पूर्वराजा वीरेन्द्रसँग फेसबुक च्याट :


पूर्वराजा वीरेन्द्रसँग फेसबुक च्याट :
‘
वीरेन्द्र वीरबिक्रम शाहदेव, एड एज अ फ्रेन्ड’
भन्दै फेसबुकको दाहिने
कुनोको माथीपट्टि एउटा पेज देखा प¥यो ।
पूर्वराजा ‘वीरेन्द्र’ भन्ने बितिक्कै एकैपटक
बाढी आएझैं २०५८ साल जेठ १९
गतेको त्यो रात र

घटना मेरो दिमागमा फन्फन्ती घुम्न थाल्यो ।
केही बेरमा म सम्हालिएँ । र, हतार
नगरी पूर्वराजा ‘वीरेन्द्र’लाई ‘एड फ्रेन्ड’ गरें ।
बुढाको फ्रेन्डलिस्टमा ३ हजार बढी मानिस
थुप्रिसकेका रहेनछन् । त्यसै भीडमा ‘फ्रेन्ड
रिक्वेस्ट’ पठाउने अनेक ‘प्रजा’हरु मध्येमा म
पनि मिसिएँ ।
कम्प्यूटरले रातको सवा बाह्र
बजेको जनाईरहेको थियो । म एकोहोरो सोसियल
साइटहरु ‘सफरिङ’मा ब्यस्त भइरहेको थिएँ ।
जेठको उखरमाउलो गर्मी छल्न नसकेर म
राति अबेरसम्म नेटमा झुन्डिने गर्छु । गर्मीले
निन्द्रा नलाग्ने र मौसम शित्तल बनाउन
घरमा पंखा नभएका कारण राति अबेरसम्म
जागा बस्नु मेरो सानै देखिको बाध्यता हो,
अहिले भने केही राहत मिलेको छ–नेटका कारण ।
यो नेट भएपछि समय कटेको पत्तै हुँदैन,
निन्द्रा पनि लाग्दैन ।
अचानक मेरो फेसबुक
पेजमा एउटा नयाँ ‘नोटिफिकेशन’ देखा प¥यो ।
मैले नोटिफिकेशन हेर्न ढिलाई गरिन । ढिलाई
होइन, जहिल्यै पनि म नोटिफिकेशन हेर्न आतुर
हुन्छु । मरेर आक्कल–झुक्कल आउने एक–
दुईवटा नोटिफिकेशन हेर्न को आतुर नहोस् ?
लौजा ! म त चकित, नोटिफिकेशनले ! ‘वीरेन्द्र
वीरबिक्रम शाहदेव एसेप्टेड योर फ्रेन्ड रिक्वेस्ट’
भनेर पो देखायो । बुढा त अनलाइनै पो रहेछन्,
रिक्वेस्ट पठा’को पाँचै मिनेट जतिमा फ्रेन्ड
रिक्वेस्ट एसेप्ट भयो ।
रातको १२ बजेपछि पनि वीरेन्द्र अनलाइन ?
लौ ! यिनलाई पनि गर्मी भएछ कि के हो ?,
पंखा रहेनछ कि के हो ?, निन्द्रा लाग्दैन कि के
हो ? यस्तै कुरा मनमा आयो ।
त्यो भन्दा बढी मलाई वीरेन्द्रसँग ‘च्याट’ गर्ने
कुतकुती चल्न थाल्यो । के भन्ने ?, कसरी भन्ने ?,
कसरी सुरु गर्ने ? दोधारकैबीच
एक्कासी किबोर्डमा औंला दाबें र ‘मौसुफ,
नमस्कार !’ लेखेर ‘इन्टर’ गरिदिएँ ।
त्यसपछि पो मेरो मुटुको गति बढ्न थाल्यो त ।
बुढाले के सोचे होलान् ?, मैले त्यसरी लेख्न
हुन्थ्यो–हुँदैनथ्यो ?, मेरा ती दुई शब्दले
बुढाको सत्कारको स्तर ‘मेन्टेन’ ग¥यो–गरेन ?
शरीरभरी चिटचिट पसिना आउन थाल्यो, डरले ।
–‘
तिमी को ?’ बुढाले प्रश्न तेर्साए ।
–‘
म हजुरको प्रजा, सरकार ।’ त्यसपछि भने डर
कम भयो, टाइप गरेर जवाफ फकाईदिएँ । जे होस्
बुढा अरुले भनेजस्तै मिजासिला रहेछन, मैले दुई
वाक्यमै बुढाको बानी ब्यहोरा आंकलन गरें ।
–‘
अनि सरकार, अहिले हजुर कता होइबक्सन्छ ?
–
मरेपछि मान्छे कहाँ हुन्छ, तिमीलाई
थाहा छैन ?
–
के थाहा हुनु, सरकार ? आफू मरेको छैन ।’ ला !
ठाडो उत्तर पो दिएँ कि क्या हो ?
–‘
म अहिले माथी छु ।
–
कता माथी ?
–
सबैभन्दा माथी ।
–
अनि, हामीले कसरी देख्ने त ?
–
सबैभन्दा माथी मन हुन्छ, मनको कुरा देख्ने
होइन, अनुभव गर्ने हो, अहिले म तिमीहरुले अनुभव
गर्ने ठाउँमा छु ।’ लौ ! बुढा त विद्धान्
पनि पो रहेछन् त कस्तो सटिक उत्तर ?,
गुट्टी पो दिए, मलाई ।
मेरो मन भित्रभित्रै चङ्गा हुँदै गइरहेको थियो ।
नहोस् पनि किन ? वीरेन्द्रको परिवार नास
भएको दरबार हत्याकाण्डको ११ वर्षपछि म उनै
वीरेन्द्रसँग च्याट गर्दै थिएँ ।
त्यो पनि त्यही दिन, जुन दिन
दरबारमा गोली चलेको थियो । हो, जेठ १९
गतेकै राध्यरातमा म वीरेन्द्रसँगको फेसबुक
च्याटमा थिएँ । सम्भवतः ११
वर्षअघि यही रात १२ बजेसम्म त
वीरेन्द्रको मृत्यु भइसकेको थियो,
तैपनी उनको मृत शरीरलाई ‘जिउँदै’ बनाई
वीरेन्द्र सैनिक अस्पताल,
छाउनीमा उपचारका लागि राखिएको थियो ।
–‘
अनि सरकार, हजुरको हत्या कसले गरेको हो ?’
इन्टर थिचिसकेपछि चसक्क मुटुमा घोच्यो,
यस्तो चाँही नसोधेको भए हुन्थ्यो !
–‘
संस्कारले,
प्रवृतिले,
ईश्र्याले,
अंहमताले,
छट्पटाहाटले,
उत्कण्ठाले,
अज्ञानताले,
देखासिकीले
–
हजुरले के भन्न खोजी बक्सनुभएको हो ? मैले
केही बुझिन सरकार ।
मान्छेको अनुहार चिनिबक्सनु हुन्छ ?
–..............................................’
लौ ! बुढाले त
‘
डटडटडटडट’ पो लेखेर पठाए त ।
–‘
के लेखी बक्सेको सरकार ?
–
मेरो हत्यारा तिमीहरु हौ................
–
मऽऽऽऽ के रे, हामीऽऽऽऽऽ के रे, मतलबऽऽऽऽऽ
–
हो, मलाई मार्ने नेपाली हो,
नेपाली मन हो,
नेपाली प्रवृति हो,
नेपाली संस्कार हो,
जुन संस्कारले ‘भीमसेन’ थापा मारिए,
त्यही संस्कारले मलाई मा¥यो,
यस्तो नेपालमा एकपटक होइन,
पटक–पटक भएको छ ।’
बुढाले के–के भन्न थाले–थाले, मैले केही ठम्याउन
सकिन । बरु, मनमनले सोंचे–आज शुक्रबार,
रातको साँढे बाह्र भइसकेको छ, कतै बुढाले
‘
भ्याट–६९’ चिरिप्प लगाएर त बसेका छैनन् ?
सोच्न पनि धेरैबेर पाइन, बुढाले लेखेर
पठा’को संकेत ‘वान’ (१) भनेर देखियो,
च्याटरुममा ।
–‘
म मरेपछि नेपालमा के भो ?
–
संविधानसभाको चुनाब भयो, सरकार ।
–
अनि, नयाँसंविधान आयो त ?
–
आएन सरकार ।
–
किन, कसरी आएन ?
–
जसरी मौसुफको हत्याराको ‘ठोस’ पहिचान र
कारण बाहिर आएन, त्यसैगरी नयाँसंविधान किन,
कसरी र कसले गर्दा आउन सकेन ? त्यो बाहिर
आएन ।’
बुढाले त्यसपछि एकछिन केही लेखेनन् । मलाई
पनि केही लेखिनै हालुँ न त भन्ने आँट आएन । तर,
मेरो मनमा प्रश्नको भने सिङ्गै खात बाँकी नै
थियो ।
–‘
अनि, मेरो श्रीपेज कहाँ छ त ?
–
यहाँ त गणतन्त्र आइसक्यो नि ! सरकार ।’ ला !
बर्बाद गरे कि के हो ? खुशी भएर लेखिदिएँ ।
बुढालाई त ‘गणतन्त्र’ शब्दले रिस पो उठ्छ
कि क्या हो ?
–‘
हो । श्रीपेच त होला नि ?
–
छ, सरकार छ । हामीले श्रीपेचलाई
बाक्साभित्र हालेर, भोटे ताल्चा लगाएर
सुरक्षित राखेका छौं ।
–
किन त्यसरी लुकाको ?
–
सरकार, देखाउनु जति देखा’को ‘एटीएम’ फिल्म
‘
बढी’ देखायो भनेर विरोध भयो, लुकाउन
भनियो । त्यसैले विरोध आउला, हराउला भने
लुकाको नि !
मौसुफ ग’को केही वर्षसम्म त ‘प्रोमो’ देखायौं,
त्यसपछि विरोध भयो अनि लुकायौं ।
–
हा हा हा हा हा........।’ बुढा हाँसे, के बुझे
कुन्नी ?
–‘
अनि, मेरो राजगद्दी नि ?
–
त्यो त छ सरकार, सबैले देख्नेगरी राख्या छ ।
एकदिन चाँही त्यसमा पत्रकारहरुले
हाली मुहाली गरे,
लुछाचुँडी गरे ।
त्यसपछि भने त्यसलाई ‘तारबार’ लगाएर
‘
जोगाएर’ राखिएको छ ।
–
अनि, मेरो अरु कुराहरु ?
–
ती सबै प्रदर्शनीमा राख्या छ, सरकार ।
हजुरको घर, पलङ सबै प्रदर्शनीमा राख्या छ ।
हजुर त गज्जबको शानसँग बसिबक्सेको रहेछ नि !
मैले नि हेरें, एकदिन शनिबार ।
सहकर्मी मित्र सुवास सुनुवारसँग मौसुफको घर
हेर्न ग’को थिएँ,
पैसा लाग्ने रहेछ, १०० रुपैयाँ ।
हामीले त ‘प्रेस पास’ देखाएर समाचार संकलन
गर्ने भन्दै फोकटमा छि¥यौं,
तर, समाचार भने लेखेनौं ।’
उफ् ! यो लामखुट्टेले पनि कति टोकेको ? निरन्तर
किबोर्डमा औंला दाबेको मौका पारेर ४–५
ठाउँमा चुस्न भ्यायो । बिचरा ! लामखुट्टे,
मेरो शरीरको रगत चुसेर कुन्नी कतातिर गएर
‘
झ्याप’ भएर ढल्यो, होला ! मैले
रक्सी नपिएको दिन छैन,
अनि मेरो रगतमा नसा नहोला त ? ‘लाऽऽऽ !’
एउटा लामखुट्टेलाई त ठाउँको ठाउँ सिध्याइदिएँ,
मेरो गाला टोक्न आउँदो रहेछ !
आफ्नो पनि गाला दुख्यो, आफ्नै थप्पडले ।
–‘
अनि, सरकार के गर्दै हुनुहुन्छ, आजभोलि ?
–
दीपेन्द्रको बिहे गराईदिने चक्करमा छु ।’
बुढाको यस लाइनले भने म रन्थनिएँ, पुनः मैले
दरबार हत्याकाण्ड सम्झिन थालें ।
त्यही दीपेन्द्रकै बिहे गर्ने
चक्करमा त्यत्रो घटना घट्न पुग्यो भनेर
‘
फुकिएको’ छ–बाहिर ।
–‘
त्यता पनि बिहे हुन्छ र सरकार ?
–
किन, यता चाँही वंश–परम्परा धान्नु पर्दैन ?,
देउताले पो ‘फु’ गरेर खरानी फुकेर
मान्छेको उत्पत्ति गर्थे त.......
–
मौसुफको परिवारका अन्य सदस्यहरु नि ?
–
सबै यतै छन्, सकुशलै छन् ।
–
मौसुफ त्यता पनि राजा होइबक्सन्छ कि ?
–
हैन, छैन, यता पनि गणतन्त्र आइसक्यो,
अहिले म ...................
अनि, सरकार ?
अनि ?
कता पालीबक्सनु भो सरकार ?’ लौ ! बुढा त
एक्कासी अफलाइन पो भएछन् । लोडसेडिङ्ग भएछ
कि क्या हो ? हो कि नेट ‘डाउन’ भयो ।
–‘
ए दाई ! दाइ.....
हैन कति सुतेको ?
–
को हँ, को आयो फेरि ?
–
ल ! कलंकी आइसक्यो, उत्रिनु पर्दैन ?’
आच्या ! कलंकी पो आइसकेछ । उफ् !
कस्तो साह्रो निदाइएछ ? हिजो नेपालगञ्जबाट
चढेको नाइट गाडी काठमाडौं आईपुगी सकेछ ।
बेलुकी खाना खाएपछि सुतेको त निदाको निदाकै
भइएछ कि के हो ? लौ ! बसमा त
कोही पनि पो रहेनछ त, सबै उत्रिसकेछन् । मैले
पनि आफ्नो समान उठाएँ र बसबाट उत्रेर
आफ्नो बाटो तताएँ ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind