घूस खुवाउँदा जेल
अमेरिकामा स्थायी बसोबासको अनुमतिपत्र -ग्रीनकार्ड) का लागि घूस खुवाएको अभियोगमा एक नेपाली जेल परेका छन् ।

अमेरिकी अध्यागमनसम्बन्धी कानुन हेर्ने निकाय 'यूएस इमिग्रेसन एन्ड कस्टम इनफोर्समेन्ट -आसीई)' ले जारी गरेको विज्ञप्तिअनुसार थापासहित अन्य चार पाकिस्तानीले नेपाली कानुनी व्यवसायी किरण देवानमार्फत अध्यागमन अधिकारीलाई घूस खुवाएको अभियोग छ । देवान भने पक्राउको एक दिनपछि धरौटीमा छुटिसकेका छन् ।
विज्ञप्तिअनुसार थापासहित चार पाकिस्तानीलाई आफूले अध्यागमन अधिकारी चिनेको भन्दै देवानले सन् २०११ म्ाा रकम असुली अमेरिकी अध्यागमन निकट मानिएका एक व्यक्तिलाई किस्ताबन्दीमा एक लाख १७ हजार अमेरिकी डलर घूस दिएका दिए । मेरिल्यान्डमै 'द ल अफिस अफ देवान एन्ड एसोसिएट' सञ्चालन गरिरहेका ५९ वषर्ीय देवानले दुई वर्षदेखि कास्कीका थापासहित चार पाकिस्तानीको ग्रीनकार्डका लागि नक्कली कागजात तयार गरी आवेदन दिएका थिए ।
विज्ञप्तिमा देवानसहित चारै जनाले धेरै पटक गोप्य रूपमा ती निकट व्यक्तिलाई भेटेको र प्रक्रिया पूरा गरेको यूएस इमिग्रेसन एन्ड इनफोर्समेन्टले जनाएको छ ।
देवानले दुई पाकिस्तानीलाई अमेरिकी नागरिकसँग विवाह गरेको कागजात पेस गरेका थिए भने थापा र अर्का पाकिस्तानीलाई रेस्टुरेन्ट कामदारका रूपमा ग्रीनकार्डको दाबीसहित आवेदन हाल्न मद्दत गरेका थिए ।
देवानले किस्ताबन्दीमा रकम बुझाएको र आफ्नो पारिश्रमिकका रूपमा ३६ हजार अमेरिकी डलर लिएको अमेरिकी अध्यागमनले जनाएको छ । अध्यागमन निकाय निकट मानिएका ती व्यक्ति नै अध्यागमन अधिकारी रहेको र उनकै जासुसीमार्फत करिब डेढ वर्षको अनुसन्धानपश्चात केन्द्रीय अध्यागमन जाँच ब्युरोको आदेशमा तीन साताअघि उनीहरूलाई बाल्टिमोरमा पक्राउ गरिएको थियो ।
अध्यागमनले उनीहरूम्ााथिको अनुसन्धान गत जनवरीमा पूरा गरी पक्राउ गरेको हो । उक्त कोर्टले दोषी ठहराए उनीहरूले बढीमा पन्ध्र वर्षसम्मको जेल सजाय भोग्ने छन् ।
-
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind