मोरङ्गको राजघाटमा जन्मीएकी गायिका तथा संचारकर्मी योजना पुरी दुइओटा परीचय बोकेर हिड्न पाएकोमा मख्ख छिन । बिबिएस तेस्रो बर्षको रिजल्टको प्रतिक्षा गरी रहेकी योजना म्यानेजम्यानकी बिधार्थी भए पनि अब मास कम्युनिकेशमा मास्टर गर्ने सोचमा छिन । घरपरिवारले नर्सिङ्ग क्षेत्रमा लाग्न धेरै दवाव दिए पनि भित्रि इच्छा नभएकाले नर्सिका कुनै इन्ट्रास पास गरिनन् , जानेका प्रश्नको पनि उत्तर नलेखी बसेको बताउ छिन् । प्लस टु पढ्न थालेपछि टिउ सन फीभन्दे घरमा पौसा मागेर म्युजिक सिक्न थालीन । सानैबाट बुवा बिदेमा घरमा धेरै जनाभाइबहिनी परिवारको पहिलो सन्तान भएकाले भाइबहिनीको नेतृत्ब पनिआफै गर्नु पर्ने भएकाले मम्मीबाबालाई कन्भेन्स गराउने क्षमता राम्रो भएकाले परिबारलाइ पनि सहमतीमा ल्याइन २ बर्षको संगित सिकाइ पछि । बिभिन्न प्रतियोगितामा भाग लिदाको सफलताले गित रेक्ड गराउने रहर लागेर पहिलो दमकमा रेकड् गरिन र गित मन परेकाले दमकमौ म्युजिक भिडियो तयार भएको थियो त्यसमाकुनै रकम तिर्नु परेन तर गित रेकड् गर्दा भने मम्मीले बनाइदिएको सुनको औठी बेच्नु पर्दा अझै पनि नरमाइलो लाग्ने बताउछिन् । योजनापुरी बच्चाबेला चंचले स्वाभाबकी भए पनि टीनएज सुरु भएदेखीनिकै लजालु र गम्भीर स्वाभाकी बनिन र अहिले पनि त्यस्तै रहेकोे बताउछिन् । सानै बाट गितगाउने इच्छा भएकाले पुरा गर्ने अठोट पनि मन भित्र सजाएकाले आज पुरा भएको बताउछिन् । टीन एजमा एक जनायुबक संग प्रेम भएको तर त्यसलाई प्रेम भन्दा पनि त्योे बेला जोसगँ बाल्यो उहि मनपथ्यो रे तर बुबाले पहिलो सन्तान जस्तो भयो भाइबहिनीले त्यहि सिक्छन भन्नेकाले त्यस्तो डेटिङ्ग जाने प्रेम गरिन भन्छीन् । बोइफ्रेड छैन भन्दा, प्रेमपस्ताव राखेर हैरानै पार्छन छ भन्दा? भन्या जस्तो भेटेकी छैन हुनत आफ्नो काममा जति बेलौ ब्यस्त हुने भएकाले केहि बर्ष पछि एकै पटक बिहे गर्ने सोचमा छिन् । घरकी पहिलो सन्तान भएकाले बिहेको थुप्रौ कुरा आउएता पनि घरपरिवारलाई सम्झाने गरकी छिन तर कहिले सझाउनगारो हुने बताउछिन् । संगित क्षेत्रमा लागेको ६ बर्ष बितीसकेको छ भने रेडियोमा ३ बर्ष बिताइसकेकी छिन । ५ बर्ष अगाडी तारा लिम्बु संग मिलेर न्यु वे एल्बमल्याइन सो एल्बमबाट घरै हाम्रो..................बोलको राम्रो गितले राम्रो पब्लिसिटी पाए पनि लगानी भने नउठेको बताउछिन् । अहिले आएर मनै त हो बोलको गितले राम्रो पहिचान दिइरहेको छ र एल्बमको तयारीमा छिन निकै ब्यस्त भइरहदा कहिले काहि घरपरिवारबाट समेत गुनासो आउने बताउछिन् । चाडै एल्बम बजारमा आउने एल्बममा सन्तोश खनाल , सन्तोश दुमी,शिबराज गौतम ,दिपक दशनामी, हरी लम्साल , अजुन पोख्ररेल ,केदार धिताल , जन्म राई र राम सिटौलाको रहेने छ पचास प्रतिसतकाम सकिएको बताउ छिन् । निकैनै मिठो आवाजकीधनि योजना सबै खाले गितगाउन सक्नु पर्छ गायिका भए पछि भन्छीन् ।कलेसन एल्बममा र फिल्ममा प िनगित गाउन अनि स्टेज कायक्रमा पनि ब्यस्त छिन गायिका एबम संचारकर्मी योजना पुरी ।
आगामी साउन ३२ गतेबाट अल नेपाल रिलिज हुन लागेको फिल्म ‘महसुस’ ले फिल्मको प्रचारप्रसारका लागि नौलो काम गरेको छ । फिल्मले ट्राफिक नियमसम्बन्धी विभिन्न स्टिकरलाई राजधानीको गोंगबुस्थित नयाँ बसपार्क पुगेर सवारीसाधनमा टाँस्दै सिनेमा खेलेपछि त्यसको प्रचारका लागि नयाँ शैली अपनाएको हो ।
प्रचार अभियानमा फिल्मका नायक आर्यन सिग्देल र नायिकाद्वय केकी अधिकारी तथा बेनिशा हमालसहित निर्देशक नवल नेपाल तथा निर्माता कल्याण घिमिरे पनि उपस्थित थिए । ‘तीब्र गति जीवनको Ôति’, ‘सवारी साधन बिस्तारै हा“कौँ’ लेखिएका स्टिकरहरू कलाकारले गाडीभित्र प्रवेश गरेरै टा“सेका थिए । नेपाल यातायात मजदुर संघको सहयोगमा आयोजना भएको यो कार्यक्रमले जनतामा सचेतना जगाउन मद्दत पुग्ने निर्माता घिमिरेले बताए । ‘सामाजिक सचेतनामा सेलीब्रेटीको भूमिका पनि महŒवपूर्ण हुन्छ, ’उनले भने, ‘यसै कुरालाई मध्यनजर गर्दै हामीले पनि ट्राफिक नियमसम्बन्धी सन्देशलाई अगाडि बढाएका हौँ ।’ फिल्मका निर्देशक नेपालले सामाजिक कार्यले फिल्मप्रति दर्शकको आकर्षण बढ्ने दाबी गरे ।
आगामी अगस्ट १७ मा न्युयोर्कमा हुने मिस नेपाल युएसएको तेस्रो संस्करणमा भाग लिनका लागि अमेरिकाभरका नेपाली युवतीहरुले आफ्नो नाम दर्ता गराइरहेका छन् ।
मिस नेपाल युएसएमा भाग लिनका लागि नाम दर्ता गराउने डेडलाइन जुलाई १५ तारिख सोमबार सकिँदैछ । त्यसपछि नाम दर्ता गराएका युवतीहरुबाट अन्तिम प्रतिस्पर्धाका लागि २० जना युवतीहरुको छनौट गरिने आयोजकले जानकारी दिएका छन् ।
अमेरिकामा नेपालीहरुको संख्या बढ्दै जाने क्रममा अमेरिकामा रहेका नेपालीमूलका युवतीहरुका लागि प्लाटर्फमको रुपमा ३ वर्षअघि सुरु भएको मिस नेपाल युएसप्रति अमेरिकामा रहेका नेपाली युवतीहरुको आकर्षण बढ्दै गएकाले अडिशनका लागि पनि उत्साहजनक सहभागिता रहेको आयोजकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
'नारी सौन्दर्य साथै नारी प्रतिभाको लागि छुटै प्लेटर्फमको रुपमा मिस नेपाल युएस रहँदै आएको छ,' विज्ञप्तीमा भनिएको छ, 'यसमा १८ देखि २६ वर्षसम्मका युवतीहरुले भाग लिन पाउँछन् ।'
प्रतियोगितामा यसपटक पनि अमेरिकाका बिभिन्न राज्यहरुबाट प्रतिस्पर्धाका लागि युवतीहरुले आफूलाई दर्ता गराउने क्रम निरन्तर जारी छ भने सोमबार दर्ताको क्रम सकिने छ । तीन बर्षको अनुभव सहित यसपटक भने मिस नेपाल युएसए थप नयाा आकर्षणका साथ गर्न लागिएको छ ।
प्रतिस्पर्धीहरुलाई पूर्व मिस नेपाल माल्भिका सुब्बा र अमेरिकन चर्चित मोडल मेटीज मार्टिनिजले तालिम दिने भएकाले पनि भाग लिने युवतीहरुले निकै उत्साहित छन् । नेपालमा चर्चाको शिखरमा बस्न सफल डिजाइनर विश्व गौतमको पहिरन लगाएर प्रतिस्पर्धीहरु क्याट वाक गर्नेछन् ।
हिन्दी सिनेमाका नृत्यमा अहिले कामुक दृश्य देखाउने लहर नै चलेको छ । आफु कामुक पोज दिएर भन्दा पनि अभिनयबाट नै दर्शकहरुको माझ लोकप्रिय भएको बताउने गरेका नायिकाहरु नै अहिले अर्धनग्न किसिमका तस्बिरहरु फिल्महरुमा देखाउन हिचकिचाउँदैनन् । माधुरी दिक्षित, कट्रिना कैफ, करिना कपुर लगायतका नायिकाहरुले आफ्ना पछिल्ला फिल्महरुमा उत्तेजक र कामुक पोजहरु दिएका छन् । ए जवानी, है दिवानीमा माधुरीले देखाएको गेस्चरले त भारतीय सञ्चारमाध्यममा ठूलै चर्चा पाए ।
भर्खरै सार्वजनिक भएको लुटेरामा खुलेको सौन्दर्यताको कारण चर्चा बटुलेकी व्यस्त नायिका सोनाक्षी सिन्हाले आफूले छाला नदेखाए पनि चलचित्र चलेको दाबी गर्छिन् । उनले आफूले चलचित्र हिट बनाउान छोटा कपडा लगाउनु पर्ने आवश्यकता नभएको भन्दै कुनै पनि निर्देशक आफूकहाँ छोटा कपडा लगाउनुपर्ने खालको स्त्रिmप्ट बोकेर नआउँने दाबी गरेकी छन् ।
यिनी तिनै सोनाक्षी हुन् जसले बलिउडमा जिरो फिगरको ह्वीम चल्दा पनि आफ्नो ओजन घटाइनन् र आफ्नो मोटोघाटो शरीर पोक्चो गालाको सौन्दर्यले दर्शकलाई लठ्याइरहिन् ।
पत्रकारहरुले छोटा कपडा लगाए झनैं राम्री देखिन्थिन् कि भनेर सोधेको प्रश्नमा उनले आफूलाई छोटो कपडा लगाएर राम्री होइन्छ भन्ने कुरामा विश्वास नलागेाके प्रतिक्रिया दिएकी छन् । उनले आफूले स्कुले जीवनमा पनि छोटो स्कर्ट नलगाएको दाबी गरिन् । उनले आफूले छोटो कपडा लगाउने खालको शरीर नपाएको भन्दै निर्देशकलाई पनि त्यस्तो खालको भूमिका भएको चलचित्रको अफर नल्याउँन अनुरोध गरिन् । यी दबंग नायिकालाई सलमानले पनि पटक पटक तौल घटाउने सल्लाह दिँदै आएका छन् । तर, सुपरहिट दबंगमा अपोजित सलमानले दिएको सल्लाह भन्दा फरक मोटी लुक्समै सोनाक्षीले आफूलार्य दर्शकमाझ परिचित गराउँदै छिन् ।
'मैले छाला नदेखाएरै पनि मेरा फिल्मले राम्रो व्यापार गरिरहेका छन् । म अभिभाभवकसाग नजिक बस्ने छोरी हुँ । म दर्शकलाई सुहाउँदो भूमिका मात्र गर्छु', सोनाक्षीलाई उदृत गर्दै भारतीय मिडियाले लेखेका छन् ।
'म स्वतन्त्र व्यक्ति हुँ तर मलाई मेरो परिवारको सहयोग पनि चाहिन्छ', उनले थपेकी छन्,'म जे काम पनि आफ्नै निर्णयले गर्छु तर परिवारको सल्लाह लिन्छु ।'
बिना जिरो फिगर अहिलेकी व्यस्त नायिकाले लुटेरापछि पनि अन्य फिल्महरु पाइपलाईनमा राखेकी छन् । सोनाक्षीको यो भनाईले आफूलाई अपडेट राख्न जिरो फिगर बनाएका तर लगातार फ्लप भईरहेकाहरुको मुटुमा चस्का पसेको हुनुपर्छ ।
यसअघि ‘हेरेको हेरेकै म हुन्थे होला’ बोलको गीत गाएर चर्चा कमाएकी गायिका सहिमा श्रेष्ठ नयाँ एल्बमको तयारीमा जुटेकी छिन् । उनले नयाँ एल्बमको नाम ‘मस्ती’ जुराएको बताइन् ।
यसैबिच एल्बममा समावेश ‘मस्ती मस्ती’ बोलको गीतको छायांकनसँगै यसको चर्चा पनि चुलिएको छ । समन अधिकारीले निर्देशन गरेको यो भिडियोमा नायक जीवन लुइटेलले पनि अभिनय गरेका छन् । जीवनसँग अभिनय गर्न पाउँदा निक्कै खुशी लागेको सहिमाले बताइन् ।
विदुर पाण्डेको छायांकन, निर्मल गुरुङको नृत्य निर्देशन रहेको भिडियोमा सुपि्रया कटुवालको पनि अभिनय छ । रक शैलीको यो गीतमा रेखा पौडेलको शब्द तथा संगीत समावेश छ ।
गायिका जेसिका सिम्पसन तथा उनका पुरुष मित्र एरिक जोनसनले विवाह-बन्धनमा बाँधिने निर्णय गरेका छन्। सिम्पसन अहिले गर्भवती छिन्। गर्भमा भएको शिशु जन्मिएपछि दुवैले विवाह गर्ने योजना बनाएका हुन्। जेसिका र एरिक दोस्रो पटक आमा-बुवा बन्न लागेका हुन्। उनीहरूले यो खुसीलाई वैवाहिक समारोहमार्फत बाँड्न चाहेका छन्। एक अनलाइन पत्रिकाका अनुसार शिशु जन्मिएको करिब तीन महिनापछि उनीहरू वैवाहिक जीवनमा बाँधिनेछन्। एनएलएफका पूर्व फुटबल खेलाडी जोनसनले २०१० मा सिम्पसनका सामु विवाहको प्रस्ताव राखेका थिए। त्यसपघि सिम्पसन गर्भवती भएका कारण दुवै पटक उनले विवाहको विचारलाई स्थगित गर्नुपरेको थियो। सिम्पसनले आफ्ना पूर्व श्रीमान् निक लेससँग सन् २००५ मा डिभोर्स गरेकी थिइन्।
हालै मात्र एक कार्यक्रमका लागि अनुवन्धित भएकी मोडल फाराह अब्राहमले खुलेरै आफूलाई विकिनीमा प्रस्तुत गरेकी छिन् । आफ्नै सहकर्मीहरुको आलोचनालाई समेत मतलबै नगरी उनले आफूलाई विकिनीमा उभ्याएकी हुन् ।समुन्द्री तटमा विकिनीमा रमाउँदा उनी निक्कै खुशी देखिएकी थिइन् । एक फोटोसुटका क्रममा फाराहले आफ्नो विकिनीले बक्षस्थल नछोपेको पनि पत्तो पाइनन् ।
पोर्न स्टार सन्नी लियोनीको आगमन बलिउड नगरीमा जति चर्चाका साथमा भयो त्यती नै चर्चा उनले आज पनि बटुलिरहेकी छिन् । सन्नी लियोनीले ‘जिस्म २’ मार्फत बलिउडमा आफ्नो धमकेदार इन्ट्री मारेपछि अन्य नायिकाहरु समेत त्रसित भएका थिए ।तर अब सन्नीले आफ्ना पति डानियललाई पनि बलिउड नगरीमा भित्राएकी छिन् । काइजात गुस्ताजले निर्देशन गर्न लागेको नयाँ चलचित्रमा सन्नी र उनका पति डानियल वेभर देखिन लागेका हुन् । यस बिषयमा सन्नीले भनेकी छिन्, ‘म पहिले देखि नै डानियल बलिउडमा आउन भन्ने चाहन्थे, अब त्यो सपना पुरा भएको छ ।’
तर यो चलचित्रमा सन्नी र डानियल एकअर्काको जोडीको रुपमा भने पर्दामा देखिने छैनन् ।

शुक्रबार अर्थात असार ७ गतेबाट २ नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । जसमध्ये चलचित्र ‘अपि्रल फूल’ले केही राम्रो व्यापार गर्ने आशा गरिएको छ । बिनोद लामिछानेको निर्माणमा भद्र भुजेलले निर्देशन गरेको यो चलचित्रमा सुमिना घिमिरे, महिमा सिलवाल, बिनोद न्यौपाने, कुमार लामिछाने, मनोज लामिछाने लगायतका कलाकारको अभिनय छ ।
चलचित्रले अपि्रल फूलमा रमाइलो गर्दा निम्तने एउटा घटनालाई प्रस्तुत गरेको छ । चलचित्रमा नायिका घिमिरे र सिलवालको केही उत्तेजक दृश्य पनि देख्न सकिन्छ । यस्तै शुक्रबारबाट नै चलचित्र ‘ढुकुटी’ पनि प्रदर्शनमा आएको छ । झरना थापा, धिरेन शाक्य, पि्रया रिजाल लगायतका कलाकारले अभिनय गरेको यो चलचित्रले पैसा कमाउने लोभमा मानिस कसरी ढुकुटीमा फसिरहेको छ भन्ने कथालाई उठान गर्न खोजेको छ ।
चलचित्रले अपि्रल फूलमा रमाइलो गर्दा निम्तने एउटा घटनालाई प्रस्तुत गरेको छ । चलचित्रमा नायिका घिमिरे र सिलवालको केही उत्तेजक दृश्य पनि देख्न सकिन्छ । यस्तै शुक्रबारबाट नै चलचित्र ‘ढुकुटी’ पनि प्रदर्शनमा आएको छ । झरना थापा, धिरेन शाक्य, पि्रया रिजाल लगायतका कलाकारले अभिनय गरेको यो चलचित्रले पैसा कमाउने लोभमा मानिस कसरी ढुकुटीमा फसिरहेको छ भन्ने कथालाई उठान गर्न खोजेको छ ।
चेलिबेटी बेचबिखनको समस्याले नेपालमा जरो गाडेको लामै समय भैसकेको छ । तर यसको उचित समाधानको उपाँय अझै पनि निकाल्न सकिएको छैन । यसबिषयमा सरकारी स्तरबाट सचेतनाको कार्यक्रम पनि निक्कै कम हुने गरेका छन् । तर चलचित्रमा यस्ता बिषयलाई उठान गरेर चलचित्रकर्मीले सचेतना जगाउने प्रयास गरेका छन् ।
मनिष पन्थको निर्देशनमा तयार भएको चलचित्र ‘हाम्री चेली’ले पनि यस्तै बिषयलाई उठान गरेको छ । भदौ २१ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउँन लागेको यो चलचित्रले नेपालमा हुने गरेको चेलिबेटी बेचबिखनको बिषयलाई उठान गरेको निर्देशक पन्थले जानकारी दिएका छन् ।
बाबुराम घिमिरेको समेत निर्देशन रहेको यो चलचित्रलाई बेनिप्रसाद श्रेष्ठले निर्माण गरेका हुन् । चलचित्रमा अन्जु निरौला, शित्तल केसी, गिरीप्रसाद पुन, कुलचन्द्र पुरी, प्रदिप ढकाल, किरण चित्रकार लगायतका कलाकारले अभिनय गरेका छन् । नौतुना, देहरादुन लगायतका क्षेत्रमा छायांकन गरिएको ‘हाम्री चेली’लाई नेपाली महिलाहरुले मनपराउने विश्वास निर्माणपक्षको छ । चलचित्रमा बाबुराम घिमिरेको लेखन, मनिष पन्थको छायांकन, कस्तुप पन्त र सुरेश सेन्चुरीको संगीत छ ।
संगीत, मानव देखि जीवजन्तु सम्मलाई आनन्द दिने माध्यम । संगीतको तालमा मानिस मात्र होइन पशुपंक्षी पनि आनन्दित हुन्छन् भनिन्छ । यसैले पनि संगीतको क्षेत्रमा आकर्षण दिनानुदिन बढ्दै गएको छ । विश्व संगीत दिवसको अवसर पारेर नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना भइरहेका छन् । नेपालमा संगीतको बिषयमा चर्चा भइरहदा यसको गुणस्तर र व्यवसायिकताको बहस पनि चल्न थालेको छ । दशक अघिका गीतसंगीत अझै पनि नेपाली श्रोताको मन मस्तिष्कमा ताजै छन् । तर अहिले बनेका पप, आधुनिक या फिल्मी गीत नै किन नहुन्, खहरे खोलाको बाढी जस्तो छन् भनिन्छ ।डीजिटल प्रविधिको विकाससँगै संगीत सरल र सस्तो बनेको धेरैको तर्क छ । नेपाली संगीतका चर्चित संगीतकार शम्भुजित बास्कोटा गीतसंगीतको बिग्रदो अवस्था देखेर आफूलाई चिन्ता लागेको बताउँछन् । नेपाली श्रष्टाहरुले क्रियशनलाई भन्दा पनि प्रोफेशनलाई धेरै ध्यान दिदा संगीत विगि्रएको उनको तर्क छ । ‘पहिलेका संगीतकारहरुमा घराना बनोस् भन्ने हुन्थ्यो तर अहिले त्यो लगाव पाइदैन’, संगीतका बादशाहले भने ।
उनले आफूहरुको समयमा आएका आइटम गीत अझै पनि चर्चित भएको बताउँदै भने, ‘म प्यार बेचिदिन्छु, हाम्लाई पनि मायाले हेर’, ‘ए संगीता’ जस्ता आइटम गीतहरुमा कुनै अश्लितता थिएन तर अहिले भारतिय आइटम गीतको प्रभाव हाबी भएको छ ।’ ‘गीत भनेको कसले बनाएको हो, कसले गाएको हो सुनेरै थाहा हुनुपर्छ तर अहिले त सोध्नु पर्छ’, शम्भूजितले भने । राज्यले वास्तविक श्रष्टाहरुलाई सम्बोधन गर्ने हो भने पैसाको धाकमा यो नगरीमा आएकाहरुले केही गर्न नसक्ने संगीतका बादशाहको भनाई छ ।
संगीतकार बसन्त सापकोटा डीजिटल मार्केटको विकाससँगै श्रष्टाहरु अल्छि बनेको कुरा स्विकार गर्छन् । उनी भन्छन्, ‘अहिले गीत विगि्रयो भने पनि कप्युटरले बनाइदिन्छ, भन्ने प्रचलन बढ्दै गएको छ जसका कारण जो पनि गायक गायिका बन्न थालेका छन् ।’ आमसंचार माध्यमको बढ्दो पकड हुँदा पनि कमै मात्र गीत हिट हुनुलाई डीजिटल प्रविधिको दुरुपयोग हो भन्न सकिन्छ ।
विक्रीको हिसाबले कम भएपनि गीतसंगीत सुन्ने श्रोता बढेको तर्क धेरै श्रष्टाहरुको छ । संगीतकार सापकोटा देशमा भन्दा पनि विदेशमा बस्ने नेपालीहरुले नेपाली गीसंगीतलाई अझ महत्व दिएकाले श्रोता बढेको तर्क गर्छन् । अहिले आफूलाई मनपर्ने भन्दा पनि अरुलाई मनपर्ने गीतसंगीत बनाउनु पर्ने भएकाले पनि गुणस्तरियता घटेको धेरैको तर्क छ । अर्कोतिर अरुले भनेजस्तो गीत बनाएर छिट्टै रकम कमाउन चाहन श्रष्टाहरुको सोचका कारणले पनि संगीतको गुणस्तरियता घटेको हो ।
यता संगीतकार महेश खड्का भने राम्रो गीतले स्थान नपाएको गुनासो गर्छन् । संचारमाध्यममा आर्थिक अभावका कारण प्रचारप्रसार गर्न नसक्ने श्रष्टाहरुको गीतले स्थान नपाएको गुनासो उनको छ । खड्काका अनुसार गीतसंगीतको स्तर कमजोर भएको भन्दा पनि स्थान कम भएको हो ।
नेपाली गीतसंगीतको बजारमा पैसा लगानी गरेर गायक, गायिका, गीतकार बन्नेहरुको संख्या पनि दिनानुदिन बढिरहेको छ । डीजिटल प्रविधिलाई प्रयोग गर्दै रकम खर्च गरेर संगीत तयार हुँदा यसको गुणस्तर खस्केको धेरैको तर्क छ ।
नेपाली संगीत बजारमा पाश्चत्य गीतसंगीतको प्रभाव पनि नपरेको होइन । उसो त नेपाली बजारमा भारतिय र अंग्रेजी गीतसंगीत हाबी हुँदा नेपाली गीतसंगीत अप्ठ्यारोमा परेको भनाई केही श्रष्टाहरु व्यक्त गर्छन् । नेपाली संगीतको क्षेत्रमा निरन्तर लागेको खण्डमा जीवन धान्न गाह्रो नहुने भनाई धेरै श्रष्टाहरुले व्यक्त गरेका छन् ।
बलिउड सुन्दर नायिका माधुरी दिक्षितले एक चलचित्रमा कलाकार नासिरुद्दिन शाहसँग उत्तेजक दृश्य दिएकी छिन् । बलिउडमा आफ्नो अभिनय र नृत्यको कलाले करोडौ फ्यान पाउँन सफल माधुरीले आखिर किन यो उमेरमा उत्तेजक दृश्य दिइन् भन्ने प्रश्नले पनि सामाजिक संजालमा चर्चा पाइरहेको छ ।चलचित्र ‘डेढ इश्किया’मा माधुरीले यस्तो दृश्य दिएकी हुन् । तर चलचित्रका निर्देशक अभिषेक चौबेले मर्यादित ढंगले माधुरी र नासिरुद्दिन शाह बिचको सेक्स दृश्य छायांकन गरिएको बताएका छन् । चलचित्रको कथाले मागे पछि माधुरीको यस्तो दृश्य छायांकन गरिएको निर्देशकले दाबी गरेका छन् ।
तर दुई सन्तानकी आमा भैसकेकी माधुरीलाई नयाँ नायिका जसरी किन यस्तो दृश्यको आवश्यकता पर्यो त भन्ने चर्चा पनि चलेको छ ।
जोसमा होस नपुर्याउँदा भयानक दुर्घटना हुनसक्छ । हालै मेक्सिकोमा यस्तै भएको एउटा पुल पार्टीमा । युवा युवतीहरु गीत संगीतका साथ पुल पार्टीमा रमाइरहेका थिए । कोलाहलयुक्त गीत संगीतले नपुगेपछि थप रमाइलो गर्न र माहोललाई धुँवादार बनाउन पानीमा नाइट्रोजन हाले ।
तर, पानीमा नाइट्रोजन हालेपछि एक युवती कोमामा छिन् भने ८ जनालाई अस्पताल भर्ना गरिएको छ । घटना मक्सिकोमा लिओनमा भएको हो । पुल पार्टीमा युवा युवतीहरु रमाइरलेका बेला चार बाटा झोल नाइट्रोजन हालिएको थियो । नाइट्रोजन पानीको सम्पर्कमा पुग्नासाथ पौडिरहेका युवा युवतीहरु हेर्दा हेर्दै लत्र्याकलुत्रुक परे र पानीमै लडे ।
साथीहरुले हतार हतार अस्पताल पुर्याएका कारण मानवीय क्षति भने नभएको बताइएको छ । घटनाबारे अधिकारीहरुले छानविन थालेका छन् । पार्टीमा झण्डै २ सय युवा युवती रमाइरहेका थिए ।
मंगलबारबाट सुरु भएको ‘तेश्रो नेपाल अफ्रिका फिल्म महोत्स’ले दर्शकको माया राम्रैसँग पाइरहेको छ । अफ्रिकन देशहरुको भाषा र शैली बुझ्न चाहने दर्शकका लागि यो महोत्सव राम्रो अवसर पनि बनेको छ । राजेश हमालले उद्घाटन गरेको महोत्सवमा १३ वटा लामा र छोटा चलचित्र प्रदर्शन भइरहेका छन् ।महोत्सवमा नेपालका २ र ११ वटा अफ्रिकी महादिपका सिनेमा प्रदर्शन गरिने आयोजकले जानकारी दिएको छ । महोत्सवमा केन्या, युगान्डा, रुवान्डा, नाइजेरिया ,जाम्बियाका सिनेमाहरु प्रदर्शन भइरहेका छन् । बिहिबार सम्म चल्ने महोत्सवमा हरेक दिन बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म सिनेमा प्रदर्शन गरिनेछ ।
‘मायाज बार’बाट डेब्यू गरेका नायक गजित बिष्ट अहिले आफ्नो नयाँ चलचित्र ‘लभ फरेभर’को प्रचारमा सक्रिय छन् । जेठको अन्तिम सातामा प्रदर्शनमा आएको ‘सुपारी’ले कुनै कमाल मच्चाउँन नसकेपछि गजित ‘लभ फरेभर’कै आशमा छन् । तर चलचित्रमा समावेश उनी र नायिका सुमिना घिमिरे बिचको उत्तेजक दृश्यले चर्चा पाएपछि उनलाई पर्नु पिर परेको छ ।चलचित्र ‘लभ फरेभर’लाई सेक्स केन्दि्रत भनेर दर्शकले वुझेपछि गजितलाई आपत्त परेको हो । गजित भन्छन्, ‘चलचित्रमा सेक्स मात्र छैन अन्य धेरै कुरा पनि छन् ।’ उनले चलचित्रमा आफूले रियल स्टन्ट गरेको दाबी पनि गरे । ‘यो चलचित्रमा मैले निक्कै मिहिनेत गरेको छु’, गजित भन्छन् ।
उनले चलचित्रमा समावेश द्वन्द्वको दृश्यमा आफूले वायर, म्याट, स्पि्रङ बोर्ड केही पनि प्रयोग नगरेको बताए । असार १४ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रलाई शंकर आचार्यले निर्देशन गरेका हुन् । चलचित्रमा नायक निरज बराल, राज आचार्यको पनि अभिनय छ ।
शंकर आचार्यको निर्देशनमा तयार भएको चलचित्र ‘लभ फेरभर’को चर्चा अहिले चुलिएको छ । असार १४ गतेबाट प्रदर्शनमा आउन लागेको यो सिनेमाको गीत र प्रोमोले निक्कै चर्चा पाएको छ । चलचित्रमा नायिका सुमिना घिमिरेको उत्तेजक हाउभाउले पनि धेरैको ध्यान खिचेको छ ।निर्देशक आचार्य आफ्नो सिनेमा चल्नेमा ढुक्क छन् । ‘तितो सत्य’बाट हिट भएका बालकलाकार राज आचार्यले बनाएको ‘लभ फरेभर’मा निरज बराल र गजित बिष्टको पनि अभिनय छ ।
चलचित्रमा समावेश ‘यो रात’ बोलको गीतले चर्चा पाएपछि हौसिएका निर्देशक आचार्यले अर्को उत्तेजक गीत पनि सार्वजनिक गरेका छन् । ‘लिउ मज्जा लिउ मज्जा’ बोलको गीतमा निरज बराल र सुमिना घिमिरेको नृत्य हेर्न सकिन्छ । ‘दुलही’ सिनेमाबाट साधारण युवतीको भूमिकामा देखिएकी नायिका घिमिरे अहिले चलचित्रको पर्दामा निक्कै खुलेको देख्न सकिन्छ । चलचित्र क्षेत्रमा टिक्नका लागि कतिपयले यस्ता दृश्यको साहारा पनि लिने गरेका छन् ।
कामसुत्र थ्रीडीका कारण चर्चा रहेकी बलिउड हिरोइन सर्लिन चोपडाले आफ्नी आमाको इच्छाअनुसार बिहे गर्न तयार भएको बताएकी छिन्। दैनिक भास्कर पत्रिकासँग कुरा गर्दै उनले आमाको इच्छा पूरा गर्न बिहेका लागि राजि भएको बताइन्। भनिन्, 'मैले मलाई सुहाउँदो केटा खोज्नुस् भनिसकेँ।'
भर्खरै कान्स फिल्म फेस्टिवल पुगेर फर्केकी सर्लिन त्यहाँ पनि कम चर्चामा रहिनन्। पापाराजीहरुको बीचमा पनि उनी आत्तिनन् र पोज पोजमा फोटो खिच्न सघाइन्।
प्ले व्वायका लागि नाङ्गो तस्बिर खिचेर चर्चित बनेकी उनी कामसुत्रका कारण थप चर्चामा रहिन्। कामसुत्रमा यौन संशर्ग कसरी गर्ने भन्ने सिकाउने हिरोइनले बिहेका लागि केटा खोज्न भने आमालाई जिम्मा दिइछिन्। कुरो अल्ली नसुहाउने भएन र?
बलिउडमा पोर्न स्टारहरुको आगमन हुने क्रम रोकिएको छैन । सन्नी लियोनीले आफ्नो स्थान सुरक्षित गर्न अझै पनि संघर्ष गरिरहेकी छिन् ।
अब सन्नीलाई चुनौती दिदै अर्की एक पोर्न स्टार बलिउडमा आउँदैछिन् । प्रिया अंजली राय नाम गरेकी यि पोर्न स्टार भारतिय मुलकी हुन् ।
प्रियाले २९ बर्षको उमेरदेखि पोर्न मुभि खेल्न थालेकी हुन् । अमेरिकामा रहेकी प्रियाले ग्रुप सेक्समा अवार्ड समेत पाइसकेकी छिन् । प्रियाको आमगन हुने खबरसँगै अर्की पोर्न स्टार सन्नी लियोनीले आफुलाई असुरक्षित महशुश गर्न थालेको बताइएको छ ।
प्रियालाई एक चर्चित म्यागेजिनले एक सय हट पोर्न स्टारको सुचिमा पनि राखेको छ । आर्थिक अवस्था खासै राम्रो नभएपछि प्रियाले यो पेशा अपनाएको बताइएको छ ।
यति मात्र होइन प्रियाले उत्कृष्ट बक्षस्थलको लागि पनि अवार्ड जितेकी छिन् । उनी बलिउडमा कुन सिनेमा मार्फत प्रवेश गर्दैछिन् भन्ने बिषयमा अझै खुलाइएको छैन । तर भारितय संचारमाध्यहरुले प्रिया बलिउडमा आउन पाउँदा निक्कै खुशी रहेको बताएका छन् ।
अब सन्नीलाई चुनौती दिदै अर्की एक पोर्न स्टार बलिउडमा आउँदैछिन् । प्रिया अंजली राय नाम गरेकी यि पोर्न स्टार भारतिय मुलकी हुन् ।
प्रियाले २९ बर्षको उमेरदेखि पोर्न मुभि खेल्न थालेकी हुन् । अमेरिकामा रहेकी प्रियाले ग्रुप सेक्समा अवार्ड समेत पाइसकेकी छिन् । प्रियाको आमगन हुने खबरसँगै अर्की पोर्न स्टार सन्नी लियोनीले आफुलाई असुरक्षित महशुश गर्न थालेको बताइएको छ ।
प्रियालाई एक चर्चित म्यागेजिनले एक सय हट पोर्न स्टारको सुचिमा पनि राखेको छ । आर्थिक अवस्था खासै राम्रो नभएपछि प्रियाले यो पेशा अपनाएको बताइएको छ ।
यति मात्र होइन प्रियाले उत्कृष्ट बक्षस्थलको लागि पनि अवार्ड जितेकी छिन् । उनी बलिउडमा कुन सिनेमा मार्फत प्रवेश गर्दैछिन् भन्ने बिषयमा अझै खुलाइएको छैन । तर भारितय संचारमाध्यहरुले प्रिया बलिउडमा आउन पाउँदा निक्कै खुशी रहेको बताएका छन् ।