सम्झना नेपाल
आइतबार बिहान बन्दुक भिदै उठे म
ढिँच्या ढिँच्या पारेर जंगल भित्र छिरे म
सोमबार बिहानै जनता थकाएँ
दुई चार सपुत मार्नलाई गोली पड्काएँ
मंगलबार बिहानै चर्चामा आएँ म
एकै झड्का लागिगो झन्न भएँ म
बुधबार बिहानै रिसोर्ट छिँरे है
धेरै सँग बसेँ अनि वार्ता गरेँ है
बिहिबार संसदको चुनाव लडें म
चुनाव जितें मन्त्री भएँ विदेश गएँ म
शुक्रबार बिहानै घुस खाइयो
दुइ चार वटा महल पनि यसै बनाइयो
शनिवार बिहानै सत्ता ढलिगो
मेरो प्यारो कुर्सीमा अर्कै चढि गो
यसरी नै बिते मेरा सात बार सात नि
भन जनता कस्ता रहे तिम्रा सात दिन ?
कक्षा ५, मार्वलस इङ्लिस स्कुल

हासं तिमि यसै गरि , दुख सबै हरि दिन्छु
तिमि हिड्ने बाटो भरि,फुलहरु छरी दिन्छु
अरु केहि चाह छैन , माया दिन्छु भन सधै
इन्द्रेणीको रंग चोरी,सिउदो तिम्रो भरि दिन्छु
...
सुन्को थैला हातको मैला,नासि जान्छ आखिरीमा
अमुल्य यो जिन्दगि नै, तिम्रो नाममा गरि दिन्छु
जुनी भरि यसै गरि ,,,,, साथ देउ तिमि मलाई
बादलुको घुम्टो ओडाई,क्षितिज बसाइ सरि दिन्छु
नगर्नु है संका तिमि , मेरो माया नाटक ठानी
भनि मात्र हेर तिमि , तिम्रै लागि मरी दिन्छु
रस्मिता बुढाथोकी

फुल्न नपाउदै बगैचामा,झरेको जिन्दगी यो॥
काडा माझँ घरी-घरी ,परेको जिन्दगी यो॥
पुग्न खोज्दा गन्तव्य मा पाईला खस्किदिदा
लक्ष्य पाउन हजारौ संघर्ष,गरेको जिन्दगी यो॥
रम्न खोज्दा खुशी बाड्दै घात धेरै पाएपछी
बिबश भई एक्लोपन मै,सरेको जिन्दगी यो॥
स्वार्थी छ दुनिया जान्दा जान्दै विश्वाश गर्दा
आफ्नो खुशी आफै बाट,हरेको जिन्दगी यो॥
भौतारिदैछु बिहोशी मै खुशी सबै टाढिएसी
जिउछु अब भन्दा भन्दै,मरेको जिन्दगी यो॥
रस्मिता बुढाथोकी



