जेठ १४ भित्र संविधानको मस्यौदामात्रै बन्ने एमाले पोलिटब्युरो सदस्य गुरुङको भनाइ ।।
प्रकाश सुन्दास, काभ्रेपलाञ्चोक
एमालेका पोलिटब्युरो सदस्य पृथ्वी सुब्बा गुरुङले जेठ १४ भित्र संविधानको मस्यौदा मात्रै जारी हुन सक्ने बताउनुभएको छ । दलका शीर्ष नेताहरु संविधानका विवादित विषय टुंगो लगाउन भन्दा पनि सरकार गठनको कसरतमा लागेकाले संविधान पूर्ण संविधान जारी गर्न नसकिने गुरुङको भनाइ छ । आदिवासी जनजाति सभासद्हरुको समूह (ककस) का अध्यक्ष समेत रहनुभएका गुरुङले पहिचानका आधारमा संघीयता सहितको संविधान जारी नभए जनजातिहरुलाई मान्य नहुने बताउनुभयो । राज्य पुनसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र नागरिकता वितरण जस्ता विषयहरु प्रमूख मुद्दाको रुपमा दलहरुका सामु चुनौती बनेर उभिएको उहाँले बताउनुभयो । आज विहान रेडियो नमोबुद्धको नियमित कार्यक्रम नमोबुद्ध डबलीमा कुराकानी गर्दै उहाँले जेठ १४ पछिको अवस्थालाई बुझेर दलहरुले तत्काल सहमति नखोजे ठूलो परिस्थितिको सामना गर्नु पर्ने बताउनुभयो । ४–४ वर्षसम्म संविधान बन्न नसक्दा संघीयता चाहाने पक्ष र विपक्ष बीचमा हुन सक्ने सम्भावित घटनाहरुलाई दलहरुले सहि समयमा मूल्याङकन गर्न नसक्नु नै गम्भीर भूल भएको गुरुङको टिप्पणी छ ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind