कसरी मानिस शाकाहारी भयो ?



मानिस किन शाकाहारी ?"

  सामान्यतः हामी शाकाहारी भोजन गर्ने ब्यक्तिलाई शाकाहारी ठान्छौं । तर यसको पूर्णता प्राप्त गर्न पहिरनमा पनि शाकाहारी अर्थात विना छालाको पहिरन गरेपछि मात्र त्यस्तो व्यक्ति सात्विक अर्थात सत्वगुणले भरिपूर्ण मान्न सकिन्छ ।
यस मामिलामा धर्मभिरुहरु जसले आफूलाई शाकाहारी त ठान्छन् तर छालाको बस्तुहरु प्रयोग गर्दछन् । बरु धर्म मान्ने हिसाबमा पशुअधिकारवादिहरु धेरै अगाडि छन् । भनिन्छ नि " अहिँसा हि परमो धर्म " । 
यी सब कुराहरुलाई मनन गर्दै कुन कुन कुराले मानिस पूर्ण रुपले  शाकाहारी प्राणी हो त भन्ने कुरा बारे पनि जानकारी लिऔं न त ।
शारिरीक बनावटको हिसावले
 
शरिरको बनावटको हिसावले विचार गर्दा शाकाहारी प्रणीहरुका सबै दाँतहरु एक लाइनमा मिलेको हुन्छ । जस्तै बाँदर गाई भैंसी बाख्रा इत्यादि । माँशाहारी प्राणीहरुको दाँतहरुमा ( canine ) दाँत मासु लुक्ष्नका लागि अलि ठूलो निस्केको हुन्छ । जस्तै कुकुर स्याल बाघ विरालो आदि ।




घ्रान शक्ति ( गन्ध शक्ति ) को हिसाबले
हामीलाई  सडेको कुहेको मासु गन्हाँउँछ । तर कुकुरलाई गन्हाउँदैन । त्यसैले त कुकुर दुइ हप्ता अगाडिको सडेको खुर पनि चपाइरहेको हुन्छ ।
अरुचिको हिसाबले 
सधैं सागपात दही दूध मानिसलाई खुवाउँदा उसलाई अरुचि हुँदैन । तर लगातार ८-१० दिन मासु अण्डा मात्र खुवाइ राखे मानिसलाई माँशाहारी भोजनबाट अरुचि पैदा हुन जान्छ । तर कुकुर र बाघलाई यस्तो हुँदैन ।
पानी खाने तरिकामा फरक

 शाकाहारी प्राणीहरु जस्तै बाख्रा गाई भैंसी बाँदरहरुले पानी घुँट घुँट गरेर पिउँछ । ज्रि्रोले चाटेर पिउँदैनन् । तर कुकुर विरालो बाघले जिभैोले चाटेर पिउँछ । मानिस पनि पानी घुँट घुँट गरि निल्छ । त्यसैले मानिस शाकाहारी प्राणी ठहरिन्छ । 



पैथोलोजिकल जाँचबाट
पैथोलोजिकल जाँचबाट शाकाहारी मानव भन्दा माँशाहारी मानवको रगतमा कोलेस्ट्रोल बढेको पाइन्छ । जसले मुटु व्यथा तथा ब्लड प्रेसर जस्तो रोग गराउँछ । यसबाट शाकाहारी ब्यक्ति । माँशाहारी भन्दा नम्र र आफ्नो बोलिलाई पनि नियन्त्रणमा लिन सक्ने खालको हुन्छ । तपाइँ यदि संगीत सिक्न लाग्नु भएको छ भने शाकाहारी आहार विहार गर्नुहोस् । तपाइँले थोरै समयमा संगीत सिक्न सक्नु हुन्छ ।

पहिरनबाट
तपाँइ यदि छालाको जुत्ता लगाउनुहुन्छ भने धेरै बेर लगायो भने गन्हाउँछ । छालामा फोका उठ्छ । तर कपडाको लुगा लगाउनुभयो भने छालाको जुत्ताको दाँजोमा धेरै समय सम्म गन्हाउँदैन , फोका पनि उठ्दैन । 

धर्मको हिसाबमा
हिन्दु , बुद्ध ,इश्लाम, क्रिश्चियन आदि सबै धर्मले सात्विक आहारलाई जोड दिएको पाइन्छ । धार्मिक पंडितहरुले धर्मको नाममा हिँसा नगरौं भनेर भन्दै आएको पाठकहरुलाई थाहा भएकै कुरा हो । सात्विक आहार गरेपछि मानसिक रुपमा पनि मानिस सवल हुन्छ । किनकि उसलाई मैले हिँसा जस्तो ठूलो पाप गरेको छैन भनेर मानसिक रुपमा ऊ अत्यन्तै सवल हुन्छ । 
त्यर्सथ तपाइँहरु पनि पूर्ण रुपले शाकाहारी बन्नुहोस् । आफूलाई धार्मिक साथै नम्र सौम्य नागरिक बनाउनुहोस् । संपूर्ण प्राणीहरुको सेवा गर्नुहोस् । 



0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind