स्वास्थ्य रहनको लागि केहि जानकारीहरु.... ''Some tips to keep your good health ''
स्वस्थ रहनको लागि हामी धेरै उपाय हरु अपनाउने गर्दछौ | अन्डा, माछा मासु खाने देखि बजारमा पाइने विभिन्न जुशहरु पनि पिउने गर्दछौ | जिम जानु देखि लिएर अन्य विभिन्न उपायहरु अपनाउछौ | तर अन्डा माछा मासु खादैमा जिम जादैमा हामी स्वस्थ रहन सक्छौ भन्ने होइन |
स्वस्थ रहनको लागि सबै भन्दा राम्रो उपाय योगा हो | ध्यान र योगा ले मानिसलाइ स्वस्थ राखिरहन्छ तर आज हामी अन्य केहि कुराहरु जुन हामीले सधै ध्यान पुर्याउनु पर्छ ति कुराहरु बताउन गईरहेका छौ |
स्वस्थ रहनको लागि सबै भन्दा राम्रो उपाय योगा हो | ध्यान र योगा ले मानिसलाइ स्वस्थ राखिरहन्छ तर आज हामी अन्य केहि कुराहरु जुन हामीले सधै ध्यान पुर्याउनु पर्छ ति कुराहरु बताउन गईरहेका छौ |
- घर बाहिर बाट आएपछि होस् या कुनै बाहिरी बस्तुलाई छोएपछि होस्, खान बनाउनु अघि वा शौचालय गएपछि राम्रो संग साबुन पानीले हात धुनु पर्दछ |
- घर को सरसफाई मा बिशेष ध्यान दिनु पर्दछ | भान्छा कोठा (Kitchen ) को सफाई राम्रो संग गर्नु पर्दछ |
- शौचालयमा र घर वरिपरी पानी जम्न दिनु हुन्न | शौचालय राम्रो संग नियमित रुपमा सफा गर्नु पर्दछ |
- खानेकुरा हरुलाई खुल्ला राख्नु हुदैन | खाना बनाउने तथा खाना खान को लागि प्रयोग गरिने भाडा, फ्रीज चुल्हो सधै सफा राख्नु पर्दछ | पकाउने तथा पिउने पानी सफा सुद्ध हुनु पर्दछ |
- सागसब्जी तथा फलफुल ताजा मात्र प्रयोग गर्नु पर्दछ, मसला तथा अन्य खानको लागि प्रयोग गरिने कुराहरुको Expiry Date याद गर्नु पर्दछ | Expiry Date नाघिसके पछी त्यो खानको लागि योग्य नहुने हुदा त्यसलाई फाल्नु नै राम्रो हुन्छ |
- धेरै चिल्लो, पिरो, तथा मसलादार खानको प्रयोग नगर्नु राम्रो हुन्छ | तरकारी पकाउदा धेरै समय सम्म पकाउनु हुन्न | धेरै पाक्दा सब्जीमा भएको भिटामिन तथा पौष्टिक तत्वहरु नस्ट हुन्छन | साग सब्जी तथा फलफुल राम्रो संग पखाल्नु पर्दछ |
- सके सम्म खाना ताजा नै खानु पर्दछ | बासी खाना खाने गर्नु हुन्न | बिशेष गरि जाडो महिनामा खाना बिग्रदैन भनेर बासी राख्ने गरिन्छ | फ्रीज मा धेरै समय सम्म राखिएको खाना पनि स्वास्थ्यको लागि हानिकारक हुन्छ |
- मिठो छ भन्दैमा धेरै खाने गर्नु हुदैन | सम्भव भएमा रातिको खाना ८ बजे भित्रमा खाई सक्नु राम्रो हुन्छ |
- आफु बस्ने तथा सुत्ने कोठा सफा हावा राम्रो आवत जावत गर्ने खालको हुनु पर्दछ |
- सकिन्छ भने बिहान ५ बजे उठ्ने बनि गर्नु पर्दछ त उठेर कुनै पनि ब्यायाम गर्न सक्नु हुन्छ | व्यायाम वा योग तथा ध्यान (Meditation) गर्नाले मन एकाग्र हुन्छ र शारीरिक तथा मानशिक रुपले स्वस्थ रहन सकिन्छ |
- धेरै सुत्ने वा कम सुत्ने गर्नु हुदैन कम्तिमा पानी ६-८ घण्टा सुत्ने गर्नु पर्छ |
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind