पूर्व राजाबादीहरु अनलाइनमा सक्रिय



२८ जेठ, काठमाण्डौ । आफुलाई राजाबादी दावी गर्ने कमल थापाहरुले नागार्जुनमा रहेका ज्ञानेन्द्रलाई नारायणहिटीमा पुर्नस्थापना गर्ने बताइरहँदा पूर्व राजाबादीहरु अनलाइनमा सक्रिय देखिएका छन् ।
राजाबादीहरुले चलाएका दुई
वटा वेबसाइटले यतिखेर राजसंस्था पुर्नबहालीका पक्षमा माहौल बनाइरहेका छन् । नेपाल रोयल डटकम र नेपालको आवाज नामक ब्लग साइटमा राजाबादीहरुले राजसंस्था पुर्नबहालीका लागि उपर्युक्त अबसर रहेको मात्र बताएका छैनन, संबिधानसभा बिघटन गरेर माओवादीलाई परास्त गर्न कांग्रेस एमाले सफल भएको समेत उद्घोष गरेका छन् ।
ससर्ती हेर्दा नेपाल रोयल डटकम राजपरिवारका सदस्यले चलाएको जस्तो देखिन्छ भने नेपालको आवाज नामक साइटमा ज्ञानेन्द्र साहकै नाममा अपडेट गरिएको छ । पूर्व राजाका कुन तहका सहयोगीहरुले चलाएका हुन भन्ने स्पष्ट नपारिएपनि राजाबादीहरुले अहिले यी दुई साइटलाई रिफरेन्स दिएर कुरा गर्न थालेका छन् ।
नेपाल रोयल नामक साइटमा पूर्व राज परिवारका सवै सदस्यलाई बहालवाला राजसंस्थाकै हैसियतमा महाराजधिराज, बडामहारानी, युवराज र नबयुवराज भनेर संवोधन गरिएको छ । पूर्व राजपरिवारका सदस्यको जीवनीदेखि हिमानी ट्रष्टका गतिबिधिसमेत समेटिएको साइटमा नेपालको राजसंस्था संक्रमणकालमा रहेको उल्लेख गरिएको छ । माओवादी नियन्त्रित संबिधानसभाले नेपाललाई गणतान्त्रिक मुलुक घोषणा गरेपनि धेरै नेपालीले राजतन्त्र भाग्य फैसला जनमतसंग्रहबाट हुनुपर्ने माग गरेको साइटमा उल्लेख छ ।
नेपालको आबाज नामक ब्लग साइटलाई ज्ञानेन्द्रको निजी ब्लगजस्तो गरि बनाइएको छ । उनको तस्वीर, उनकै सम्बोधन राखिएको साइटमा दैनिकजसो अपडेट गरिएको छ ।
साइटको जुन ८ तारिखको अपडेटमा संबिधानसभा भंग भएको परिप्रेक्षमा भनिएको छ-’एक हिसाबले हेर्दा देश चित्रबहादुर केसीको एजेन्डामा फर्किएको छ । चित्रबहादुर केसीले भने कांग्रेस र एमालेले माओवादी षड्यन्त्रलाई परास्त गरेर देश जोगाएको जस दिएका छन् । केसी, नारायणमान विजुक्छे र कोइराला, खनाल, नेपाल र ओलीले माओवादी र मधेसवादीको षड्यन्त्र चिर्दै देश जल्नबाट जोगाएका हुन् । यसपटकको कांग्रेस र एमाले नेतृत्वले देशलाई गृहयुद्धबाट जोगाएर आफूहरूलाई सही नेता साबित गरेका छन् ।’

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind