नेपाल टेलिकमको अफर एसएलसी दिएर बसेका विद्यार्थीहरुलाई
नेपाल टेलिकमले एसएलसी दिएर बसेका विद्यार्थीहरुको लागि सिडिएमए प्रविधिको रिम र जिएसएम प्रविधीको सिम दुवैमा सत प्रतिशत छुटमा वितरण गर्ने भएको छ । बिद्यार्थीहरुले रु १०० मा एक सय नै ब्यालेन्स भएको यस्तो सिम तथा रिम टेलिकमको जुनसुकै बिक्रि केन्द्रबाट लिन सक्ने कम्पनिले जनाएको छ ।यस अघि टेलिकमले सार्वसाधारणलाई रु २०० मा सिम र एक सयको ब्यालेनस दिदै आएको थियो ।
यो अफर एसएलसी दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरेर ल्याएको २०७० जेठ १६ देखि असार २५ गते सम्मकालागि लागु हुने कम्पनिले जनाएको छ । यो विशेष अफर लिनकालागि २०६९ सालमा एसएलसीमा सहभागी भएको प्रबेस पत्रको फोटोकपि, नागरिकता प्रमाणपत्रको फोटोकपि र नागरिकता नभएमा बाबु वा आमाको नागरिकता प्रमाणपत्रको फोटोकपी आवश्यक पर्ने नेपाल टेलिकमले आप्नो ब्लगमार्फत जानकारी दिएको छ ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind