसँगको सम्बन्ध -शारीरकिको मात्र होइन, धेरै हदसम्म मित्रता पनि) हुनेलाई चरत्रिहीन भनेर ठप्पा लगाउने हाम्रो मान्यता पनि अब बिस्तारै परविर्तन हुँदै गएको छ।
शरीरविज्ञानले यौन आवश्यकता हरेक मानिसको भिन्न हुन्छ भनेर मानेको छ। वयस्क मानिस मात्र होइन, कुनै पनि प्राणीको प्राकृतिक आवश्यकता हो यौन। जसरी कुनै मान्छेलाई बढी खाना खानुपर्छ वा बढी पानी पिउनुपर्छ, त्यसरी नै कसैको शारीरकि यौन आवश्यकता अर्को मान्छेको भन्दा धेरैथोरै हुन सक्छ। तर, यो साधारण प्राकृतिक कुरालाई हाम्रो समाजले यति धेरै ठूलो हौवा बनायो, जसले गर्दा आफ्नो प्राकृतिक आवश्यकता पूरा गर्नका लागि मान्छेले अनेकौँ लुकीछिपी उपायहरू अपनाउनुपर्छ। यसका कारण जन्मेका थुप्रै विकृतिलाई पनि आँखा चिम्लेर नदेखेको जस्तो गर्छ हाम्रो समाज। कोही धेरै खान्छ तर उसलाई खन्चुवासम्म भनिए पनि चरत्रिहीन भनिँदैन। त्यसैले यौनेच्छा बढी हुनेलाई मात्र किन चरत्रिहीन भनिन्छ भन्ने प्रश्नको उत्तर कसैसँग छैन। त्यसै कारण पश्चिमी समाजमा कसैलाई सेक्सी भन्नु गतिलो प्रशंसा गर्नु हुन्छ भने हाम्रो परपि्रेक्ष्यमा चाहिँ त्यसको विपरीत। तसर्थ, हाम्रो समाजमा खुलेआम प्रयोग गर्न लजाइने शब्द हो सेक्सी।
मान्छेको सर्वाङ्गीण शारीरकि र सामाजिक स्वास्थ्यमा यौनले सकारात्मक प्रभाव पार्छ भन्ने कुरा प्रमाणित हुँदाहुँदै पनि यो प्राकृतिक आवश्यकतालाई नियन्त्रण गर्न खोज्दा वा पूरा गर्न नपाउँदा उसको मानसिक र समग्र पारविारकि जीवन नै तहसनहस भएका उदाहरणहरू छन्। यिनै कारण र विपरीतलिंगीप्रतिको आकर्षणबाट आफूलाई विमुख राख्न नसकेका कारण पुराण, इतिहास र वर्तमानसम्ममा ठूला उथलपुथल भएका छन्। हामीले बाँचेको समयको नै मात्र कुरा गर्दा पनि अमेरकिाको राष्ट्रपति छँदा आफ्नी सहयोगी मोनिका लेविन्स्कीसँगको सम्बन्धले बिल क्लिन्टनको राजनीतिक र सामाजिक जीवनमा मच्चाएको बबन्डर धेरै पुरानो कुरा होइन। अघिल्लो वर्ष मात्र पनि अन्तर्राष्ट्रिय मुद्रा कोषका कार्यकारी निर्देशक डोमेनिक स्ट्राउस कानले एउटी महिलालाई यौन दुव्र्यवहार गरेको आरोपमा आफ्नो करअिर नै चौपट पारेका थिए।
भिन्न समयमा भिन्न समाजमा यसलाई नियन्त्रण गर्नका लागि प्रयत्नहरू भएका छन्। मर्यादा, नैतिकता, धर्म र चरत्रिका खोल ओढाएर यसलाई नियन्त्रण गर्नका लागि रुढीवादी पूर्वीय मात्र होइन, खुला मानिएका पश्चिमा समाजमा पनि प्रयत्नहरू भएका छन्। हामीले ब्रह्मचार्यको कुरा गरेझैँ उताकाहरूले पनि 'सेलिबेसी' र 'च्यासिटी'का नाममा भन्ने कुरा त्यही हो। इन्दि्रयमाथि नियन्त्रण गरेर यौन चाहनालाई दबाउन सक्नु वा सुुषुप्त पार्न सक्नु। विश्वेश्वरप्रसाद कोइरालाको चर्चित कृति सुम्निमाले यस बहुरूपी प्रथाका कारण हुनसक्ने उथलपुथललाई उहिले नै बडो सजीव ढंगले चित्रण गरेको छ।
तर पनि यौनका कुरामा हाम्रो समाजमा सधैँ विरोधाभास नै छ। पुरातन मन्दिरका टुँडालहरूमा कुँदिएका नारी र पुरुष समागमका बिम्वहरू, सन्तान प्राप्तिका लागि युवतीहरूले आराधना गर्दै ढोग्ने उन्मत्त भैरवको यौनांग, योनि र लिंगको समागमको प्रतीक मानेर दर्शन गरनिे शिवलिंगको आकृति पनि हाम्रै समाजले सहज रूपमा पचाएका कुरा हुन्। एकातिर हुर्किने उमेरका सन्तानलाई यौन शिक्षा दिन आँट नगर्ने र आफैँ सबै सिकून् भन्ने आशा गर्ने अनि स्वस्थानी पढ्ने नाममा पूरै परविार बसेर समागमका वर्णनहरू सुन्न सक्ने दोहोरो मानसिकतामा निकै लामो समय रुमल्लिएको समाजको पैदावर हौँ हामी। सारी-ब्लाउज लगाउँदा शरीरको जतिसुकै भाग उदांगो पार्न हुने तर अरू पहिरनमा भने आधा इन्च मात्र पनि त्वचा देखियो भने त्यसलाई उच्छृंखल पहिरनको नाम दिने हाम्रो समाजमा यस्ता थुप्रै कुरा विरोधाभासपूर्ण रहेका छन्। यिनै कारण सेक्सी भन्ने शब्दले निकै लामो समयसम्म हाम्रो जनमानसमा भ्रामक अर्थ बोकेर मात्रै कुदिरहनुपरेको थियो।
विपरीत लिंगीको ध्यान आकृष्ट गर्ने कला मानिसमा मात्र होइन, हरेक प्राणीमा हुन्छ। बेला भएपछि प्राकृतिक समागमका लागि तिनलाई आकृष्ट गर्नका लागि सोच्न र बोल्न नसक्ने जीवजन्तु र चराचुरुंगीहरू पनि अनेकौँ क्रिया गर्छन्। त्यो स्वस्फूर्त र प्रकृतिले नै सिकाएको कुरा हो। मानिस त झन् चेतना र विवेकको विकास भएको प्राणी हुनाले यो कुरामा एक-दुई पाइला अगाडि हुनु अस्वाभाविक होइन। राम्रो देखिन र राम्रो हेर्न चाहने मानिसमा अन्य इन्दि्रयले नपाएको अवस्थ्ाामा आँखाले नै मात्र भए पनि आकर्षक कुराको रसास्वादन गरेर चित्त बुझाउने प्रकृति हुन्छ। त्यसैले त एउटी युवती र आकर्षक साहुनीले मन्द मुस्कानका साथ चलाउने होटलमा अरूभन्दा बढी भीड लाग्छ। विश्वको परपि्रेक्ष्यमा कुरा गर्दा सिनेमा, मोडलिङ्, साहित्य, चित्रकला, फोटोग्राफी र मूर्तिकलाजस्ता कलाका माध्यममा कामुकताको प्रयोग सधँै भएको छ। तर, अश्लीलता र कामुकताका बीचमा एउटा असाध्यै मसिनो रेखा हुन्छ। बेलाबेला त्यो खुट्याउन नसक्दा कामुक बन्न वा बनाउन खोज्नेहरू अश्लील भएका उदाहरण पनि प्रशस्त छन्।
विशेषतः सिनेमा तथा मोडलिङ्का क्षेत्रमा सफलताका लागि सेक्सी देखिनु वा हुनुलाई आवश्यक गुण मानिन्छ। तर, खासमा यो चाहना कामुकताको हो। सिनेमा र मोडलिङ्को कुरा गर्दा हामीले बढी अंगप्रदर्शन गर्ने र आँटिला दृश्यमा सहजताका साथ अभिनय गर्ने अभिनेत्रीलाई सेक्सीको पगरी गुथाउने गरेका छौँ, कामुक मान्ने गरेका छौँ। पछिल्लो पुस्ताका करश्िमा केसी, कृष्टि केसी, बीना बुढाथोकी, सारंगा श्रेष्ठहरू यसै कारण सेक्सी वा भनौँ कामुक नायिकामा गनिए। करश्िमाले आफ्ना हरेक अन्तर्वार्तामा आफूलाई 'ग्ल्यामरस' भएको दाबी गररिहे पनि अरूहरू भने एकोहोरो उनलाई सेक्सी प्रमाणित गर्न लागिरहे। अंग प्रदर्शन र कामुकताका सन्दर्भमा चलचित्र निर्देशक यादव खरेल भन्छन्, "अलिअलि उत्सुकता भन्ने कुरा बाँकी रहेन भने पनि त्यसको कुनै अर्थ हुँदैन। रहस्य र उत्सुकताले सेक्सी बनाउँछ।"
तर, तिनै खरेलले पनि संवेदनशील अभिनयका लागि चर्चित गौरी मल्ललाई समेत एउटा चलचित्रका लागि सेतो धोतीमा बेरेर झरनामा भिजाए। तर, त्यसले न त गौरी मल्ललाई सेक्सी नायिका बनायो, न त्यो ग्ल्यामर खरेलले भजाउन सके। 'ब्यालेन्स' नभएको खाताबाट काटिएको चेकजस्तो त्यो प्रयास 'बाउन्स' भयो। उदांगो बन्दैमा सेक्सी वा कामुक दुवै नहुन पनि सकिन्छ भन्ने कुरालाई यसले पनि पुष्टि गर्छ। त्यसपछिको मध्य पुस्तामा रेखा थापा र अहिलेको नयाँ पुस्तामा विनीता बराललाई अंग प्रदर्शनमा उदारताका लागि सेक्सी र कामुक भन्न थालिएको छ। के नेपाली चलचित्रका कामुक नायिकाहरू उनीहरू मात्र नै हुन् त ? केहीअघि मात्र रििलज भएको एक फिल्ममा अंग प्रदर्शन गरेको भनेर सेक्सीको उपाधि पाएकी नायिका विनीता बराल भन्छिन्, "अंग प्रदर्शन गर्दैमा सेक्सी देखिन्छ भन्ने कुरामा म विश्वास गर्दिनँ। समग्र व्यक्तित्व, हाउभाउ, बोली र त्यस प्रकारका दृश्यमा अभिनय गर्दाको आत्मविश्वासले कसैलाई सेक्सी बनाउँछ।"
बदलिँदो समयसँगै बिस्तारै मान्यताहरू परविर्तन हुन थालेका छन्। सञ्चार र प्रविधिको द्रुत विकासका कारण बाहिरी समाजसँग घुलमिल गर्न सहज भएका कारण अचेल हाम्रो समाजमा सेक्स र सेक्सी भन्ने शब्दको बुझाइ परमिार्जन हुँदै गएको पाइन्छ। त्यसका साथै चरत्रिको सम्बन्धमा व्याप्त मिथकहरू पनि क्रमशः भंग हुँदै गएका छन्। त्यति मात्रै नभई आजको समाज बढी उदार र सहज हुन थालेको अनुभव गर्न सकिन्छ। अरूको तुलनामा उदार मानिने 'शो बिज'का व्यक्तित्वहरूलाई पनि केही समयअघिसम्म आफ्नो यौन जीवनका बारेमा सार्वजनिक रूपमा कुरा गर्न हच्किनुपर्ने अवस्था थियो। विवाहपूर्वको यौन सम्बन्धलाई सबैले नकार्ने गर्थे। तर, अचेलका पुस्ता खुलेर त्यस विषयमा कुरा गर्न थालेका छन्। त्यति हुँदाहुँदै पनि एउटै उमेर समूहका विभिन्न युवतीलाई कसैले तपाईंलाई सेक्सी वा कामुक भन्यो भने कस्तो लाग्छ भन्ने प्रश्न गर्दा कानको लोती रातो पारेर घोसेमुन्टो लगाउने, जिब्रो थुतिदिन्छु भनेर आक्रामक प्रतिक्रिया दिनेदेखि लिएर त्यसलाई प्रशंसाको रूपमा लिएर दंग पर्छु भन्नेजस्ता विविध प्रतिक्रिया पाइन्छ। सेक्सी भनेको के हो भन्ने कुरामा अझै पनि यो असमञ्जस्यता केही हदसम्म बाँकी नै छ।
सौन्दर्यशास्त्रका बारेमा अध्ययन गरेका दन्त चिकित्सक डा सुशील कोइरालाको भनाइमा हरेक मानिसको आफ्नो बेग्लै शारीरकि बनोट हुन्छ। त्यसलाई कत्तिको सहज र आकर्षक रूपमा प्रदर्शन गर्न सक्ने हो, त्यसैले मान्छे सेक्सी देखिने वा नदेखिने भन्ने निक्र्योल गर्छ। कोही सबै शरीर ढाक्ने पहिरनमा पनि सेक्सी देखिन सक्छन् भने कोही निर्वस्त्र हुँदा पनि त्यस्तो नदेखिन सक्छन्।
'सेक्स अपिल' भन्ने कुरा प्रकृतिप्रदत्त कुरा हो तर मानिसले लबाइखबाइ र व्यक्तित्वमा ल्याउन सक्ने परविर्तनले पनि धेरै हदसम्म त्यसलाई प्रभावित पार्न सक्छ। विश्वका विभिन्न भागमा कस्तो मान्छे सेक्सी हो भन्ने फरक-फरक मत पाइने हुनाले एउटै कसीमा सबैलाई नाप्न भने सकिँदैन। तर, जे भए पनि आफू सेक्सी देखिन चाहनु भनेको विपरीत लिंगीको यौनजन्य चाहनालाई भड्काउनका लागि मात्रै हो भनेर चाहिँ भन्न मिल्दैन। आफू आकर्षक देखिनाले मानिसमा आत्मविश्वासको वृद्धि हुने गर्छ। आत्मविश्वासी मानिसले कुनै पनि क्षेत्रमा अरूको तुलनामा सफलता प्राप्त गर्छ। यस अर्थमा बुझ्ने हो भने सेक्सी देखिन चाहनु नाजायज कुरा होइन, पौरुषताको परचिायक पनि होइन र चरत्रिहीनता त पटक्कै होइन भन्ने कुरा अहिलेको समाजले बिस्तारै स्वीकार गर्दै आएको छ। ध
फिल्म : ग्ल्यामरस रस !
- मनबहादुर बस्नेत फिल्म सिलसिलामा नायिका सोनिया केसीले समेत टङ्किसको दृश्य दिएर त्यत्तिकै चर्चा पाइन्। अहिले फिल्मी क्षेत्रबाट लगभग पलायनजस्तै भएकी पूर्वमिस नेपाल तथा नायिका झरना बज्राचार्य भारतीय गायक सोनु निगमले अभिनय गरेको फिल्म लभ इन नेपालमा ब्रा र कट्टु मात्रै लगाएर नाचेकी छन्।
नायिका रेखा थापाले फिल्ममा लगाएका छोटा कपडाले नै उनलाई धेरैले सेक्सी र कामुक नायिकाका रूपमा चिन्छन्। उनी प्रायः फिल्ममा मिनी स्कर्टजस्ता छोटा पहिरनमै देखिएकी छन्। भन्छिन्, "कलाकार भएपछि राम्री र आकर्षक त हुनैपर्यो नि!" आफूले फिल्ममा छोटा पहिरन लगाएर क्रान्ति नै गरेको रेखाको दाबी छ। "थुप्रै आलोचना खेपेर यहाँ आइपुगेकी हुँ। अब त म ५० वर्षसम्म जवान नै देखिन्छु होला।"
तर, फिल्ममा अब यस्ता सिन सामान्य बन्दै गएका छन्। "विषयवस्तुसँग मेल खायो र यस्ता सिन भल्गर नभई ग्ल्यामरस देखियो भने दर्शकले पनि सहज रूपमा लिन थालिसकेका छन्," सेक्स थि्रलर फिल्म चपली हाइटकी नायिका विनीता बराल भन्छिन्।
लुटमा उत्तेजक आइटम डान्स गरेपछि नै सुषमा कार्कीले बिन्दासमा तीन लाख रुपियाँमा मुख्य भूमिका पाइन्। फिल्ममा उनले नग्न दृश्य दिनेछिन्। आफ्नो जीउभर िकसैले बान्ता गरििदएपछि सुषमालाई निर्वस्त्र देखिनेछ। "कन्टेन्ट राम्रो हुनुपर्यो," उनी भन्छिन्, "युवा पुस्तामा फिल्ममा रुचि बदलिएको चाहिँ पक्का हो।"
त्यस्तै विजय पराजयमा नायिका रूपा राणाले सरोज खनालसँग दिएको सानो बेडसिनजस्तो दृश्यमा पनि ठूलै खैलाबैला मच्चिएको थियो, फिल्मी क्षेत्रमा। मनकामना फिल्ममा शिव श्रेष्ठ र करश्िमा मानन्धरले दिएको कामुक अधर चुम्बनको दृश्यले पनि फिल्मी क्षेत्रलाई गरमागरम बनाएको थियो। चलचित्र हंगामामा नदीकोे किनारामा नायिका रेजिना उपे्रतीलाई पछाडिबाट निर्वस्त्र देखाइएको थियो। रेजिनाले आफू चर्चामा आउनकै लागि यस्तो दृश्य दिएको बताएकी थिइन्।
फिल्ममा कामुकताको पारो बढ्दै जानुलाई कतिपयले यौनका मामलामा नेपाली समाजमा देखिएको उदारपन र खुलापनको संकेतका रूपमा अथ्र्याएका छन्। निर्देशक यादव खरेल पनि सामाजिक मूल्य-मान्यतामा आएको परविर्तन र दर्शकका रुचिमा देखिएका फेरबदलले फिल्ममा यस्ता चीजको प्रयोग बढेको बताउँछन्। प्रसंग एक महिनाअघि मात्रै फिल्म एनी टाइम मस्ती -एटीएम)को छायांकनको हो। फिल्ममा अभिनय गर्ने जिया केसी र सविना कार्कीबीच चुम्बन दृश्यका लागि होडबाजी नै चल्यो। यतिसम्म कि कुन नायिकाले कति लामो र गहन टङ्किस दिने भन्नेमा यी दुई नायिकाबीच मनमुटावसमेत भयो। सोही कारण उनीहरूबीच अहिले बोलीचाली नै छैन। रमाइलो कुरा के छ भने, सविना र जिया मिल्ने साथी हुन् र जियाकै सहयोगमा सविनाले 'एटीएम'मा ब्रेक पाएकी हुन्।
राजेश हमाल र नन्दिता केसीले द युगदेखि युगसम्म फिल्ममा 'टङ्किस'को दृश्य दिँदा हमाल पसिनैपसिना भएका थिए। त्यस फिल्मका निर्देशक दीपेन्द्र के खनाल भन्छन्, "१८ टेक किस सिन खिच्नुपरेको थियो। उनी निकै हैरान देखिन्थे।" सम्भवतः अभिनेता हमाल र पछिल्ला दिनमा रजतपटमा उदाएका कलाकारका बीच यौनलाई हेर्ने दृष्टिकोणमा अन्तरानुभूति भएकाले यस्तो भएको हुनुपर्छ। तिनै हमालले कसम फिल्ममा विना बुढाथोकीसँग समुद्रमा उत्तेजक पोज दिँदासमेत त्यो दृश्यलाई लिएर चर्चा भएको थियो। पछिल्ला दिनमा यौनिक चर्चाकै कारण फिल्म लुट र चपली हाइटले गज्जब व्यापार गरेपछि आधा दर्जन फिल्म यौन र युवा पुस्ताकै विषयमा बन्ने तरखरमा छन्। प्रविधिको सहज पहुँचका कारण खल्तीमै बोकेकोे मोबाइलबाट संसार नियाल्न सकिने अवस्था आइसकेको छ। इन्टरनेटले गर्दा युवापुस्ता आफूले चाहेको जुनसुकै कुरा पनि हेर्न सक्ने अवस्थामा पुगेका छन्। "स्वाभाविक हो, यस्तो प्रविधिमा हुर्किएको पुस्ताले फिल्ममा आएका यस्ता दृश्यलाई सहज रूपमा लिन थालिसकेको छ," डि्रम्स एन्ड आइडियाजका संस्थापक अभिनव कसजू भन्छन् "अमेरकिामा हुर्किएको बच्चा र काठमाडौँमा हुर्किएको बच्चाले प्रयोग गर्ने प्रविधिको पहुँचमा खासै फरक हुन छाडिसक्यो, त्यसैले त यस्ता दृश्यहरू पाच्य हँुदै छन्।" अर्कातिर मनोरञ्जन पत्रपत्रिकामा छापिने मोडलका ब्लोअप, फेसन टीभी कार्यक्रम, कलात्मक फोटोग्राफीको सुरुवातजस्ता कारणले पनि यस्ता कुरा समाजमा सामान्य बन्दै गएका छन्।
जबकि, नेपाली भाषाको पहिलो फिल्म सत्य हरिशचन्द्रमा महिला पात्रको भूमिकामा अभिनय गर्ने कलाकार तयार नभएपछि पुरुषले नै महिला बनेर अभिनय गर्नुपरेको थियो। यो पाँच दशकमा नेपाली फिल्म यस्तो रफ्तारमा विकास भयो कि यौनजन्य दृश्यका लागि अन्कनाउने नायिका भेटिनै मुस्किल छ। नायिकाहरूबीच उत्तेजक दृश्य दिने होडबाजी चलेको मात्रै छैन, यही कारण मिल्ने साथीसँगको सम्बन्धसमेत पानी बाराबारमा परण्िात हुन पुगेको घटना ताजै छ।
एकातिर नवप्रवेशीहरू फिल्ममा कामुक दृश्यका लागि सहज रूपमा प्रस्तुत हुँदै छन् भने अर्कातिर यस्तै सूत्रमा बनाइएका फिल्मले व्यापारसमेत राम्रै गर्न थालेका छन्। फिल्म निर्देशक खरेलको अनुभवमा अहिले नेपाली समाजका मूल्य, मान्यतामा समेत क्रमशः आएको परविर्तनको संकेत हो यो। तर, उनले भनेजस्तै के साँच्चिकै नेपाली समाज यौनप्रति उदार बन्दै गएको हो त ? मानवशास्त्री सुरेश ढकालका अनुसार नेपाली सामाजिक संरचनाको एउटा तहमा उदारीकरणले व्यक्तिलाई बढी नै स्वतन्त्र र उन्मुक्त भने बनाएको छ। भन्छन्, "हिन्दु दर्शन र धर्मले थिचिएको नेपाली समाजको प्रभावशाली हिस्सामा समेत अहिले यौन आकांक्षा खुला रूपले व्यक्त गर्ने आँट र धृष्टता हुन थालेका छन्।"
समाजमा आर्थिक, सामाजिक र सांस्कृतिक तीनवटै पक्ष एकसाथ परविर्तन भइरहेको हुन्छ। उदारीकरणले व्यक्तिको निजत्व कायम र वैयक्तिकता निर्माण गररिहेको हुन्छ। यसैकारण व्यक्ति बढी उन्मुक्त र स्वतन्त्र पनि भइरहेको हुन्छ, जसको झल्को फिल्ममा समेत देखिएको छ।
नेपाली फिल्मको सुरुवाती चरणमा कामुक दृश्य नदिनुमा तात्कालिक सामाजिक संकुचनले मात्रै नभई राजनीतिक कारणले पनि ठूलो भूमिका खेलेको थियो। किनभने, ०४६ सालभन्दा अघि बन्ने सिनेमाको उद्देश्य केवल उतिबेलाकै राजनीतिक व्यवस्थालाई टेवा पुर्याउनु मात्र थियो। निर्देशक खरेल भन्छन्, "त्यही भएर नेपाली फिल्मको सुरुवाती कालमा देशप्रेमको भावना जगाउने फिल्म बढी मात्रमा बन्थे।"
बहुदलीय व्यवस्था आएसँगै समाजमा अभिव्यक्ति स्वतन्त्रताका कुराले समेत पर्याप्त स्थान लिन थाल्यो। त्यसपछि भने फिल्मको उद्देश्य सन्देश दिनुमा मात्रै सीमित रहेन। सामाजिक मूल्य, मान्यतामा परविर्तन आउन थालेपछि फिल्मले समेत व्यावसायिक रूप लिन थाल्यो। पाखुरा देखाउन लाज मान्ने नायिकाहरू अर्धनग्न रूपमा फिल्ममा प्रस्तुत हुन थालेको खरेलको अनुभव छ। उनले निर्देशन गरेको फिल्म लोभीपापीमा नायिकाले झरनामा नुहाएको दृश्यलाई समेत त्यतिबेला कस्तो दृश्य राखेको भनेर टिप्पणी भएको उनी सम्झन्छन्। सन्तानमा उज्ज्वल घिमिरेसँग करश्िमा मानन्धरले दिएको सानो बेडसिनलाई लिएर हंगामै भएको थियो, त्यतिबेला। साथी फिल्ममा छोटो स्कर्ट लगाएपछि नै करश्िमालाई धेरैले चिन्न थालेको स्वयं करश्िमा नै स्वीकार्छिन्। भन्छिन्, "नग्नता र ग्ल्यामर फरक कुरा हुन्। हामी चर्चा गरएिजति नग्न भइसकेका छैनौँ। ग्ल्यामरस हुँदै छौँ।"
नग्न मोडल, नग्न चित्रजसलाई हामी नांगो भनेर भन्छौँ, त्यही चीजलाई चित्रकारहरूले कलात्मक शैलीमा अनुमोदन गर्न थालेका छन्। अगाडि नग्न मोडल राखेर कुची चलाउन थालेका छन्, नेपाली कलाकारहरू पनि। पेन्टर कपिलमणि दीक्षित महिला र पुरुष मोडल राखेर 'लाइभ' पेन्टिङ् कोर्छन्। "म मान्छेको नांगो शरीरमै प्रकृति देख्छु," आफ्नै स्टुडियोमा राखेका पेन्टिङ्का भाग देखाउँदै उनी भन्छन्, "कतै पहाड, कतै हिमाल, कतै खेतबारी पो देख्छु म त।"
अमेरकिामा अध्ययन सकेपछि चार वर्षअघि नेपाल फर्किएर न्युड पेन्टिङ् गर्दा उनलाई परविारको मात्रै साथ थियो। तर, अहिले बिस्तारै समाजले यसलाई स्वाभाविक रूपमा लिन थालेको उनको अनुभव छ। प्रारम्भिक दिनमा न्युड पेन्टिङ्का लागि विदेशी मोडल मात्रै पाएका उनले अहिले नेपाली मोडल नै पाइरहेका छन्।
नेपालमा मोडल राखेरै न्युड पेन्टिङ् गरेको स्वीकार्ने सम्भवतः कपिलमणि पहिलो हुन्। उनी यसअघि कल्पना गरेरै कलाकारहरूले यस्ता चित्र तयार गर्थे। उत्तम नेपाली, गोविन्दसिंह डंगोल, हरबिहादुर खड्का, शंकरनाथ रमिाल, गौतमरत्न तुलाधर, श्यामलाल श्रेष्ठ र रागिनी उपाध्यायले पनि न्युड पेन्टिङ् गरेको बताए पनि यसलाई प्रदर्शनीमा भने ल्याउन सकेनन्। रागिनीले बज्र होटलमा सन् १९८५ मा यस्ता पेन्टिङ्का केही थान प्रदर्शन गरेपछि खाएको खप्कीले हालसम्म यस्तो हिम्मत गर्न सकेकी छैनन्।
सोझै न्युड पेन्टिङ् नगरे पनि शशीकला तिवारीका चित्र पनि यौनभाव झल्कने खालका छन्। तर, उनी आफू यही 'थिम'मा बसेर चित्र कोरेको स्वीकार्दिनन्। कतिपय कला समीक्षकहरू कलाकार शशीविक्रम शाहको घोडाको चित्रलाई समेत यौनशक्तिका रूपमा व्याख्या गर्छन्। तर, शाह भने यस्तो समीक्षाले घोडाको शक्तिलाई संकुचन गरेको बताउँछन्।
कलाकार अस्मिना रञ्जित यौनिकता मानिसको पहिचान भएकाले आफूले यही विषयमा चित्र कोरेको बताउँछिन्। अस्ट्रेलियाबाट पढेर फर्केपछि उनले बनाएका चित्र देखेर धेरैले अस्मिनालाई विदेशमा यस्तै काम गरेर आएको भन्ने सोचेको उनको कटु अनुभव छ। तर, अहिले यस्ता कार्यलाई स्वाभाविक मान्न थालिएको उनको भनाइ छ। "लाज भनेर छोपिएका कुराले महिलामा यौन रोगजस्ता चीज निम्त्याएको उदाहरण थुप्रै भेटिन्छन्," उनी भन्छिन्, "त्यही भएर मैले महिलाको पनि अस्तित्व छ भनेर देखाउन यस्ता चित्र कोर्न थालेकी हुँ।"
'न्युडिटी भनेको प्रकृतिसँग नजिक'
ििसर्जना जोशी, निर्देशकइरोटिक आर्ट शीर्षकको छोटो फिल्म बनाएर प्रदर्शनमा राख्दा कतै कसैले केही भन्ने हुन् कि भन्ने डर थियो। तर, फिल्म हेरेर सबैले प्रशंसा गरे। फेर ि'न्युडिटी' -नग्नता) भनेको प्रकृतिसँग नजिक हुनु हो। यो आफैँमा 'भल्गरटिी' -अश्लीलता) होइन। फेर ियस्तो कुरामा पुग्ने माध्यम अहिले धेरै भए। त्यही भएर पनि समाजले नग्नता र यौनका विषयलाई सहजै लिन थालेको हो।
साहित्य र संगीत: उध्रँदो चोली
यौन र यौवनका विषयमा उदार सबैभन्दा पुरानो विधा साहित्य नै हो। संस्कृतका महाकवि कालीदासले युगौँअघि कुमारसम्भवमा गरेका नारी वर्णन मात्र हेर्ने हो भने यसबारे भेउ पाउन सकिन्छ। उनले त्यस काव्यमा पार्वतीका यौनांगहरूको यति सुन्दर र सौम्य शैलीमा वर्णन गरेका छन् कि त्यस हदसम्म आजका कलमशिल्पीहरू जान सकेका छैनन्। हो, कसैले लेखेका छन् भने पनि त्यसमा सौन्दर्यभन्दा पनि बढी अश्लीलता झल्किन्छ। कालीदासले कुमारसम्भवमा ध्यानमग्न पार्वतीका शिरदेखि काखसम्म बगेको झरनालाई विषयवस्तु बनाएर त्यस झरनाको पानी पार्वतीका शिरदेखि बग्दै पहाड हुँदै मैदान छिचोलेर उपत्यकामा प्रवेश गरेको चर्चा गरेका छन्।
अर्का कवि भतर्ृहरलिे पनि नारी सौन्दर्यको वर्णनमा नारीका अवयवहरूकै चर्चा गरेका छन्। जस्तो ः एउटी नारी पूर्ण सौन्दर्यवती हुनलाई के के गुणको आवश्यकता पर्छ भन्ने सन्दर्भमा उनले हात्तीको कनपटजस्तै पुष्ट, उन्नत वक्ष र बाहिर उठेको नितम्ब भएका स्त्री कामवासनायुक्त हुन्छन् भनेका छन्।
पुरातनकालका साहित्यमा नारी सौन्दर्य उसको अवयवहरूको वर्णनबिना पूर्ण हुँदैन भन्ने मान्यता थियो। यौन र मनोवादका प्रखर विश्लेषक विश्वेश्वरप्रसाद कोइरालाले आफ्नो प्रसिद्ध आख्यान सुम्निमामा पात्र सुम्निमालाई निर्वस्त्र पारेर उनको शारीरकि संरचनाको व्याख्यान गर्नु कुनै आपत्तिजनक प्रसंग थिएन। उनका सहोदर भाइ तारण्िाीप्रसाद कोइरालाले तीन दशकअघि लेखेको र हालै प्रकाशित उपन्यास अग्नि वाटिकामा विश्वेश्वरभन्दा धेरै कदम अघि बढेर नारी यौनलाई सौन्दर्यका रूपमा उल्लेख गरेका छन्।
खुलेर होस् या सांकेतिक र द्विअर्थी रूपमा होस्, साहित्यमा नारी कलात्मकता उसका छोपिएका अंगहरूको नापनक्साका आधारमा गरएिका छन्। त्यसैले सृष्टिको सुरुदेखि आजसम्म नारी आकर्षणको केन्द्रबिन्दु उसको रूप-लावण्यभन्दा पनि आंगिक पुष्टतालाई नै मानिँदै आएको पाइन्छ। पछिल्लो समय प्रकाशित अविनाश श्रेष्ठको कथासंग्रह तान्या इन्द्रकमल र अन्धकारमा एउटा कथा छ, 'जुनेली रातकी द्रौपदी'। यसमा कथाकारले कथित द्रौपदीका तिघ्रा, कम्मर, वक्ष र नितम्बको सुन्दर र त्यस स्त्रीलाई तप्त मरुभूमिमा भोग्ने पात्रहरूको रसिक र उन्मत्त शैलीको वर्णन गरेका छन्।
साहित्यमा यौन-सौन्दर्यको मिहिन वर्णन भएका कृतिमध्ये तारानाथ शर्माको उपन्यास आगो आजपर्यन्त चर्चित छ। त्यसयता परशु प्रधान, पुष्कर लोहनी, सीता पाण्डेले पनि साहित्यमा यौनवादी धारलाई अझ खुलस्तसँग भित्र्याए। पाण्डेको 'कालो पोखरी'जस्ता कथाले यौनिक आशक्तिलाई स्वीकारोक्ति दिएका छन्। अविनाश भन्छन्, "हाम्रो साहित्यिक फाँट आदिकालदेखि नै यौनधारमा चर्चित थियो, आज त झन् उदार हुन पुगेको छ।" त्यसैले कुनै समय अलि अश्लील र अति यौनिक मानिने साहित्य आज आएर कलात्मक र ग्राह्य साहित्यको कोटिमा गनिएका छन्।
नेपाली संगीतकै कुरा गर्ने हो भने पनि छ दशकअघि आदिगायक मित्रसेनले गाएको गीत 'मलाई खुत्रुक्कै पार्यो जेठान तिम्री बहिनीले'मा नै यौनिक मादकता छ। यहाँ जेठानकी बहिनी अर्थात् आफ्नी श्रीमतीले गायकलाई दाउराको चिर्पटले हानेर खुत्रुक्कै पारेको प्रसंग होइन भन्ने अर्थमा बुझेपछि खुत्रुक्कै पार्नुको कारणबारे धेरै घोरइिरहनु पर्दैन। यस गीतमा नारी यौन उदारतापूर्वक प्रकट भएको छ, सांकेतिक रूपमा।
तर, यसभन्दा धेरै पाइला अघि बढेर आजको संगीत चेलीले लगाउने चोलीको वरपिर िपरभि्रमण गररिहेछ। चेलीले लाउने चोलीमाथि धेरै नेपाली गीतहरू कथिएका छन्। चाहे शिष्ट र सौम्य 'मखमली चोली चाहिँदैन' होस् अथवा उदार यौवनमाथि लेखिएको 'चोली सानो भो' भन्ने गीत, यिनले कुनै न कुनै रूपमा नारीका वक्षका नापनक्साका वर्णन गरेका छन्।
'छुनलाई होइन, हेर्नलाई पाइन्छ, आँखालाई सेक्न जति नि पाइन्छ। उध्रेको चोली छ है, त्यही पनि लाइन्छ...।' यौनलाई खुला आमन्त्रण दिइएको लुट फिल्मको यस गीतले पाएको सीमातीत लोकपि्रयताले आजको किशोर-युवामा आएको उदार यौनको खुलस्त वर्णन गर्छ। यसकी गायिका इन्दिरा जोशी पनि यसमा पूरै विमति राख्दिनन्। उनका कथनमा पनि आजको समाज धेरै अघि बढिसकेको छ, यौनप्रवृत्तिमा। यो गीत दर्शक-स्रोताका ओठको सुसेली हुनुका कारण पनि अबका पुस्ता खुल्दै गएको यौनप्रसंगलाई पचाउने मात्र होइन, स्वीकार्ने अवस्थामै पुगेको कुरा खुलस्त हुन्छ। कुनै समय गोपाल योञ्जनले 'वर्णन गरेर तिम्रो सर्वांग लेखिदिन्छु' भन्ने शब्दावली प्रयोग गर्दा जिब्रो टोक्ने अवस्थाबाट रूपान्तरति भई आजको पुस्ता 'उध्रेको चोली'भित्र चिहाउन आपत्ति ठान्दैन। र, यसले सामाजिक स्वीकृतिसमेत पाइसकेको छ।
देवालय : अर्थ टुँडाल आसनकोनेपाली शैलीका मन्दिरमा गारोको भागबाट ४५ डिग्रीको कोणमा छाना अड्याउन काठको प्रयोग गर्ने प्रचलन आयो, जसलाई टुँडाल भनिन्छ। सुरुमा यसको उद्देेश्य छानो दरलिो बनाउने थियो। तर, बिस्तारै यो त यौनका कलाकर्म देखाउने कुनो बन्न थाल्यो।
तले शैलीका मन्दिरमा पाँचौँ/छैटौँ शताब्दीमा लिच्छविकालदेखि नै टुँडालमा कला कुँद्न थालिएको हो। सुरुमा शरीरका विभिन्न मोडका रूपमा मात्रै कला बनाइन्थ्यो। हिन्दु धर्ममा यसरी तले मन्दिरमा टुँडालमा कला कुँद्ने काम भने बौद्ध धर्मबाट आएको हो। कुषणकालमा यक्षसीहरूको मूर्ति बनाइन्थ्यो। वनदेवीले भिक्षुहरूको रक्षा गरेको र पछि हिन्दु संस्कृतिमा वनदेवीलाई कालाभाञ्जिकाकै स्वरूप मानियो। कालाभाञ्जिकाले आफ्ना मान्छेलाई रूखका हाँगामा बसेर सुरक्षा दिन्छिन् भन्ने विश्वास भएका कारण मन्दिरको माथिल्लो भागमा ४५ डिग्री बनाएर रूखकै हाँगामा झुन्डिएजसरी मूर्ति कुँद्न थालिएको हो। यतिबेलासम्म मन्दिरमा यसरी यौनक्रीडाका विभिन्न आसनसहितका कला देख्न पाइँदैनथ्यो। तर, १३औँ शताब्दीमा पनौतीमा निर्माण भएको इन्द्रेश्वर महादेव मन्दिरको टुँडालमा भने कामुक कला देख्न सकिन्छ। मन्दिरजस्तो धार्मिक ठाउँमा यौनेच्छा जगाउने विषय कसरी आयो ? यो कुरामा भने विद्वान्हरूबीच विचार बाँडिएको छ। तीमध्ये केही मन्दिरमा यौनजन्य संकेतसहितका कला राख्दा चट्याङ पर्दैन भन्ने लोकविश्वासका साथ यस्तो गरएिको बताउँछन्। कोही भने यस्तो तर्क गर्छन् ः तात्कालिक बौद्ध र हिन्दु धर्म मान्नेहरूमा जीवनप्रति चरम वितृष्ण पैदा भएकाले उनीहरू सांसारकि जीवन त्यागेर भिक्षु र जोगी बन्न थाले। व्यापक मात्रामा यस्तो हुन थालेपछि मानव विकास प्रक्रिया र सृष्टिको चक्र नै बिथोलिने भय बढ्यो। त्यसपछि यस्ता चित्र देखाएर मानिसहरूलाई सन्तान उत्पादनका लागि प्रोत्साहन गर्न मन्दिरहरूमा यस्ता कला कुँद्न थालियो।
तेस्रो मत के छ भने, जसरी मन्दिरको बाहिरी भागमा कामुक कला हुन्छ र भित्र देवताको मात्रै बास हुन्छ, त्यसरी नै मन्दिरजस्तो पवित्र स्थलमा पस्दा मानिसले नराम्रा विचार, भावना बाहिरै फालेर विशुद्ध धार्मिक भावना र कार्यका लागि मात्रै पस्नुपर्छ भन्ने सन्देश दिन यस्ता कला कुँदिएका हुन्।
चौथो : बौद्ध र हिन्दु धर्ममा शक्तिदेवीको पूजाआराधना गर्ने चलन बढी थियो। तन्त्रमन्त्रको प्रयोग पनि घनीभूत थियो। तन्त्रमन्त्र प्रतीकात्मक रूपमा बढी प्रयोग गरन्िछ। र, उनीहरूले त्यही बेला यौनलाई प्रतीक बनाएर तन्त्रमन्त्रको प्रयोग गरेको अर्काथरीको मत छ। यौनाकांक्षा झल्किने यस्ता कला मन्दिरका टँुडालमा कुँदिए पनि तत्कालीन समाज व्यभिचारी थियो भनेर भन्नुचाहिँ गलत हुन्छ। तर, यस्ता चित्रलाई पनि त्यतिबेलाको समाजले सहजै स्वीकारेको थियो।
(नेपाल तथा दक्षिण एसियाली अध्ययन केन्द्र, सिनासका प्राध्यापक डिल्लीराम दाहालसँगको कुराकानीमा आधारति)
'खोइ यौन फोल्डर ?’ नेपालमा धेरैले स्लिम बडी मन पर्छ भन्छन्। तर, सत्य के हो भने ८० प्रतिशत मानिसले हृष्टपुष्ट मान्छे मन पराउँछन्। यो वंशाणुगत हो। पहिलो आकर्षण मानिसलाई अनुहारले गर्छ। अनुहारको पनि आँखाले तान्छ। त्यसपछि उसको हाँसोले। त्यसपछि पनि असन्तुष्ट भए मान्छेले बल्ल शरीरका तल्ला भागमा हेर्छ।
पछाडिबाट हेर्दा भने उसले नितम्बमा पहिलो नजर लगाउँछ। राम्रो भए पुनः फर्किएर हेर्छ। त्यसपछि शारीरिक बनोटतर्फ ध्यान दिन्छ। शरीरलाई आकर्षक देखाउन लुगा लगाउने हो। लुगा शारीरिक बनोटसँग मिल्ने भयो भने सेक्सी देखिन्छ, नभए भद्दा।
मान्छेको जीवनशैली हेर्दा समाज उदार बन्दै गएको हो कि भन्ने लाग्छ। तर, अवस्था त्यस्तो छैन। सर्भिस, माइन्ड र सेक्स (एसएमएस)लाई सन्तुलित बनाउन नसक्दा जति नै धनी भए पनि मानिस खुसी छैनन्। धेरै मान्छे अहिले कामलाई बढी प्राथमिकता दिएर तनावमा हिँड्छन्। यसले दोस्रो र तेस्रो कुरा अर्थात् माइन्ड र सेक्सलाई असर गरिरहेको हुन्छ। फेरि तेस्रो कुराप्रति मानिस साँच्चै उदार भयो भने पहिलो र दोस्रोलाई समेत सकारात्मक असर पार्छ। हामीले यौनकार्यको फोल्डर दिमागमा खोल्नै सकेनौँ। मानिसले यसलाई केवल शारीरिक आवश्यकता बनाए, भावनात्मक बनाएनन्।त्यही भएर अहिले यौनसँग सम्बन्धित सामग्रीको बजार बढेको हो।
By: Nepal saptahik
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind