नेपाल मोटरसाइकल चालक संघले पनि आन्दोलन गर्ने
सुन पसलेहरुले सुन पसलहरुमा भएको अनुगमनविरुद्ध ठग्न पाउनु पर्छ भनी आन्दोलन गरे। सरकारले वार्ता गर्यो। मागहरु पूरा भए।- लोकतन्त्रमा बहुमतको कदर हुन्छ। सडकमा सबैभन्दा बढी संख्या हामी मोटरसाइकलवालाहरुको भएकोले सडकमा पहिलो अधिकार हाम्रो हुनुपर्छ। पैदल यात्रुहरुभन्दा बढी हाम्रो अधिकार सुनिश्चित गरिनुपर्छ।
- ठूला गाडीले मोटरसाइकलवालालाई हेप्न र पेल्न छाड्नु पर्छ। त्यसो गरेको खण्डमा ठाउँका ठाउँ जनकारबाही भोग्नु पर्नेछ।
- सडकमा जाम भएको अवस्थामा सडक पेटीबाट पनि मोटरसाइकल चलाउन पाउनु हाम्रो नैसर्गिक अधिकार हो। सडक पेटीबाट मोटरसाइकल चलाउँदा पैदल यात्रुहरुले बाटो छाडिदिनु उनीहरुको कर्तव्य हुनेछ।
- कार र अन्य ठूला सवारी साधनका चालकको भने लाइसेन्स चेक नहुने, हामी मोटरसाइकल चालकको मात्र जहिले नि लाइसेन्स चेक गर्ने ट्राफिकको विभेदकारी कदमको घोर भर्त्सना गर्छौँ।
- मापसे चेक भन्दै रातविरात गौँडा ढुकेर मोटरसाइकलचालकलाई फन्दामा पार्ने ट्राफिक कदम तुरुन्त बन्द हुनुपर्छ।
- ठिटी पछाडि राखेर बाइक कुदाएको बेलामा एम्बुलेन्सले पनि बाटो छाड्नु पर्छ। यस्तो अवस्थामा रेड लाइट पनि बाध्यकारी बनाइनु हुँदैन।
- सडक जाम भएको बेलामा मोटरसाइकल चालकलाई प्राथमिकता दिएर ट्राफिकले खुलाउन अग्रसर हुनुपर्नेछ।
- बाइक मोडिफाई गर्न पाउनुपर्छ। सिम्पल त कान्छीको गालाको डिम्पल पनि हुन्छ नि, बाइक भनेको मोडिफ़ाइद हुनु पर्छ!
- लेन मिचेर बाटो जाम गराउन पाउनुपर्छ।
- ट्रिपल लोड गरेर चलाउन पाउनु पर्छ।
- जाम भाको बेला, रातो बत्तीमा एकछिन बस्दा खेरि वरिपरि हस्पिटल, स्कूल जे सुकै होस् मतलब नराखी हर्न बजाउन पाउनु पर्छ।
- लाइसेन्स नलिकन चलाएमा कारबाही गर्न पाइन्न। चलाउन नसिकी लाइसेन्स कसरी लिने?
समय: दिनको ४ बजे
स्थान:कालिमाटी (सोल्टी मोड जाने देब्रे पट्टी)
ट्राफिक पुलिस: यो बाईक तपाईंको हो?
म: हो सर, किन र?
ट्राफिक पुलिस: तपाईंको लाइसेन्स दिनुस्।
म: किन, के गरेर मैले?
ट्राफिक पुलिस: तपाईंको बाईक २ घण्टा देखी एही छ। हामीले सबैलाई कारबाही गरिराको छौ।
म: अनी बाईक यहाँ भएर क् भयो त?
ट्राफिक पुलिस: यो बस बूथ हो। तपाईंले बाईक राख्नुभाछ।
म: बस बूथ त अगाडि पो छ त। यहाँ सधैं बाईक राखिराको हुन्च(त्यो साइड बाइक पार्कइङ को लागि छुट्याइएको छ)
अनी यहाँ केइ नो पार्कइङ को बोर्ड पनि थेन अनी राखेको
ट्राफिक पुलिस: बोर्ड नभएर के भयो त आँफै बुझ्नपर्छ. लाइसेन्स दिनुस्.
म: हैन, बोर्ड सोर्ड केही छैन, सधैं सबैले बाईक राख्ने ठाउँ नै एइ हो। किन दिने?
ट्राफिक पुलिस: नदिने? (फोन गर्न थालछ)
म: हैन सर, तपाईं common मान्छे भएर सोच्नु न, सब्ले राख्ने एइ हो सधैं, न बोर्ड छ, न केइ छ।कहाँ छ देखाउनुनत। लेख्या कुरा पो मान्छ त। जेजे मन लाग्यो तेही गर्न पाईन्छ?
ट्राफिक पुलिस: लाइसेन्स नदिने हैन त?
म: गल्ती भन्नु न मेरो।
ट्राफिक पुलिस: सब था हुन्छ अब( फोन गर्छ फेरी-” छिटो आउनुन किच्किच गरिराछ
म: कुरा सुन्नुन सर,
ट्राफिक पुलिस: सुनिदैन केही पनि। अब सिधै अफिस मा भन्ने
(केही बेर अझै Discussion चल्छ, van अैपुग्छ। एती छिटो त हामीले १०० मा फोन गर्दा कैले आको थाथेन।
(van को पुलिस)
पुलिस १: कुन चै बाईक हाल्ने हो?
अघिको पुलिस: यि एही हो अघी देखी किच किच गरिराछ। क(२) हान्दिछु।
पुलिस २: (निकै नै आक्रमाक जस्तो कि ठुलै अप्राधी फेला पारे जस्तो) हाल्दे हाल्दे
म: तपाईं कानुन अनुसार गर्नुन जे गरेनी। तपाईं एस्तो public लाई हेल्प गर्ने position मा बसेर जे नि गर्न मिल्छ?
पुलिस २: अ मिल्छ,जे गर्न नि मिल्छ।के को नियम। चित्त बुझ्दैन भने अफिस जानुस्।
(५ -६ जना पुलिस को बिच्मा केइ बोल्न सकिदैन। एक जना चै अली सम्झ्दार हुनुहुन्थ्यो)
भाई अब हेर धेरै लफ्डा नगरुम, लाइसेन्स दिनुस्, थोरैको काट्न लाइदिउल बरु म.
(भिड बाट अफिस लगेर हजार तिरैदिउ भनेको सुने,डर लाग्यो अनी license दिये
ट्राफिक पुलिस: क(२) हान्नपर्छ एस्लाई त। एस्त्तो बबाल गर्याछ।(भिड ठुलै भाईसकेको थियो)
भद्र पुलिस: ग(५) हान भन्या, भन्या मानन.
(सुन्दा त ठुलै नै अप्राद गरेको जस्तो पो लाग्यो। डर लागिरथ्यो।
ट्राफिक पुलिस:एक्लाई पाएर हेपेको?
(आवाज निस्केन मेरो)
(ग (५) मा लगाइदियो। ( क(२) मा १००० र ग(५) मा २०० जरिवाना राइछ)
म: (चिट काटिसके पछी) सर, जे भयो भयो बोर्ड चाइ रख्दिनुहोला।
पुलिस हरु: सडक बिभाग मा गएर भन्नुस्
(van जान्छ)
सर, लाइसेन्स लिन कैले आउने हो?
ट्राफिक पुलिस: म सँग २४ घण्टा राख्ने अधिकार छ, आईतवार आउने।
म: सर, छेकिङ भाईरख्छ फेरी अर्को चिट काट्दिन्छ मलाई २४ घण्टा नाघ्यो भनेर
ट्राफिक पुलिस: काटोस, मेरो सरोकार्को कुरा हैन। आईतवार भन्दा अगाडि दिये भने म कुकुर को छोरा
(मेरो सम्झाउने सबै प्रयास बेकार जान्छ र लाचार भएर हिड्छु)
म: ( बाईक मा गैराको बेला फेरी चित्तै बुझ्दैन र कालिमाटी पुलिस को मा जान्छु complain गर्न, मन मा डर लि लि)
म: सर, complain गर्ने एही हो?
पुलिस:हजुर एही हो, के होला?
(सब बेली बिस्तार सुनाउछु)
पुलिस: (हाँस्दै) हेर्नुस्, म त computer department को हो
तेही पनि भन्नुस् न.(फेरी हाँस्दै) चिट भने कै पैसा हो, अब पैसा त तिर्नै पर्छ।
म: सर, मलाई पैसाको भन्दा नि एस्तो public को लागि खटेको सस्था ले गर्ने व्यबहार एही हो? भन्ने कुरा हो
पुलिस: तपाईं मर्का मा पर्नुभएछ। धेरै complain आका छन behaviour को बारेमा। ( चिट हेरिसके पछी ) ठीक छ (complain लेख्दै) बिजय मन्डल राइछ कारबाही गर्ने। हामी briefing गर्छौ। आइदिनु भयो धन्यवाद! एस्को लागि। उस्को तर्फ बाट सरी)
म: (हाँस्दै) सर, अब अरुको गल्तिको लागि के सरी भन्नु र। मेरो कुरा भएनी सुनिदिनु भओ। Thank You, सर।
(मन अली भएनी शान्त हुन्छ)
(घर फर्किन्छु)
प्रभु भेटवाल
![]() |
| suman |
नेपालबाट मलेसिया आउँदा नेपालमा गरेको मेनपावर कम्पनि सङ्को सम्झौता अनुसारको सेवा र सुविधा मलेसियामा पुगेर कम्पनीले नदिएपछी कम्पनी छोडेर बाहिर अबैधानिक भएर बसेका नेपाली यूवाहरुलाई दिना नु दिन ठगिने क्रम बढिरहेको छ । मलेसियाको राजधानी क्वालालम्पूर, पेनाङ्, जोहोर, लगायत अन्य प्रमुख राज्यहरुमा अवैधानीक भएर बस्ने नेपालीहरुको बाक्लो बसोबासो पाइन्छ । अवैधानकि भएर बसेका नेपालीहरुलाई काम लगाइदिने दलाल एजेन्टहरुले महिनाको आरएम १४ सय देखि माथीको प्रलोभन देखाउने र काम लगाइदिए वापत उनहिरुलाई आरएम २ सय देखि माथी अगाडीनै पैसा माग्ने गरेको पाइन्छ । अवैधानिक भएर काम गरिरहेका मकवानपुरका महेश तामाङ् कामको अफर मोवायल एसएमएस पाएपछी फोन गर्दा क्वालालम्पूरको कोतरायमा बोलाएपछि उनी त्याहा गएको बताउछन् । कोतरायमा पुगेपछी उल्टै मोवायलमा रिचार्ज गरिदिनु प¥यो अनी म बोस सङ्ग कुरा गरेर कामको पुर्ण जानकारी दिन्छु भनेपछी तामाङ् अवैधानिक भएर बसेको साथमा पैसा पनि मभएकोले रित्तै पुन फर्केका बताउछन् । त्यसै गरि क्वालालम्पूर नजीकै रहेको काजाङ्मा रहेको एक सेक्युरिटी कम्पनीमा काम लगाइदिन्छु भन्दै स्याङ्जाका पूर्णबहादुर थापालाई रामजी लुइटेल नाम गरेका नेपालीले काजाङ्को एक नेपाली होटेलममा बोलाएपछि थापा होटेल पुगेका थिए होटेलमा भेट भएपछि राम्रो कुराकानी भयो अनी मासिक तलव १४ सय आरएम काम गर्ने १२ घण्टा, छुट्टि नगर्ने गरे वापत पैसा काट्ने सम्झौता भएपछि पैसाको कुरा गर्नथाले तपाइले मलाई काम लगाइ दिए वापत २ सय आरएम दिनु पर्छ यदि तपाइले नदिए वापत तपाइलाई काम पाउनुहुने छैन । यो कुरा सुनेपछि आपूmसङ्ग २ सय आर एम नभएपछि साथीहर सङ्ग सापट गरेर आउछु भनेर त्याहा बाट भागेको बताउँछन् । यसरी नेपालीले नेपालीलाई ठग्ने क्रम मलेसियामा दिनका दिन बढिरहेको छ । थापा र तामाङ् त ठग बाट बचेर हिडेको समाचार छ तर थापा र तामाङ जस्ता हजारौ नेपालीहरु अहिले मलेसियामा ठगिरहेका छन् ।
थ्ाारू समुदायमा माघी देवानी भनिने माघी परम्परागत विशेषता एवं मौलिक संस्कृतिको महान् पर्व हो । माघीमा वर्षभरि गरिएको अन्याय-अत्याचार तथा राम्रा-नराम्रा कामका बारेमा छलफल गरिन्छ । मालिकको घरमा एक-आपसको समझदारीमा एक वर्षका लागि करारमा राखिएका हरहवा, चरहवा, झलारी, गयरवा, भैसरवा आदि कामदारले माघी पर्वका दिन बिदा पाउँछन् । यो पर्वमा उनीहरूले आफ्ना बारेमा निर्णय गर्ने अधिकार पाएका हुन्छन् ।
यो पर्वका दिन नै विवाह गर्ने, घर बनाउने, कसकी छोरी कसको छोरासँग विवाह गर्ने, सगोलमा बस्ने वा छुट्टनिे, कुनै जिम्दारको खेत जोत्ने वा नजोत्ने जस्ता योजना बन्छन् । सबै खाले कुरा खुला हृदयले भन्ने र वाषिर्क योजना बनाउने दिन नै माघी हो । यसैले माघीलाई वाषिक योजना बनाउने पर्व, उन्मुक्तिको पर्व वा स्वतन्त्रताको पर्वका रूपमा चिनिन्छ ।
थारू समुदायमा मकर संक्रान्तिको दिन माघी स्नान गरिन्छ । माघे संक्रान्तिको दिन बिहानै उठेर आफ्नो गाउँनजिकको नदी, पोखरी, जलाशय आदिमा समूह-समूहमा स्नान गरी लोटामा पानी, अक्षता लिई नजिकको शिवालयमा पूजाआजा गर्ने चलन छ । यो दिन नुहाइसकेपछि दाल, चामल, नुन छोई आफ्ना मान्यजनलाई ढोगेर आशीवार् द लिने चलन छ ।
माघी पर्वका दिन पवित्र स्थानमा गै स्नान गरे लुतो निको हुन्छ र वर्षभरिको पाप पखालिन्छ भन्ने जनविश्वास रहँदै आएको छ । माघीमा दाउरा काट्न जाने नयाँ दुलही छिन् भने दुलाहा र सासँससुराले आगो ताप्न एक भारी दाउरा दिने प्रचलन छ । आफ्नी चेलीलाई उपहारस्वरूप आफ्नो क्षमताअनुसार नगद वा जिन्सी प्रदान गरिन्छ । यसलाई थारू भाषामा निस्त्राउ दिने भनिन्छ ।
थारू समुदायमा निस्त्राउ छुट्याइसकेपछि मान्यजनबाट टीका ग्रहण गरिन्छ र सानाले मान्यजनबाट आशीर्वाद लिने चलन छ । यो प्रक्रिया घरबाट सुरु भै छरछिमेक हुँदै समाजमा फैलन्छ । यो परम्पराले थारू समुदायमा आपसी सहयोग, एकता, सुमधुर सम्बन्ध, सद्भाव आदानप्रदान गर्ने कार्यमा सहयोग पुर्याउँदै आएको छ ।
गाउँमा कसैसँग मनमुटाव छ भने माघीमा नुहाएर अंकमाल गरी मेलमिलाप गर्ने चलन छ । नयाँ आथिक वर्षका रूपमा लिइने माघी पर्वमा गुण र दोषका आधारमा गाउ ँमा अगुवा चुन्ने प्रचलन रहिआएको छ । गाउँमा गरिने सामाजिक, धार्मिकलगायत अन्य कार्य सहज बनाउन सरसल्लाहमार्फत आगामी आर्थिक वर्षका लागि वरपर प्रधान अधारी, सधारी तथा गाउँको चौकीदार चुन्ने प्रचलन छ । माघी मनाउने परम्परागत मूल्य-मान्यता संस्कार थारूहरूको मौलिक संस्कार हो ।
अमेरिकी टीभी च्यानल सीएनएनले हरेक बर्ष प्रदान गर्ने यो एवार्ड सीएनएनको वेबसाइटमा भएको अनलाइन भोटिङबाट चयन गरिन्छ । नेपाली समयअनुसार सोमबार बिहान अमेरिकाको लस एन्जलसमा भएको अवार्ड बितरण समारोहमा पुष्पाले अन्य ९ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन् । उपाधि जित्न सफल पुष्पाले २ लाख ५० हजार अमेरीकी डलर पाएकी छिन् ।
प्रकाश सुन्दास
सामान्यत केटा केटीको विवाह गर्ने उमेर कति होला ? सबैलाई थाहै छ केटा र केटीको उमेर २० बर्ष पूरा हुनुपर्छ । यदी यो भन्दा कम उमेरमा विवाह भयो भने कानुनले दण्डित गर्छ । तर सिन्धुपाल्चोकको सागँचोक गाउँ विकास समिति वडा नम्बर १ की विमला पाराजुलीले भने आफ्नो छोरी भन्दा एक वर्ष कान्छो केटासँग दोस्रो विवाह गरिन् । भन्दा पत्यार नलाग्न सक्छ तर प्रेममा पागल भएपछि यस्तो पनि हुदो रहेछ । सागँचोककी विमला पराजुली ५ सन्तानकी आमा हुन् । उनको जेठी छोरीको उमेर १८ वर्ष भइसकेको छ । जेठी छोरी स्थानीय विद्यालयमा १२ कक्षामा अध्यनरत छिन् तर उनले फुल्पिङडाँडा गाविस– १ का १७ वर्षीय रबिन विकसँग दोस्रो विवाह गरेकी छन् । विमलाको उमेर रविनको भन्दा झण्डै दोब्बर छ । उनी ४० वर्ष भइसकेकी छन् । तीन छोरा र दुई छोराकी आमा बिमलाको श्रीमान रोजगारीको शिलसिलामा दुइ वर्ष अघि विदेश गएका थिए । मंसिरको पहिलो साता उनको मोबाइलबाट कसैलाई मिस कल गयो । नयाँ नम्बरबाट मिस कल आएपछि रबिनले फोन फर्काएका थिए । भर्खर बैंस आएका रबिन पनि फोन फर्काउदा केटीको स्वर आएपछि मख्ख पर्दै निरन्तर उनीहरुबीच फोन वार्ता हुदै गयो । सुरुमा त उनले विवाह भएको छैन भनेपछि आफूले झन धेरै फोन गरेको रविनले बताए । विमला र रविनबीच चार महिनासम्म फोनमा माया प्रितीका कुरा भएको उनले बताए । दुबैबीच कुरा हुदै जाँदा फागुनको सुरुमा विमलाले मेरो विवाह भएको छ भने पनि रबिनले विवाह भएपनि केही फरक नपर्ने भनेपछि आफू रबिनसँग विवाह गर्न राजी भएको विमलाले बताइन । ‘मैले विवाह भएको छ त भनको थिएँ तर बच्चा छ भनेर भनेको थिइन’ बिमलाले भनिन् । फागुन ५ गते विमला बिहानै घरबाट स्थानीय आफन्तको विवाहमा जान भनेर नयाँ कुर्ता सुरुवालमा ठाँटीएर हिडेकी थिइन । पहिलो पटक प्रेमी भेट्न हिडेकी विमला विवाहमा केही समय बसेपछि दोललाघाटमा रविनसँग भेट्न हिडेको उनले बताइन । ‘मैले त्यो दिन रबिनसँगको सल्लाहामा रातो सुरुवाल र खैरो सुरुवाल लगाएको थिएँ ।’ उनले भनिन् । तर उनीहरु भेटघाट भएपछि भने छक्क परेका थिए । रविनले सोचेको विमला र विमलाले सोचेको रबिन फरक पाएपछि उनीहरुदुबैबीच केही समय बोलचाल समेत नभएको प्रहरी निरीक्षक सुजन राजभण्डारीले बताए । चार महिनासम्म फोनमा माया वसेपछि उमेरले कहाँ छेक्दो रहेछ र ! भेटघाट भो । मायापिरतीको गफ भो । र विवाह गर्ने निचोडमा पुगे । दोलालघाटमा केही समय बसेपछि विवाह गर्नै भन्दै उनीहरु काठमाडौ गएका थिए ।
काठमाडौमा उनीहरुको विवाह भएपछि विमलाले आफ्नो नाम र थर समेत परिर्वतन गरेकी छन् । उनी विमला पराजुलीबाट रबिना विक भएकी छन् । श्रीमानले विदेशमा बस्दा समेत दुःख दिएपछि आफूले बाध्य भएर दोस्रो विवाह गरेको विमलाले बताइन् । ‘मलाई रबिनसँग विवाह गरेकोमा कुनै पश्चताप छैन ।’ विमलाले भनिन् । श्रीमानले दुःख दिएको बताएपनि दुइ वर्षसम्म यौन चाहाना पुरा नभएपछि उनले रबिनसँग विवाह गरेको वताईन् । उनले प्रत्यक्ष त यौनकै कारण विवाह गरेको नस्विकारे पनि घुमाउारो ढंगले यौन चाहान पुरा गर्नकै लागि रबिनसँग विवाह गरेको भने स्विकारीन् । बिमलाको पहिलाको श्रीमानले प्रहरीमा उजुरी गरेपछि दुवैलाई पक्राउ गरेर ल्याएको प्रहरी निरीक्षक राजभण्डारीले बताए । प्रहरी कार्यालयमा पनि उनीहरुको जोडीलाई हिन्दी फिल्मका हिरो हिरोइन को नाम दिईएको छ । केटाको नाम सलमान खान र केटीको नाम दिव्य भारती । प्रहरी निरीक्षक सुजनराजभण्डारीले उनीहरु दुवैलाई यही नामले बोलाइरहेका थिए । केटा केटी दुवै राजी भएपछि दुवैलाई केटाको परिवारको जिम्मा लगाएको प्रहरीले जनाएको छ
Prakash Sundas sundasprakash@gmail. | |
- रामाशीष, वरिष्ठ भारतीय पत्रकार
नेपालमा चार दशकदेखि कार्यरत भारतीय वरिष्ठ पत्रकार एबं 'दक्षिण एसीयाली राजनीतिक बिसेसज्ञ'रामाशीषसँग 'मंगोल भिजन साप्ताहिक'का सम्पादक कृष्णबहादुर तामाङले गरेको विशेष अन्तर्बार्ता ।
प्रश्न :हामीले सुने-जानेबमोजिम तपाईं भारतीय नागरिक हुनुहुन्छ र नेपालको राजनीतिक र पत्रकारिता क्षेत्रमा धेरै वर्षदेखि सकृय हुनुहुन्छ । त्यसैले मेरो सामान्य जिज्ञासा छ तपाईं कसरी नेपालसित परिचित हुनुभयो र नेपाललाई कहिलेदेखि र किन आफ्नो जीवनको बहुमूल्य समयमा आफ्नो कर्मक्षेत्र बनाउनुभयो?
उत्तर : मेरो जन्मस्थल नेपालको धनुषा र महोत्तरी जिल्लाको सुप्रसिद्ध तीर्थ जनकपुर र जलेश्वरधाम पारि बिहारको सीतामढी जिल्लाको सुरसंड गाउँ जसलाई सुरसर पनि भनिन्छ । हो र ती दुवै पवित्रस्थल निकटतम् हिन्दू तीर्थस्थल भएकोले मेरो वैष्णव आमा-बुवाले मलाई सानैदेखि काखी च्यापी रामनवमी, जानकी नवमी, विवाह पंचमी, श्रावण-झूला, कार्तिक पूर्णिमा स्नान र शिवरात्रि आदि पर्व-तिहारको विशेष अवसरमा आयोजित मेला- महोत्सवहरुमा दर्शन-पूजनक लागि जनकपुर र जलेश्वर लैजाने गर्नुहुन्थ्यो । आफ्नो गाउँ र वरिपरिको क्षेत्रको यस प्राचिन परम्परामा हुर्के-बढेकाले म भन्न सक्छु कि म शिशु अवस्था देखि नै नेपालको वर्तमान क्षेत्रबाट परिचित छु । किनकि त्यसबखत हाम्रो गाउँ र वरिपरिको इलाकामा त भगवान् पशुपतिनाथको मन्दिर भएको स्थललाई नै नेपाल भन्ने गरेका थिए काठमाण्डू नाउँ त सुनेकै थिएनन् । धार्मिक विश्वास त के रहँदै आएको छ भने बिहारको सीतामढी सीताले पृथ्वीबाट अवतीर्ण हुने (घटकलश निस्किने)पवित्र ठाउँ हो । जबकि अहिलेको जनकपुरधाम राजा जनकको प्राचीन राजधानी थियो ।
म आफ्नो गाउँ सुरसरको प्राइमरी स्कूलमा पढ्दा मेरो गाउँ पारिको अर्थात् मधेशका गाउँहरुबाट केही बालकहरु मेरो स्कूलमा पढ्ने गरेका थिए जसलाई मेरो स्कूलका शिक्षकहरुले गुरुजीहरुले भन्ने गरेका थिए 'यी त ओई पानीके छै' अर्थात् यो त सीमापारिको हो । मलाई यो भन्न गौरव लाग्छ कि मेरो गाउँ सुरसरमा सन् १९१७ मा स्थापित हाईस्कूल अहिले पनि कायमै छ जसमा छैटौँ कक्षादेखि ११औँ कक्षासम्म पढाई हुन्थे र हाईस्कूल पास गर्नेलाई मेट्रीक पास भएको भनिन्थ्यो । सामान्यतया प्राइमरी स्कूलबाट पास गरेपछि त्यहीँ आर.एच.ई. स्कूलमा भर्ना लिने परम्परा थियो ।
प्रथम भारतीय स्वतन्त्रता दिवस समारोह (१५ अगस्त १९४७) प्राइमरी स्कूलमा मनाएपछि सन् १९४८ को जनवरीमा मेरो नाउँ पनि तिनै हाइस्कूलमा दर्ता भए जहाँ महोत्तरी जिल्लाको डाम्ही गाउँ निवासी महेश्वर सिंह,महावीर सिंह, मनरा कट्टी गाउँको राम विभिषण सिंह, भटौलिया गाउँको गणेश महासेठ, मधवा गाउँको शिवचन्द्र झा, सुशील झा र बलवा सरपल्लो गाउँको राम खेलावन मण्डल आदि विद्यार्थी मेरो कक्षामा भर्ना भए । बथनाहा निवासी प्रद्युम्नलाल र मधवा गाउँ निवासी शिवचन्द्र झा आदी मभन्दा अघिका ब्याचमा पढ्दै थिए । मेरो स्कूलबाट पास गरेका प्रायः ती सबै सहपाठीहरु पछि नेपालका नेता, मन्त्री, हाकिम-हुकुम र डाक्टर, इन्जीनियर भए ।
यसको अतिरिक्त महोत्तरीको तत्कालीन बडाहाकिम परिवारका केही बालिकाहरु पनि मेरै गाउँको कन्या विद्यालयमा भर्ना भए । तिनीहरुलाई कन्या विद्यालयकी शिक्षिका मेरी दिदी शिवदेवीले पढाउने गर्नुभएको थियो । यस नाताले म आफ्नो दिदीसित शिवरात्रिको अवसरमा जलेश्वर जाँदा जलेश्वरको बडाहाकिम परिवारले हामीलाई निकै स्वागत-सत्कार गर्ने गरेको थियो । मेरो गाउँको त्यही स्कूलमा म भन्दा धेरै अघिका ब्याचमा पढ्नेहरुमा त नेपालको सर्वोच्च अदालतको पूर्व प्रधानन्यायाधीश विश्वनाथ उपाध्याय, नेपाली कांग्रेसका नेता रामनारायण मिश्र, श्यामनन्दन मिश्र, भद्रकाली मिश्रजस्ता सैयौँ व्यक्तित्वहरुले मैट्रीकसम्मको शिक्षा ग्रहण गर्नुभएका थिए । स्मरणीय के छ भने यो स्कूल त्यसबखत मेरो गाउँमा राजा कहलिएका (जमिन्दारलाई पनि राजा नै भने चलन थियो) ।
प्रश्न : नेपाली कांग्रेसले प्रजातन्त्रको हत्यारा राजा महेन्द्रको तख्तापलट (मिलिट्री-कू) विरुद्ध संचालित सशस्त्र क्रान्ति किन स्थगित गर्नुपर्यो ?
उत्तर : किनकि जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालासहित नेपाली कांग्रेसका अधिकांश नेताहरुलाई राजा महेन्द्रले जेल हाल्न लगाएपछि पनि भारत पसेका अन्य नेता तथा कार्यकर्ताहरुले भारतीय सीमामा क्याम्प स्थापित गरी सशस्त्र क्रान्तिको संचालन गर्दै थिए । वास्तवमा भनौं भने भारतलाई अप्ठ्यारो नपार्ने उद्देश्यले नै नेपाली कांग्रेस नेता सुवर्ण शमशेरले राजाको 'तख्तापलट' कदमका विरुद्ध संचालित सशस्त्र क्रान्तिलाई स्थपित गर्ने घोषणा गर्नुभयो । भारतमाथि चाइनीज हमलाको फाइदा उठाएर नै राजा महेन्द्रले नेपाली कांग्रेसको सशस्त्र क्रान्तिलाई विफल पार्न सफल भए र सबै राजनीतिक पार्टीहरुलाई प्रतिबन्ध गरी निर्दलीय पंचायती शासन प्रणाली थोप्न पाए ।
भारतीय प्रधानमन्त्री पं. जवाहरलाल नेहरु, भारतको सरकार तथा भारतीय जनता चीनियाँ आक्रमणबाट हतप्रभ (डिमोरलाइज्ड) भइसकेका थिए र त्रसित-भयभित भारतलाई राजा महेन्द्रको विचलित-आक्रोशित-सनकी दिमागको भय थियो कि यदि राजा महेन्द्रले चीनियाँ सेनालाई नेपालमा अड्डा बनाउने अनुमति दिए भने भारत थप अप्ठ्यारोमा पर्न सक्छ भारतले नेपाल-भारत सीमामा पनि थप मोर्चा खोल्न पर्न सक्छ र उसले करिब १७ सय किलोमिटर लामो भारत-नेपाल सीमानामा पनि चाइनीज हमलाको मुकाबिला गर्न पर्न सक्छ । 'हिन्दी-चीनियाँ भाइ-भाइको नारा घन्काउने तथा चीनियाँ हमलाबाट मर्माहत भारतका प्रथम प्रधानमन्त्री पं. जवाहरलाल नेहरुमाथि भारतलाई यस संकटको भुमरीमा पुर्याउने आरोप लाग्दै थियो ।
आरोप त यतिसम्म लाग्यो कि 'नेहरुले आफू विश्वशान्ति दूत बन्ने महत्वाकांक्षामा भारतीय सेनाको हतियार बनाउने कल-कारखानाहरुलाई जुत्ता कारखानामा परिणत गरेका थिए । त्यसैले जब चीनियाँ हमला भयो भारतले 'पछि हात-हतियार पठाउँछुको आश्वासनका' साथ निहत्था भारतीय सेनालाई अत्याधुनिक हात-हतियारले सुसज्जित विशाल चाइनीज सेनाको मुकाबला गर्न भारत-तिब्बत सीमामा पठाएका थिए र जसको परिणामस्वरुप हजारौँ-हजार भारतीय जवानहरुले भेडा-बाख्रासरह ज्यान गुमाउनुपरेको थियो ।
यहाँ एउटा सन्दर्भ बताउन मन लाग्यो कुरा १९७१-७२ को हो काठमडौंको एउटा पत्रिकाले प्रजातन्त्रको हत्याका प्रमुख पात्र डा. तुलसी गिरीको इन्टरभ्यू प्रकाशित गरेको थियो । जसमा डा. गिरीले के भनेका थिए भने 'भारतमाथि चीनले हमला गर्छ भन्ने कुराको जानकारी हमलाको एक सप्ताहअघि नै राजा महेन्द्र र मलाई थियो ।' यहाँ म के भन्न खोजेको हुँ भने डा. गिरीले इन्टरभ्यूमा भनेको कुरा सत्य थियो वा थिएन- यस विवादमा नगए पनि एउटा कुरा त नेपालको तत्कालिन राजनीतिक नेताहरुले स्वीकार गर्दछन् कि, 'चीनले भारतमाथि हमला गर्नमा एक हप्ता ढिलो गरेको भए नेपाली कांग्रेसको सशस्त्र क्रान्ति सफल हुन्थ्यो तथा राजा र राजगद्दीको अस्तित्व त्यसै बखत मेटिन्थ्यो ।'
साँच्चै भन्नुहुन्छ भने यस घटनाले त यो प्रमाणित गर्छ कि 'तानाशाह राजा महेन्द्रलाई बचाउन र नेपालबाट प्रजातन्त्रको जरो उखेल्नलाई नै चीनको आततायी कम्युनिष्ट नेता माओत्से तुंगले भारतमाथि भीषण हमला गरे ।' अवस्था त के थियो भने एकातिर भारतमाथि चाइनिज आक्रामणको पूरापूर लाभ राजा महेन्द्रले उठाए र अर्कोतिर पूँजीपति राजा र राजतन्त्रलाई जनताको कट्टर शत्रु ठान्ने तथा आफूलाई पूँजीपति राजा र राजतन्त्र उन्मूलन गर्ने जनदूत बताउने नेपालका यी कम्युनिष्टहरुले सधैँभरि निर्दलीय शासन प्रणालीको नाउँमा थोपारिएको तानाशाही पंचायती शासन र नेपालको नवोदित प्रजातन्त्रलाई धुलो पार्ने तानाशाह राजा महेन्द्रलाई नै सहयोग-समर्थन गरे । मैले त यो पनि सुनेको छु कि तिनीहरुमा चाहे नेपालमा कम्युनिज्मको जरा गाड्ने पुष्पलाल र केशरजंग रायमाझी होउन् अथवा मनमोहन अधिकारी वा त्यस बेलाका विद्यार्थी नेता सीपी मैनाली, राजाकृष्ण मैनालीहरु नै किन न होउन् यी सबै कठमुल्ला कम्युनिष्टहरुले राजा महेन्द्र तथा त्यसपछि गद्दीमा बस्ने राजा वीरेन्द्रलाई नै सघाए ।
निर्दलीय पंचायती शासनलाई नै दशकौँसम्म फुल्न-फलाउन सहयोग गरे । दरबारको 'भिटामिन-एम (मनी) बाट पालित-संचालित कम्युनिष्टहरुले त जेल-सजाय पाएको नाटक गरेर पनि जेलमा बसेको डेमोक्रेट नेताहरुबारे राजा र राजदरबारलाई रिपोर्टिंङ् गर्दथे । एउटा पनि कम्युनिष्टले निर्वासनमा भारत पस्नु परेन जबकि नेपालका सबै डेमोक्रेट खासगरी नेपाली कांग्रेसका नेतादेखि साधारण कार्यकर्तालाई पनि ज्यान जोगाउन दशकौँसम्म भारतमा निर्वासित जीवन बिताउनुपरेको थियो तिनीहरुको सर्वस्वहरण भएको थियो । राजाको पुलिसले त भारतीय सीमामा पसेर पनि नेपाली कांग्रेसका नेता सरोज कोइरालासहित अनेकौँ कांग्रेसीहरुलाई गोली हानेको थिए नृशंस हत्या गरेका थिए । जबकि कुनै पनि कम्युनिष्ट नेता राजा महेन्द्र र वीरेन्द्रको पुलिसको गोलीबाट मरेको उदाहरण पाइँदैन । कुन कम्युनिष्ट नेताले भारतमा निर्वासित जीवन बिताउनुपर्यो वा उसले सर्वस्वहरणको सजाय पायो यस्तो एउटा पनि उदाहरण पाइँदैन ।
तपाईं गएको आठ-दश वर्षको माओवादी कम्युनिष्टहरुका चालालाई नै हेर्नुस् न । राजा वीरेन्द्रको वंशविनाश गर्ने हत्याकाण्डपछि 'सुकिला-मुकिला विद्वान् दर्शनशास्त्री उदारवादी भारतका प्रति नरम यथार्थपरक'- आदि दर्जनौँ संज्ञाले विभूषित बाबूराम भट्टराईले वीरेन्द्रवंश हत्याकाण्डलगत्तै स्थानीय कान्तिपुर दैनिकमा प्रकाशित गराएको एउटा लेखमा 'राजदरबारसित' 'आफ्नो' तथा 'आफ्नो पार्टीको' सम्बन्ध रहेको' त स्वीकारेकै थिए । बिडम्बना त के छ भने राजा महेन्द्र र आक्रोशित राणाहरुले भारत विरोधको जुन जरा गाडे त्यसलाई कम्युनिष्ट र कहिलेकाहिँ कांग्रेसले पनि अहिलेसम्म मल-जल दिँदै आएका छन् ।
यहाँ राणाहरुको भारत विरोधको कारण त बुझ्न पनि सकिन्छ । किनकि तिनीहरुका सय वर्ष पुरानो शासनको अन्त गर्नमा भारतको सहयोग थियो तर शाहवंशी राजालाई त १०४ वर्षको राणा-जेलबाट भारतले मुक्त गराएको थियो । तैपनि शाहवंशी राजाहरुले गद्दीनशीन रहुन्जेल राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पनि भारत विरोधका डंका पिटे । राजा महेन्द्रले नै चीनको गुणगान गर्नेलाई राष्ट्रवादी र नेपाली जनमानसको धर्मभूमि-पूण्यभूमि भारतप्रति रगतको नाताले पनि आदरभाव राख्ने भारत प्रशंसकलाई 'भारतको दलाल' भने । त्यसपछिको गद्दी उत्तराधिकारी उनको छोरा राजा वीरेन्द्रको कार्यकालमा पनि यस नाराले निरन्तर मल-जल पायो ।
त्यति मात्र होइन नेपालमा बहुदलीय संसदीय प्रजातान्त्रिक प्रणालीको स्थापना पश्चात् पनि नेपालका शासकहरुले राजा महेन्द्रको त्यही भारतविरोधी नाराको सहारा लिए तथा अहिले पनि त्यसै आशयको प्रवृत्ति कायम नै छ । राजा महेन्द्रको भारतविरोधी अभियान त यहाँसम्म पुग्यो कि १९६२ को चाइनीज आक्रमणबाट उठ्न नपाएकै अवस्थामा सन् १९६५ र १९७१ मा दुई पटक भारतले पाकिस्तानी हमलाको सामना गर्नुपर्यो र दुवै युद्धको दौरान राजा महेन्द्रले खुल्लमखुल्ला पाकिस्तानलाई साथ दिए । सन् १९६५ को युद्धका बेला लालबहादुर शास्त्री भारतका प्रधानमन्त्री थिए र ठीक त्यही युद्ध संकटको अवस्थामा राजा महेन्द्र भारतको सदभवना भ्रमणमा हिँडिहाले । भारत भ्रमणको प्रारम्भ बिहार प्रान्तको पटनाबाट भयो र दक्षिण भारतका तीर्थस्थलहरुको यात्रा गर्दै राजा महेन्द्र नयाँ दिल्ली पुगेका थिए । भारत सरकारको परेशानी त के थियो भने एकातिर 'चाइनीज आक्रामणबाट जर्जर भएको भारतमाथि अमेरिकी-सेबरजेट र पैटनटैंकबाट पाकिस्तानी सेना गोला बर्साउँदै थिए र अर्कोतिर राजा महेन्द्र भारत भ्रमणको सबै शहरमा आफ्नो मन्तव्यमा आफूलाई सुपर-तटस्थ देखाउँदै भन्दै थिए- 'भारत र पाकिस्तान' दुवैले बसेर युद्धको शान्तिपूर्ण समाधान गर्नुपर्छ' ।
पाकिस्तानलाई सघाउने राजा महेन्द्रको यस भाषणबाट प्रधानमन्त्री लालबहादुर शास्त्री भारी चिन्तित भए । फलस्वरुप नयाँ दिल्लीको रामलीला मैदानमा राजा महेन्द्रको सम्मानमा आयोजित नागरिक अभिनन्दन समारोहमा शास्त्रीजीले राजा महेन्द्रलाई कुटनीतिक जवाफ दिनुपर्यो । शास्त्रीजीले आफ्नो सम्बोधनमा अत्यन्तै भावविह्वल भएर भन्नुभयो- 'आज जब पाकिस्तान हमारे उपर बम बरसा रहा है हम युद्ध-संकट में घिरे हैं ऐसी अवस्था में हमारे बन्धु हमारे हमदर्द पडोसी देश नेपाल के महाराजाधिराज महेन्द्र इस विपत्ति में हमारी सुधि लेने यहाँ आए हैं' । - शास्त्रीजीको यस अभिव्यक्तिले राजा महेन्द्रको 'तटस्थता' लाई हावामा उडाइदियो र तत्कालिन मिडियाले राजा महेन्द्रको भारत-भ्रमणलाई के भनेर चित्रित गरे भने 'युद्ध-संकटको समयमा भारतलाई समर्थन र भारतको साहस र मनोबल बढाउनका लागि नै राजा महेन्द्रले भारतको वर्तमान भ्रमण गरेका छन् ।' शास्त्रीजीको यस भाषण र मिडिया टिप्पणीले राजा महेन्द्रलाई 'निकै डिमोरलाइज' गरेको थियो । तर यसपछि पनि राजा महेन्द्रले भारत विरोधी आफ्नो अभियान जारी नै राखे किनकि जेलबाट मुक्त भएका नेपाली कांग्रेस नेता विश्वेश्वर प्रसाद कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालासमेत अधिकांश कांग्रेसी भारतमा निर्वासित जीवन बिताई राखेका थिए र समय-समयमा राजा विरोधी कार्यक्रमहरुका आयोजना पनि गर्ने गरेका थिए ।
भारतीय भूमिबाट भारतीय विमानको अपहरण र पाकिस्तानी विमानस्थलमा त्यस सार्वजनिक रुपमा आगो लगाउने तथा त्यसपछि पाकिस्तानद्वारा कलकत्तामा भारतीय विमान खसाल्ने पाकिस्तानी कारबाहीपछि भएको १९७१ को भारत-पाक युद्धको दौरान पनि राजा महेन्द्रले फेरि खुल्लमखुल्ला पाकिस्तानलाई साथ दिए । पाकिस्तानी सैनिक शासक जनरल याह्या खान यस्तो पहिलो राष्ट्राध्यक्ष थिए जसलाई राजा महेन्द्रले आमन्त्रित गरी नेपाल बोलाए र 'गैर-हिन्दू-निषेधित' नारायणहिटी राजदरबारमा विशेष पाहुनाको रुपमा राखे । लगातार तीन दिनसम्म भारतविरोधी मन्त्रणा गरे रणनीति तैयार गरेर चौथो दिन याह्या खानले स्वदेश फर्कनेबित्तिकै 'पूर्वी पाकिस्तान (बंगलादेश)' माथि मिलिट्री क्रैकडाउन भयो । 'बंगला-भाषी पाकिस्तान' र 'पंजाबी-भाषी पाकिस्तान' बीच करिब नौ महिनासम्म घमासान युद्ध भयो । युद्धको दौरान भारतले 'पश्चिमी पाकिस्तान' र 'पूर्वी पाकिस्तान'- दुवै मौर्चामा लड्नुपर्यो लगभग २० लाख बंगाली मुसलमानले पश्चिमी पाकिस्तानको पंजाबी मुसलमानबाट ज्यान गुमाउनुपर्यो ।
युद्धमा पाकिस्तानको हार बंगाली जनताको जीतपछि जुन दिन राजा महेन्द्रले नवोदित राष्ट्र 'बंगलादेश'लाई 'रिकगनिशन दिए त्यही दिन राजा महेन्द्रलाई हर्टअट्याक भयो र उनी मरे । त्यति मात्र होइन राजा वीरेन्द्रको शासनको दौरान नेपालले कहिले पनि राष्ट्रसंघ वा अन्य अन्तर्राष्ट्रिय मंचमा भएको भोटिंगमा भारतको साथ दिएन र वीरेन्द्रवंशको हत्यापछि राजा ज्ञानेन्द्रले भारत विरोधमा के गरे यो त अहिलेको नयाँ पिँढीको मिडिया र राजनीतिकर्मीहरुका सामुन्ने छर्लंगै छ । सम्भवतः त्यही 'भारत विरोधी-अक्सिजनमा पालिएर बढेका' 'बाहुन-नेतृत्वको नेपाली कांग्रेसका नेताहरुद्वारा पनि समय-समयमा भारत विरोधी आक्रोश' बाहिर आएकै हो । शायद चीनियाँ-क्रान्तिको नाउँमा लाखौँ निरीह चीनियाँ जनतालाई मौतको निँद सुताउने महान् चीनीयाँ नेता माओत्से-तुंगको भक्ति गर्दै नेपाललाई 'प्रजातन्त्रमुक्त-राजामुक्त तथा नेपालीलाई सबै कष्टबाट उन्मुक्ति दिलाउने नाउँमा हजारौँ निर्दोष नेपालीको हत्याको जिम्मेदार बाहुन-नेतृत्वको माओवादीहरुद्वारा संचालित भारतविरोधी घृणा अभियान पनि त्यही राजा र राजदरबारद्वारा चलाइएको कार्यक्रमको एउटा कडी हो ।'
तर पनि विगतको चार दशकमा देखे-सुनेका घटनाक्रमहरुलाई नियाल्दा मैले के महसुस गरेको छु भने नेपालमा संचालित राजनीतिक पार्टीहरुमा 'सकृय-अतिसकृय-होलटाइमर' नेता-कार्यकर्ताहरुको संख्याको अनुमान गरौं भने त्यो पच्चीस-तीस हजार छैन होला । त के भारत विरोधी पेशामा लागेका यी पच्चीस-तीस हजार नेपाली-राष्ट्रवादीहरु द्वारा लगाइएको 'भारत-मुर्दावाद-जिन्दावाद'को नाराको प्रतिकृयामा भारतले लगभग साढे दुई- तीन करोड निर्दोष नेपालीलाई भारतको स्थायी दुश्मन ठानोस् माओवादीद्वारा संचालित भारत विरोधी अभियान र भारतीय राजदूतमाथि घोर अपमानपूर्ण आक्रमणका घटनाहरुपछि भारतप्रति सकारात्मक विचार राख्ने व्यक्तिहरुले मलाई सोध्ने गर्छन् 'यति हुँदाहुँदै पनि भारतले किन नेपालको विकास कार्यमा यत्रो ठूलो पूंजी लगाई राखेको छ उनीहरुलाई म फेरि त्यही उल्टै प्रश्न गर्छु कि के यो राजनीतिक-पेशामा लागेका विभिन्न देशको आर्थिक लहलहैमा लागेका मान्छे र आ-आफ्नो सिद्धान्तको लागि काम गरिरहेका पच्चीस-तीस हजार मान्छेले भारत मुर्दावादको नारा लगायो भने भारतले सिंगो नेपाल र नेपाली जनतालाई नै भारतको दुश्मन ठानोस् यस मामिलामा मेरो आफ्नो एउटा बेग्लै व्याख्या के छ भने भारत-नेपाल शासक र शासनहरुको बीचको सम्बन्ध र दुवै देशका जनताको सम्बन्ध दुवै फरक छन् ।
जहाँसम्म जनताको सम्बन्धको कुरो छ त आजको मितिमा भारतबाट जुन तथ्यांक-डाटा मैले पाएको छु त्यसबमोजिम ८० देखि ८५ लाख नेपालीले अहिले भारतमा आफ्ना जीविका चलाई राखेछन् त्यो पनि मधेशिया बाहेक किनभने त्यहाँ पनि मधेशीलाई नेपाली मान्दैनन् । अनुहारको कारणले मधेशीहरुलाई यहाँ पनि नेपाली मान्दैनन् र त्यहाँ पनि मान्दैनन् । अब हेर्नुस् नेपालका नेताहरु जुन भारत विरोधी नारा लगाई राखेका छन् त के यसको रिएक्शनमा भारतले ती सबै ८०-८५ लाख नेपालीहरुलाई लखेटेर नेपाल धपाई देओस् यसो भयो भने यहाँ के स्थिति हुन्छ?










