स्पेनको विरा सहरस्थित एक सामुद्रिक तटमा आइतबार बिहान ७२९ जना मानिसहरुले एकसाथ नांगै स्नान गरी विश्व किर्तिमान कायम गरेका छन् ।
दक्षिण पश्चिमी विरा सहरको उक्त सामुद्रिक तटमा आइतबार यति धेरै महिला तथा पुरुषहरु सर्वांग नग्न बनेर सामुहिक स्नान गरेका हुन् । यसअघि न्युजिल्याण्डमा ५०६ जनाले एकैचोटी नांगै नुहाएर किर्तिमान कायम गरेका थिए । स्पेनी तटको सामुहिक निर्वस्त्र स्नानले त्यो रेकर्ड भंग गरेको हो ।
विश्वको सबैभन्दा ठूलो निर्वस्त्रीकरण भन्ने नाराका साथ भएको उक्त सामुहिक नग्न स्नान समारोहलाई विरा सिटी हलले प्रायोजन गर्नुका साथै स्पेनिस नेचेरिज्म फेडेरेसनले सहयोग गरेको थियो ।
सामुहिक नग्न स्नानका लागि एल प्लायाजो तटमा आइतबार बिहानै देखि निर्वस्त्र मानिसहरुको भेला सुरु भएको थियो । दिउसो सम्म भेला भएका मानिसहरुले मध्यान्ह एकसाथ पानीमा डुबुल्की मारे ।
सामुहिक नग्न स्नानमा सहभागी हुनेलाई तटीय क्षेत्रमा प्रवेशका क्रममा दर्ता गरिएको थियो र त्यसपछि ५०(५० जनाको समूहमा बाँडिएको थियो ।
विरा सहरले आफ्नो तटीय क्षेत्रमा निर्वस्त्र स्नानको किर्तिमान कायम गरेसँगै यो सहरले यसलाई आफ्नो पर्यटन प्रवर्धनको माध्यम बनाएको छ ।
दक्षिण पश्चिमी विरा सहरको उक्त सामुद्रिक तटमा आइतबार यति धेरै महिला तथा पुरुषहरु सर्वांग नग्न बनेर सामुहिक स्नान गरेका हुन् । यसअघि न्युजिल्याण्डमा ५०६ जनाले एकैचोटी नांगै नुहाएर किर्तिमान कायम गरेका थिए । स्पेनी तटको सामुहिक निर्वस्त्र स्नानले त्यो रेकर्ड भंग गरेको हो ।
विश्वको सबैभन्दा ठूलो निर्वस्त्रीकरण भन्ने नाराका साथ भएको उक्त सामुहिक नग्न स्नान समारोहलाई विरा सिटी हलले प्रायोजन गर्नुका साथै स्पेनिस नेचेरिज्म फेडेरेसनले सहयोग गरेको थियो ।
सामुहिक नग्न स्नानका लागि एल प्लायाजो तटमा आइतबार बिहानै देखि निर्वस्त्र मानिसहरुको भेला सुरु भएको थियो । दिउसो सम्म भेला भएका मानिसहरुले मध्यान्ह एकसाथ पानीमा डुबुल्की मारे ।
सामुहिक नग्न स्नानमा सहभागी हुनेलाई तटीय क्षेत्रमा प्रवेशका क्रममा दर्ता गरिएको थियो र त्यसपछि ५०(५० जनाको समूहमा बाँडिएको थियो ।
विरा सहरले आफ्नो तटीय क्षेत्रमा निर्वस्त्र स्नानको किर्तिमान कायम गरेसँगै यो सहरले यसलाई आफ्नो पर्यटन प्रवर्धनको माध्यम बनाएको छ ।
परीक्षामा विद्यार्थीहरुलाई चिट चोर्नबाट रोक्न विभिन्न उपाय अपनाइन्छ । सबै सरीरको तलासी लिने तथा विद्यार्थीले चिट लुकाउन सक्ने स्थानमा विशेष निगरानी गर्ने समेत चलन छ हामीकहाँ । तर चोर्ने बानी परेका विद्यार्थीहरुले चिट लुकाउने तथा चोर्ने नयाँ नयाँ तरिका अपनाउन थालेर हैरान पार्ने गर्छन् । अझ आधुनिक प्रविधिको प्रयोगले विद्यार्थीलाई परीक्षामा चिट चोर्न सजिलो पारिदिएको छ । यस्तो भएपछि परीक्षामा विद्यार्थीलाई हलभित्र मोबाइल, क्यामरा जस्ता उपकरण लैजान निषेध गर्ने मात्र होइन खासगरी छात्राहरुलाई भित्री वस्त्र लगाउन समेत बन्देज लगाउनुपर्ने अवस्था आएको छ ।
समाचार अनुसार चीनमा विश्वविद्यालयका छात्राहरु परीक्षाको दिन परीक्षा हलभित्र ब्रा नलगाइकन जानुपर्नेछ । ब्रा भित्र मोबाइल तथा चिट समेत लुकाएर लैजाने क्रम बढेपछि एक विश्वविद्यालयले महिला परीक्षार्थीलाई ब्रा नलगाइकन परीक्षा दिन आउनुपर्ने नियम बनाएको हो । यस अन्तरगत अब छात्रा परीक्षार्थीहरुले माथिल्लो वस्त्र भित्र ब्रा लगाउन पाउने छैनन् ।
गाओंकाओं भनिने उक्त कठीन परीक्षाका दौरान विद्यार्थीहरुले चिट चोर्न नपाउन् र परीक्षा निष्पक्ष होस् भनेर विश्वविद्यालयले यस्तो नियम बनाएको हो । महिला परीक्षार्थीहरुले परीक्षामा सोध्न सकिने सम्भावित प्रश्न र उत्तर रेकर्ड गराएर आफ्ना ब्रा भित्र राखेर सुन्ने डिभाइस लैजाने र परीक्षा हलमा उक्त डिभाइस प्ले गरेर सुन्दै उत्तर लेख्दै गरेर चोरी गर्ने घटना बढेपछि यस्तो उपाय अपनाइएको बताइएको छ ।
अब परीक्षार्थी छात्राहरुले परीक्षा हलभित्र छिर्नुभन्दा अगाडि ब्रा लगाए नलगाएको मात्र होइन कुनै डिभाइस तल्लो अन्तरवस्त्रमा लुकाए नलुकाएको जाँच्न समेत मेटल डिटेक्टरबाट आफ्नो सरीर तलासी गराउनुपर्नेछ ।
हुनत चीनका सबै प्रान्तका विश्वविद्यालयमा यो नियम लगाइएको होइन । उत्तरपूर्वी जिनलिङ प्रान्तको एक विश्वविद्यालयले युवतीहरुलाई ब्रा लगाएर परीक्षा दिन नपाउने यस्तो नियम बनाएको हो । यो कठोर नियमप्रति विद्यार्थीहरुले आपत्ति समेत जनाएका छन् । एजेन्सी
मान्छेले कतिधेरै तल्लो तहमा ओर्लिन सकेको भन्या ? यौनमा पागल भएपछि मान्छेले जस्तोसुकै घृणित काम गर्न र राक्षसी स्वरुप देखाउन पनि पछि पर्दोरहेनछ भन्ने कुराको उदाहरण अमेरिकाका एक व्यक्तिले पेश गरेका छन् । अमेरिकाको ह्यामिल्टन काउन्टीमा बस्ने ५५ वर्षका एक पुरुषले मृत्यु भएका महिलाका लासलाई बलात्कार गर्ने गरेको खुलासा भएपछि उनलाई धेरैले राक्षसको उपाधि दिए । क्याथ डगलस नामका ती पुरुषले १ सय भन्दा धेरै महिलाका शवसँग सम्भोग गर्ने विभत्स काम गरेको खुलासा भएको हो ।
शवगृहका कर्मचारी समेत रहेका डगलस शवगृहमा रातको समयमा नोकरी गर्थे र यौनको तिर्खा मेट्न छानी छानी सुन्दरी मृतक महिलाहरुको शव खोजेर शवसँग सम्भोग गर्थे । यी यौन पिपासु १६ वर्षकी युवतीको शवलाई बलात्कार गरेको आरोपमा जेलमा परेपछि उनको अपराधको खुलासा भएको हो । उनले एक १९ वर्षे युवतीको शवलाई निकै धेरैपटक बलात्कार गरेको पनि खुलासा भएको छ । उनले ६ महिनाकी गर्भवती रहेकी एक मृत महिला तथा पोष्टमार्टका लागि ल्याइएकी अर्की महिलाको शवसँग समेत सम्भोग गरेको खुलेको छ ।
महिलाका शवलाई बलात्कार गरेको अभियोगमा थुनामा परेपछि उनको डि एन ए परीक्षण गरियो । उनले बलात्कार गरेका भनिएका शवको पनि परीक्षण गरियो । परीक्षणबाट उनले महिलाका शवलाई बलात्कार गर्ने गरेको पुष्टि भयो ।
आखिर प्रेममा सँगै बाँच्ने र सँगै मर्ने कसम खाने तथा एक अर्काको लागि ज्यानै दिने भन्ने बाचा केवल भन्ने कुरा न हुन् । भलै सच्चा प्रेमजोडीका लागि नहोला तर जिम्बाबेका एक स्वार्थी प्रेमीको हकमा भने यो कुरा सत्य सावित भएको छ ।
उक्त स्वार्थी प्रेमीले आफ्नी प्रेमिकालाई जंगलको बीच झाडिमा लगेर यौनक्रिडा गर्यो । जब मृत्यु नजिक आयो, तब प्रेमिकालाई मारिनका लागि एक्लै
छाडेर आफु कुलेलम ठोक्यो । समाचार अनुसार ती युवती आफ्नो प्रेमीको आग्रह मुताविक जंगलभित्र पुगेर झाडीमा प्रेमीसँग सम्भोग क्रियामा जुटेकी थिइन् । विचरा ती युवतीलाई के थाहा उनका लागि त्यो जिवनको अन्तिम सम्भोग थियो र केहीबेरपछि उनी मर्दैछिन् भन्ने कुरा ।
अचानक सम्भोगकै दौरान प्रेमी एकाएक उठेर नांगै दौडिन थाल्यो । ऊ सम्भोगका बेला जमिनमा पल्टिएकी र छुट्टै संसारमा पुगिसकेकी प्रेमिकालाई
परिस्थितिको जानकारी नै नगराई एक्लै दौडियो । उसले आफुतिर सिंह आइरहेको देखेको थियो, त्यसैले ज्यान जोगाउन नांगै दौडिहाल्यो । तर विचरी ती युवती जो जमिनमा पल्टिएकी थिइन् उनले सिंह आएको चालै पाइनन् र एक्कासी सिंहले उनलाई झम्टियो र ज्यानै लियो । जिम्बाबेको उत्तरी गाउँ नजिकैको जंगलमा भएको यो घटनामा मारिने युवतीको नाम शराराइ मावेरा भएको बताइएको छ । तर भागेर फरार भएको युवकको नाम भने खुल्न सकेको छैन ।
ती युवतीले स्थानीय एक बजारमा काम गर्ने गरेको र जगलको सोही स्थानमा आफ्नो प्रेमीसँग बेलाबखतमा लुकीलुकी भेट्ने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।
प्रतियोगिता पनि कस्ता कस्ता ? सुन्दा पनि लाजै लाग्ने । अमेरिकाको न्यूयोर्कमा हालै यस्तै लाजमर्दो प्रतियोगिता भएको छ । म्यानहटनस्थित कटिङ रुपममा हालै एयर सेक्स च्याम्पियनसीप अर्थात् हावा सम्भोग प्रतियोगिता सम्पन्न भएको छ ।वर्षेनी आयोजना हुने यो प्रतियोगिता यो चौथो हो । प्रतियोगितामा सहभागीहरुले एक्लै काल्पनिक यौन अभिनय गरे । कसैले सम्भोगमा लिप्त भएको र चरम उत्तेजना आएको अभिनय गरे भने कसैले मुख मैथुनको अभिनय गरे ।
यो प्रतियोगिता व्यंगकार क्रिस टि्रउले आयोजना गरेका हुन् । प्रतियोगीहरु महिला र पुरुष दुबै थिए । उनीहरु एक एक गर्दै स्टेजमा आए र उपस्थित दर्शकको अगाडि सम्भोगमा लिप्त भएको र चरम आनन्द प्राप्त गरेको हाउभाउ देखाए । हावा सम्भोग प्रतियोगितामा जाम आउन पहिलो भइन् । उनले स्टेजमा निकै संवेदनशील यौनिक कला देखाइन् । आफ्नो मरेको लोग्नेलाई यौन शक्तिबाट ब्युँताउनका लागि उसको लिंगलाई आफ्नो दाँतले विस्तारै टोकेको अभिनय उनले गरेकी थिइन् ।
प्रतियोगिताका निणर्ायक मध्येका एक ब्रायन सोबेलका अनुसार त्यो कुकुर अरु विभिन्न कुकुर तथा जनावरका सरीरका विभिन्न भाग फोटोसपमा हालेर मिलाएर तयार पारिएको जस्तो आकृतिको रहेको टिप्पणी गरे ।
यो कुकुरका मालिक टामी बार्बी आफ्नो कुकुरले उपाधि उचालेकोमा खुसी छन् । उनले यो कुकुर तीन महिनाको हुँदादेखि पाल्दै आएका छन् । छिमेकीले कुकुर निकै नराम्रो भयो, यसलाई नपाल भन्दा पपनि आफुले नमानेको र कुकुरलाई निकै माया गर्ने गरेको दाबी उनको रहेको छ ।
विश्वको सबैभन्दा कुरुप कुकुरको उपाधि सँगै वालीले १५ सय अमेरिकी डलर समेत हात पारेको छ । साथै यो कुकुर सेलिब्रेटी समेत बनेको छ र आगामी दिनमा विभिन्न टेलिभिजन शो हरुमा पनि देखापर्नेछ ।
विश्व कुरुप कुकुर प्रतियोगितामा सहभागी केही कुकुरहरु यस्ता थिए
२९ वटा एक से एक कुरुप कुकुरहरुलाई पछि पार्दै ४ वर्षको ठिमाहा कुकुर वालीले यो वर्ष विश्वको सबैभन्दा कुरुप कुकुरको उपाधि जितेको छ । अमेरिकाको क्यालिफोर्नियामा भएको २५ औँ विश्व कुरुप कुकुर प्रतियोगितामा क्यालिफोर्नियाको चिकोबाट ल्याइएको ठूलो टाउकोधारी वालीले उपाधि जितेको हो । ठूलो टाउको तथा हाँसका जस्ता खुट्टा भएको वाली बेगल, बक्सर तथा बासेट जातका कुकुरको ठिमाहा नश्ल हो ।
अमेरिकामा मानिसहरुको सुताई कस्तो हुन्छ ? भन्ने बारेमा विचित्रको अध्ययन गरिएको छ । एक कम्पनीले ३ हजार ७ सय जना अमेरिकीमा सुन्दै वाहियात जस्तो लाग्ने यस्तो र्सर्भेक्षण गरेको हो । र्सर्भेक्षणले अमेरिकीहरुको सुताइका विषयमा विभिन्न रोचक तथ्य बाहिर ल्याएको छ, जस्तै :
सयमा ८ जना अमेरिकी रातमा नांगै सुत्छन् : र्सर्भेक्षणका अनुसार ७४ प्रतिशत अमेरिकीले सुत्दाखेरी पाइजामा लगाउँछन् भने केहीले विभिन्न खालका अरु कपडा लगाउँछन् । ८ प्रतिशत भने केहीपनि नलगाइकन सुत्ने गर्छन् ।
सयमा ८ जना अमेरिकी रातमा नांगै सुत्छन् : र्सर्भेक्षणका अनुसार ७४ प्रतिशत अमेरिकीले सुत्दाखेरी पाइजामा लगाउँछन् भने केहीले विभिन्न खालका अरु कपडा लगाउँछन् । ८ प्रतिशत भने केहीपनि नलगाइकन सुत्ने गर्छन् ।
· ६५ प्रतिशत अमेरिकीले हप्तामा तिन रात मात्र मज्जाले सुत्न पाउँछन् । अरु चार रातको सुताइ उतिसारो आनन्ददायी नहुने र राम्रो न्रि्रा नपर्ने उनीहरुले बताए । ४७ प्रतिशतले घुर्नेमा न्छेसँग सुत्नु परेको गुनासो गरे ।
· ७४ प्रतिशत अमेरिकी कोल्टे परेर सुत्दा रहेछन् । जबकी १६ प्रतिशत घोप्टो परेर र १० प्रतिशत उत्तानो परेर सुत्न गरेका र्सर्भेक्षणले देखाएको छ ।
· आधा जसो अमेरिकीले आफुले रातमा देखेको सपना बिहान उठ्दा एक चौथाइ पनि सम्भिmन सक्दैनन् । जबकी १० प्रतिशतले भने आफ्नो सपना हुबहु भन्न सक्छन् । सपना भुल्ने समस्या धेरैजसो अमेरिकीमा रहेको र्सर्भेक्षणको निष्कर्षछ ।
एउटा यस्तो अनौठो तथा मुटु नै काँप्ने खालको टेलिभिजन रियालिटी शो छ जसको नाम नै नेकेड एण्ड एफ्राइड अर्थात् नांगो र भयभित भन्ने छ । यसमा हिम्मतिला प्रतियोगीहरु जंगलको बीचमा खाना र पानीको अभावमा बाँच्छन्, ढुं
गे युगका मान्छेले झैँ सरीर नांगै राख्छन् । निकै विषालु सर्प र हिंश्रक हुँडारहरुका अगाडि उनीहरु इश्वर पुकार्दै नांगिरहेका हुन्छन् । डिस्कभरी च्यानलको यो शो को पहिलो अंकमा ६ जना सहभागीहरु पूरै जंगली अवस्थामा प्रस्तुत भएका छन् ।
प्रतियोगीहरु निकै थकित देखिन्छन् र मनको पीडा लुकाइरहन सकिरहेका छैनन् । किम शेल्टन एक महिला प्रतियोगी हुन् जसले रुखका पातले मुस्किलले वक्षस्थल छोपेकी छिन् उनको जोडीका रुपमा शेन लेविस छन् । त्यस्तै अन्य प्रतियोगीहरुमा इजे सिन्डर र केली नाइटलिंगर जोनाथन क्ले एलिसन टिल लगायतका रहेका छन् । यो टेलिभिजन शो लाई बाँच्ने चुनौतिको सगरमाथा भन्ने नाम पनि दिइएको छ ।
केटीहरुको शक्तिले लण्डनको विवाह उद्योगमा सधैँ अर्थ राख्छ। परम्परागत विवाहमा दुलहीले दुलाहालाई दिने उपहार धेरै थिए। तर यतिबेला लण्डनका केटीहरुको एउटा समूहले विवाह एजेन्सीहरुलाई केही रोचकपन थपिदिएको छ। उनीहरुले दुलाहालाई हट पोजका सामूहिक तथा एकल तस्विर उपहार दिन चाहेको बताउँदै फोटो सेसन गरेका छन्। वोर्डियर फोटोग्राफी पार्टीमा उनीहरुले दिएका पोज हेर्नोस्।


न्यूजिल्याण्डमा एक व्यक्ति अग्लो भवनको १५औं तलबाट खसे । अब उनी चिलिम फर्किए भनेर सबै आत्तिए । हातार-हतार उठाए, त्यसको केहीबेरमै उनको होस खुल्यो र फिस्स हाँसे ।
स्थानीय सञ्चारमाध्यमहरुका अनुसार बेलायती नागरिक टोम स्टिलवेल आफ्नो छिमेकीको बालकोनीबाट खसेका हुन् । उनी छिमेकीको बालकोनीको ठिक मुनी रहेको आफ्नो बालकुनीमा जाने प्रयास गर्दै थिए । छुट्टी मनाउन न्यूजिल्याण्ड पुगेका टोमको केही हड्डी भाँचिएका छन् ।
प्रहरीले टोमको अपार्टमेन्टभित्रबाट बन्द रहेकाले भन्दै १५ औं तलाको बालकुनीबाट आफ्नो बालकुनीमा हाम फाल्न खोज्दा खसेको हुन सक्ने बताएको छ ।
बताइएअनुसार केही मातेको जस्तो देखिएका टोले माथिल्लो फ्याटमा बस्ने जेराल्डाइनसँग आफ्नो बालकोनीमा जान उनको बालकोनी प्रयोगको अनुमति मागेका थिए । आफूले रोक्नु अगाडी नै टोम गइसकेको उनले बताएकी छिन् ।
बसमा लामो यात्रा गर्दा निदाउनु स्वभाविक हो । तर गुडिरहेको सवारीभित्र यसरी निदाउँदा आफुलाई सम्हालिएन भने अबस्था दयनिय पनि हुनसक्छ ।
हालै ट्वीटरमा यस्तै २१ जनाका तस्वीर राखिएका छन्, जहाँ निदाएका यात्रुहरुका बिचित्रको पोज देख्न सकिन्छ । बस र रेलमा यात्रा गरिरहेका यात्रुहरु निदाउँदा देखाएका अनौठा पोजहरु यहाँ पोष्ट गरिएको छ ।
ट्वीटरलाई अहिलेसम्म ७५ हजार भन्दा बढिले फलो गरिसकेका छन् । आउनुस हामी पनि हेरौं, निदाउँदा कस्तो हालतसम्म हुँदो रहेछ ।
महिला र पुरुषको सरीरको जैविक संरचना नै फरक हुन्छ । त्यसैले महिला र पुरुषको पिसाब फेर्ने मुद्रा पनि फरक पर्छ । पुरुषले उठेरै काम सम्पन्न गर्न सक्छन् भने महिलाले मुत्रत्याग गर्न बस्नै पर्छ । तर पुरुषले जस्तै गरी म पनि उठेरै जल उत्सर्जन गर्छु भनेर महिलाले काम सुरु गरिन् भने नतिजा अलि नरमाइलो हुनसक्छ र आफैलाई घिन लाग्नसक्छ ।
वास्तवमा प्रकृतिले दिएको यो जैविक विभेदलाई स्विकार्नुको विकल्प छैन । तर कोही महिला यस्ता रद्दी तथा जिद्दी हुँदारहेछन् उनीहरु समानताको नाममा हरेक कुरा पुरुषले जस्तै गर्न पाउनुपर्छ भन्छन् । हुँदाहुँदा ट्वाइलेटमा गएर मुत्रत्याग गर्दा पनि पुरुषले जस्तै गरी उठेरै पिसाब फेर्न पाउनुपर्ने अडान उनीहको हुँदोरहेछ ।
यस्ता जिद्दीहरुको प्रतिनिधित्व गरेकी छिन् एक जना इजरायली सुन्दरी मोडेलले । चर्चित हलिउड अभिनेता लिओनार्दो डिकार्पियोकी भुपु प्रेमिका समेत रहेकी बार राफेलीले पुरुषले पिसाब फेर्ने ट्वाइलेटमा गएर पुरुषले जस्तै गरी उभिएर पिसाब फेर्न लागेको पोज दिएर एक तस्वीर खिचाएकी छिन् अनि त्यो तस्वीर टि्वटरमा पोष्ट गरेकी छिन् । २८ वर्षे राफेलीले लेखेकी छिन, गे, लेस्वियन, बाइसेक्सुअल, ट्रान्सजेण्डर सबै समान ।
समानताको उनको यो भावनालाई सम्मान गर्नैपर्छ । तर के पुरुषले जस्तै गरी उभिएर पिसाब फेर्न पाउँदैमा महिला तथा लैंगिक अल्पसंख्यकले समानताको हक प्रत्याभुत गर्न पाउँछन् त ?
चिम्पान्जीले खिचेको एक तस्वीर झण्डै ७० लाख रुपैयाँमा बिक्रि भएको छ । रुसको मिक्की नामको एक निकै चलाख चिम्पान्जीले खिचेको तस्वीर ५० हजार पाउण्ड अर्थात् झण्डै ७० लाख रुपैयाँमा लिलाम बढाबढबाट बिक्रि भएको हो ।
मिक्कीले खिचेको मस्कोको रेड स्क्वाएरको तस्वीर बेलायतको लण्डनमा हालै लिलामीमा राखिएको थियो । मस्को सर्कसमा काम गर्ने मिक्कीलाई रुसी कलाकार विटाली कोमार र एलेक्जेन्डर मेलामिडले १९९० को दशकदेखि फोटोग्राफीको तालिम दिएका थिए ।
लण्डनमा भएको तस्वीरको लिलामीमा मिक्कीले खिचेको तस्वीर मात्र होइन मिक्कीलाई फोटोग्राफी सिकाउने दुइजना प्रशिक्षकले खिचेको मिक्कीको तस्वीर पनि समावेश थियो । मिक्कीले खिचेको तस्वीर रुसी कला संकलक किरा फ्लान्जेचले किनेका हुन् । दुर्भाग्यको कुरा के भने आफुले खिचेको तस्वीर मोटो रकममा बिक्री भएको खुसीयाली मनाउन मिक्कीले पाएन । किनकी मिक्की सन् २००७ मै परलोक भैसकेको छ ।
‘केही केटीहरु हुन्छन् जसले बलात्कारमा पर्दा मज्जा लिन्छन् ।’ यो भनाई कुनै उरेन्ठेउला युवकहरुको होइन । एकजना जिम्मेवार न्यायमूर्ति अर्थात् न्यायाधीशको हो । बलात्कारमा परेका महिलालाई न्याय दिनुको साटो उल्टै बलात्कारमा पर्नु भनेको महिलाले यौनको मज्जा लिनु हो भनेर न्यायाधीशले भनिदिए भने के होला ? यस्तै भएको छ, इजरायलमा । इजरायलको तेल अविव स्थित जिल्ला अदालतका एक न्यायाधीश आफ्नो यस्तै अभिव्यक्तिका कारण विवादमा तानिएका छन् ।
एक जना बलात्कार पीडितले आफुलाई आतंकवादबाट पीडितको रुपमा न्याय दिइयोस् भनि गरेको पुनरावेदनको सुनुवाइएका क्रममा न्यायाधीशले यस्तो भनेका हुन् । न्यायाधीश निसिम येसहायाले यस्तो भनेपछि त्यसले अदालत तथा पीडितमा सन्नाटा मात्र छाएन त्यसको प्रधानमन्त्री बेन्जामिन नेतन्नेहु तथा इजरायलको बार एसोसिएसन लगायतले घोर विरोध गरे । ती न्यायाधीशले एक जना इजरायली महिलाको मुद्दा हेरिरहेका थिए जो सन् २००७ मा १३ वर्षकी हुँदा प्यालेस्टाइनी पुरुषहरुद्धारा आक्रमण तथा बलात्कारको सिकार भएकी थिइन् । बलात्कारीहरुलाई पक्राउ गरी करणीको मुद्दा हालियो तर ती किशोरीले भने आफुलाई आतंकवाद पीडितको रुपमा मान्यता दिँदै बलात्कारीहरुलाई आतंकवादीको रुपमा मुद्दा चलाउन प्रतिरक्षा मन्त्रालयमा निवेदन दिइन् । मन्त्रालयले उनको आग्रह अस्विकार गरेपछि उनले अदालतमै अपिल गरिन् र उनको पुनरावेदनमा गएको सोमबार सुनुवाई भयो ।
बहसको क्रममा ती किशोरीका वकिलले घटनाको परिस्थितिजन्य अवस्थाको कारण उनलाई आतंकवाद पीडितको रुपमा हेरिनुपर्ने जिकिर गरेपछि न्यायाधीशले चर्को स्वरमा भनेका थिए, यहाँ केही केटीहरु छन् जो बलात्कृत हुँदा पनि मज्जा मान्छन् । संयुक्त इजलासमा एक न्यायाधीशले त्यसो भनेपछि अरु न्यायाधीश पनि केहीबेर चुप भए र इजलाशमा सन्नाटा छायो । ती न्यायाधीशले नियतवस त्यस्तो नभनी जिब्रो चिप्लिएर त्यसो भनेपछि उनी रातोपिरो भए । उनले आफ्नो वचनले पीडितलाई परेको पीडाप्रति क्षमता पनि मागे र अदालतले समेत विज्ञप्ती जारी गर्दै नियतवस त्यसो नभनिएको बतायो । ती न्यायाधीशले अवकाश पनि पाइसकेका छन् र उनलाई स्पष्टीकरण सोधिएको छ ।
आमाको दूध बच्चाको लागि सर्वोत्तम मानिन्छ । तर, एक सेलिब्रेटीले भने आफ्नो दुध बच्चाका लागि मात्र नभएर सबै परिवारका लागि प्रयोग गर्दै आएको खुलासा गरेकी छन् ।
टेलिभिजन प्रस्तोता एवम् गायिका माइलिनी क्लासले आफ्नो दूधको चिया बनाएर परिवारका सबै सदस्यलाई खुवाउने गरेको बताएकी हुन् ।
माइलिनीका अनुसार आफ्ना बुवाबाट उनले यो आदत सिकेकी हुन् । 'मेरा बुवाले सधैँ आमाको दुध हालेको चिया मात्र पिउनुहुन्थ्यो उनले भनेकी छिन् मैले पनि उहाँले सुरु गरेको परम्परा धानेकी छु ।'
आफ्नो शुद्ध दूध गिलासमा निचोरेर पनि परिवार तथा साथीहरुलाई खुवाउने गरेको माइलिनीले दावी गरेकी छन् ।
उनले यसलाई सामान्य बताएकी छन् । 'मैले सबैलाई चाख्न लगाएकी छु । यसको स्वाद अरु जनावरको दूधभन्दा फरक हुन्छ । त्यति गुलियो हुँदैन, तर मौलिक हुन्छ ।' पहिलोचोटि पिउँदा सैलाई मन नपरे पनि एक–दुईचोटी पिएपछि बानी पर्ने उनी बताउँछिन् ।
'मलाई यो कहिल्यै अनौठो लागेन । किनकि म हुर्किदाखेरि नै बुबाले अभ्यस्त बनाईसक्नुभएको थियो, हामीलाई । अहिले हाम्रो परिवारमा सबैजनाका लागि यो सामान्य हो,' माइलिनीले भनेकी छन् । ३५ बर्षीया माइलिनीका दुयृ छोरी पाँच र दुई बर्षका छन् ।
उनका बुबा ओस्कार जलसेनामा कार्यरत थिए ।
टपलेस बनेको आरोपमा तिनजना महिलाहरुलाई पक्राउ गरी मुद्दा चलाइएको विरोधमा महिला अधिकारकर्मीहरुले अर्धनग्न प्रदर्शन गरेका छन् । अफि्रकी मुलुक टयुनिसियामा अश्लीलताको आरोपमा पक्राउ गरिएका तिन जना महिलाहरुमाथि मुद्दा चलाइएको विरोधमा महिला अधिकारवादी संस्था फिमेनका कार्यकर्ताहरुले फ्रान्सको पेरिस स्थित टयुनेसियाली दुताबास अगाडि टपलेस प्रदर्शन गरेका हुन् ।
फिमेन समूहका तिन जना कार्यकर्ताहरु टयुनेसियाको न्यायालय बाहिर प्रदर्शनका क्रममा अघिल्लो महिना पक्राउ परेका थिए । ती मध्ये दुइ जना फ्रान्सेली र एक जर्मन हुन् । उनीहरुले त्यसरी प्रदर्शन गर्नुको कारण पनि आखिर त्यस्तै थियो । एक जना टयुनेसियाली महिलाले अनलाइनमा अर्धनग्न भएको आरोपमा पक्राउ गरिएपछि त्यसको विरोधमा उनीहरु न्यायालय अगाडि प्रदर्शनमा उत्रिएका थिए ।