बमको हत्यामा संलग्न व्यक्तिको हुलियाको स्केच सार्वजनिक

प्रहरीले सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्यामा संलग्न व्यक्तिको हुलियाको स्केच सार्वजनिक गरेको छ ।
बमको हत्यामा नेवार वा मंगोल समूदायको जस्तो देखिने अन्दाजी २७⁄२८ वर्षको व्यक्ति संलग्न भएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार हत्यारा गोलो अनुहार, कालो वर्ण, पालतो दाह्री पालेको, आर्मीपुलिसको जस्तो छोटो कपाल भएको र खाइलाग्दो जिउडाल भएको छ । ५ फिट ६ इन्च उचाइ भएको उक्त व्यक्तिले घटनाको समयमा मुखमा मास्क लाएकोले प्रत्यक्षदर्शीले निजको सम्पूर्ण हुलिया बताउन नसकेको प्रहरीको अनुसन्धान टोलीले जनाएको छ ।

घटनाको अनुसन्धान भइरहेको भन्दै प्रहरीले घटनासँग सम्बन्धित ब्यक्तिको कुनै जानकारी भए दिन अनुरोध गरेको छ । जेठ १८ गते कार्यालय जाँदै गर्दा न्यायाधीश बमको शंखमुलस्थित यूएन पार्क नजिक अज्ञात हतियारधारी समूहले गोली हानी हत्या गरेको थियो । घटनामा घाइते बमका साथी राम गिरी र अंगरक्षकको उपचार भइरहेको छ ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind