विवाहअघि भएको बलात्कारबाट गर्भ बोकेकी बाराकी एक युवतीको बिचल्ली भएको छ । विवाह गरेको केही महिनामा नै गर्भ बोकेको थाहा भएपछि बारा पटेर्वा–२ की ती युवती घरबाट निकालिएकी थिएन् । घरबाट निकालिएपछि माइत बस्दै आएकी उनले यही साउन ७ गते छोरीलाई जन्म दिएकी छिन् । विवाहअघि शम्भु साहका छोरा अजयबाट २०६९ साल कात्तिकदेखि आफू पटकपटक बलात्कृत हुदै आएको उनी बताउँछिन् ।
विसं. २०६९ माघ १८ गते बसवरियाका एक युवकसँग विवाह बन्धनमा बाँधिएकी उनले आफूलाई घरमा एक्लै भएको मौका छोपी अजयले बलात्कार गरेको बताइन् । कसैलाई भनिस् भने तेरो सबै परिवारलाई मारिदिन्छु भन्दै धम्की दिएर पटक–पटक बलात्कार गर्ने गरेको उनले सुनाइन् । धम्कीकै कारण आफूले बलात्कारबारे कसैलाई भन्न नसकेको उनी बताउँछिन् ।
उनी अहिले न्याय खोज्दै प्रहरीमा पुगेकी छिन् । लामो समय घटनालाई लुकाउँदै आएकी उनले घरबाट निष्कासित हुनुपरेपछि आफ्नो बच्चालाई न्याय र अधिकार दिलाउन प्रहरीमा पुगेको बताइन् । उनले साउन १० गते इलाका प्रहरी कार्यालय सिम्रौनगढ र जिल्ला प्रहरी कार्यालय बारामा बलात्कार गर्ने अजयविरुद्ध किटानी जाहेरी दिएकी छिन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उत्तमप्रकाश बरालले अजयका विरुद्ध उनले यौनशोषण गरेको किटानी जाहेरी दिएको पुष्टि गर्नुभएको छ । जाहेरीका आधारमा अजयलाई नियन्त्रणमा लिएर छानबिन गर्न इलाका प्रहरी कार्यालय सिम्रौनगढलाई पत्राचार गरिएको बरालले जानकारी दिनुभयो ।
पीडकविरुद्ध प्रहरीमा जाहेरी परेपछि घटनालाई गाउँमै मिलाएर अपराधी उम्काउन षडयन्त्र सुरु भएको छ । घटनालाई गाउँमा नै मिलाउनुपर्छ भन्दै स्थानीय केही अगुवा र अजयका काका हरेन्द्र क्रियाशील भएका छन् । घटनालाई ढाकछोप गर्नका लागि गाउँमा पञ्चायत गरी केही रकम लिएर मिलापत्र गर्न दबाब आएको ती युवतीका बाबुको गुनासो छ । घटनालाई गाउँमै मिलाउन दबाब दिँदै आएका स्थानीय मधुसूधन कलवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशोरकुमार उपाध्यायले सोधपुछका लागि मधुसूधनलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशोरकुमार उपाध्यायले यौनशोषण गर्ने युवकको खोजतलास भइरहेको बताउनुभयो । ने
एकीकृत नेकपा माओवादीका नेता डाक्टर बाबुराम भट्टराईले पूर्व राजा ज्ञानेन्द्रलाई राष्ट्रपति बनाउने प्रस्ताव राखेको स्वीकार गर्नुभएको छ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले सांस्कृतिक राजा राख्ने प्रस्ताव भट्टराईले गरेको बताएपछि भट्टराईले त्यसको खण्डन गर्दै ज्ञानेन्द्रलाई राष्ट्रपति बनाउने प्रस्ताव गरेको बताउनुभएको हो ।
थापासँग युद्धकालमै भेट भएको र लामो कुरा भएको स्वीकार्दै भट्टराईले अर्ध सत्य कुरा गरेर भ्रम छर्न खोजेको आरोप लगाउनुभएको छ । राप्रपा नेपालका अध्यक्ष थापाले भने जस्तै नेपालगञ्जका तत्कालीन नगर प्रमुख धवल शमशेर राणासँगको घरमा भेटवार्ता भएको भने भट्टराईले स्वीकार गर्नुभएको छ ।
‘कमल थापा मेरा कलेजका सहपाठी र राम्रै चिनजानका मान्छे भएकाले औपचारिक वार्ता भन्दा पहिले नै उनी मार्फत ज्ञानेन्द्र समक्ष हाम्रो प्रस्ताव फेरि एकचोटी पठाउनु उपयुक्त ठान्यौ ।’
आफ्नो फेसबुकमा भट्टराईले भन्नुभएको छ ‘धवलशमशेर राणाको घरमा कमल थापा र मेरो लामो कुराकानी भएको हो । त्यहाँ मैले पार्टीको घोषित नीति अनुसार ज्ञानेन्द्र नेपाली सिंहानुक बन्न तयार भएमा उनलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बनाउन सकिने प्रस्वाव गरें ।’
तर कुराकानीमा थापाले संवैधानिक राजतन्त्र मानिदिन आग्रह गरेकोले कुरा नमिलेको भट्टराईले उल्लेख गर्नुभएको छ । आफूहरु सांस्कृतिक राजा वा बेबी किङको पक्षमा नरहेको भट्टराईले उल्लेख गर्नुभएको छ ।
कुटपिट गरेर पत्नीको गर्भ तुहाउने, ढाड भाँच्ने र गाला टोकेर घाउ बनाइदिने पति साबिरलाई बाँके जिल्ला अदालतले ६ महिना कैद, २५ हजार जरिवाना र ७५ हजार क्षतिपूर्ति फैसला सुनाएको छ ।
घरेलु हिंसा घटनामा अदालतले पहिलोपटक यस्तो फैसला गरेको हो । न्यायाधीश शेखरप्रसाद पौडेलको सोमबारको इजलासले पत्नी तरुनमबानो हल्वाईलाई गर्भ तुहाउने गरी कुटेर शारीरिक तथा मानसिक यातना दिने नेपालगन्ज ८ का साबिरअली हल्वाईलाई अदालतले उक्त सजाय सुनाएको हो ।
पीडकलाई कैदसहित जरिवाना र क्षतिपूर्ति तिराउने गरी भएको फैसला बाँकेमा पहिलो भएको अदालतका फौजदारी मुद्दा फाँटका अधिकृत इन्द्र कार्कीले बताए । ०६९ पुस ८ गते राति साबिरले पन्युले कुटेर भित्ता ठोक्काउँदा तरुनमको टाउको फुटेको थियो । उपचारका क्रममा उनको टाउकोमा ५ वटा टाँका लगाएको छ ।
त्यसअघि पतिले कुटपिट गर्दा पेटमा चोट लागेर गर्भ तुहिएको पीडितले बताइन् । उनको ढाड पनि भाँचिएको छ । कुटाइपछि साबिरले भाग्ने डरले घरमै थुनेर यातना दिने गरेको तरुनमले बताएकी छन् ।
'यसले (साबिर) गालामा टोकेर घाउ बनाइदिन्थ्यो । रातभरि कुटेर राख्थ्यो । कुटाइले मेरो शरीर कमजोर भएको छ,' उनले भनिन् । पतिको चरम यातना सहन नसकेपछि उनी नेपालगन्ज ६ पुल्टेक्रास्थित माइती आएकी छन् । हाल उनी दुई छोरासहित माइतीमै बस्छिन् । गर्भ तुहाउने र ढाड भाँचिने गरी पतिले दिएको यातनाविरुद्ध तरुनमले ०६९ पुस ११ गते जिल्ला प्रहरी, बाँकेमा उजुरी दिएको कानुनी सहयोग गर्दै आएकी अधिवक्ता पुनम श्रेष्ठले बताइन् ।
उजुरीपछि प्रहरीले पति-पत्नीबीच मेलमिलाप गराउन दुईपल्ट छलफल गराए पनि मिल्न नसकेपछि मुद्दा दायर गरेको उनले बताइन् । 'पतिको यातना चरम थियो । त्यसैले उनले प्रहरीमा नमिलेर अदालत आउने साहस गरेकी हुन्,' अधिवक्ता श्रेष्ठले भनिन्, 'अदालतबाट सकारात्मक फैसला आएको छ । छिट्टै कार्यान्वयन होस् ।'
तरुनम र साबिरबीच ०५५ मा विवाह भएको थियो । त्यसको एक/दुई वर्ष राम्रै गरी राखे पनि पछि पतिले दैनिक यातना दिने गरेको पीडितले बताइन् । घटनापछि साबिर फरार रहेको प्रहरीले जनाए ।
घरेलु हिंसाका घटनालाई समाजमा मिलाउने परम्पराका कारण नियन्त्रण हुन सकेको छैन । तरुनमको घटनामा पनि दुईपल्ट मिलापत्र गर्ने प्रयास गरिएकै हो । कानुनले पीडित व्यक्तिको सुरक्षा र सेवा केन्द्रको व्यवस्था गर्न भने पनि व्यवहारमा कार्यान्वयन नहुँदा हिंसाका घटनालाई पीडितले बाहिर ल्याउन मान्दैनन् । यही कारण हिंसाका उजुरी निकै कम दर्ता हुने गरेका छन् ।
मेलम्ची नदीको दैनिक करिब साढे आठ करोड लिटर पानी प्रशोधन गर्ने गरी सुन्दरीजलमा निर्माण गर्न लागिएको पानी प्रशोधन केन्द्र निर्माण गर्न अस्टि्रयाली कम्पनी छनोट भएको छ । सहरी विकास मन्त्रालयका अनुसार ग्लोबल टेन्टर मार्फत छनोट गरिएको कम्पनीमा अस्टि्रयाको भा टेक वाबाग लिमिटेड रहेको छ । सोही कम्पनीमा प्रतिभा इन्डस्टि्रज लिमिटेड भारतको साझेदारी रहेको छ ।
छनोटमा परेका ती कम्पनी र मेलम्ची खानेपानी विकास समितिबीच निर्माण कार्यसम्बन्धी आज यहाँ आयोजित कार्यक्रममा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुरुप सो कम्पनीले २७ महिनाको अवधिमा पानी प्रशोधन केन्द्र निर्माण गरिसक्नुपर्नेछ ।
सो कम्पनीले केन्द्र निर्माणका निम्ति करिब चार अर्ब २० करोड बोलकबोल गरेको थियो । समितिका कार्यकारी निर्देशक कृष्णप्रसाद आचार्य र कम्पनीका तर्फबाट एस नटराजले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । सो कार्यक्रममा सहरी विकासमन्त्री छविराज पन्तले नेपाल सरकारले उच्च प्राथमिकता दिएको मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्न सरकारका तर्फबाट सबै काम समयमै सम्पन्न गर्दै आएको जानकारी गराउनुभयो । उहाँले आयोजनालाई सहयोग गर्न स्थानीय समुदायलाई आग्रह पनि गर्नुभयो ।
मुख्यसचिव लीलामणि पौडेलले राजधानीवासीको अपेक्षाअनुरुप आयोजनाले आफ्ना काम समयमै सम्पन्न गर्न ध्यान दिने विश्वास व्यक्त गर्नुभयो । सहरी विकास मन्त्रालयका सचिव किशोर थापाले आयोजनाको अर्काे महत्वपूर्ण पक्षको रुपमा रहेको मेलम्चीको सुरुङ खन्ने कार्यसम्बन्धी सम्झौता पनि आगामी हप्ता हुने जानकारी दिनुभयो ।
आगामी २०७३ वैशाख १ गतेसम्ममा उपत्यकावासीलाई मेलम्चीको पानी उपलब्ध गराउने सहरी विकास मन्त्रालयले लक्ष्य लिएको छ । एसियाली विकास बैंक, जापान सरकारलगायत विभिन्न दातृ समुदायको आर्थिक सहयोग प्राप्त हुँदै आएको सो आयोजना आगामी तीन वर्षभित्र सम्पन्न गर्न सहरी विकास मन्त्रालयले नयाँ समयसीमा निर्धारण गरेको छ । यद्यपि सन् २००१ देखि नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको मेलम्ची खानेपानी आयोजनालाई सन् २००७ भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । रासस
विद्युत् प्राधिकरणले प्रसारणमा अनियमितता गर्दा यहाँ आइतबारमात्रै १५ पटक लोडसेडिङ भएको छ । दिनभर विद्युत् आउने/जाने गर्दा शनिबार पनि उपभोक्ता हैरान थिए । समूह १ अन्तर्गत नारायणगढ क्षेत्रमा साँझ १५ पटक लाइन काटिएको थियो ।
प्राधिकरणले भरतपुर, गैंडाकोट, चनौली, पर्सा क्षेत्रमा समेत १० पटकभन्दा बढी लाइन काटेको हो । नारायणगढ जानकीचोकमा रूखको हाँगा अल्झेर निकाल्दा प्रसारण अवरुद्ध भएको जवाफ प्राधिकरणले दिएको छ ।
केही दिनदेखि अनियमित रूपमा बिजुली जाने/आउने गर्दा यहाँका उपभोक्ता हैरान परेका छन् । उद्योग, कलकारखाना, कम्प्युटर व्यवसायी, सञ्चार क्षेत्र सातादेखि सबैभन्दा बढी मर्कामा परेका छन् । चट्याङ पर्दा मात्र बन्द गर्ने बिजुली झरी सुरु हुनेबित्तिकै काटिन्छ ।
आइतबार कति पटकसम्म लोडसेडिङ भयो भन्ने विषयमा 'नो लाइट' का कर्मचारी अनभिज्ञ थिए । '१५/२० पटक गयो होला हजुर, हिसाब राखेका छैनौं,' एक कर्मचारीले बताए । ग्राहकले बिजुली कतिबेला आउँछ भनेर २४ घन्टा सोधेर हैरान पारेको दुखेसो पोखे ।
प्राधिकरणको प्राविधिक शाखाको गैरजिम्मेवारीपनले अनियमित विद्युत् काटिएको ग्राहकले गुनासो गरे । बजारमा तारको भद्रगोल अवस्था, पहुँचका आधारमा लाइन वितरण, परिपक्व ढंगले तार टाग्ने काम नगर्दा विद्युत् अवरुद्ध हुँदै आएको छ ।
'विद्युत् जाने/आउने सूचना नपाउँदा ग्राहकलाई ठूलो मर्का परेको छ, नागरिक न्यायिक उपभोक्ता मञ्चका जिल्ला अध्यक्ष प्रकाश पन्तले भने, 'वर्षा लाग्नेवित्तिकै सधंैभरि प्राधिकरणले यस्तै हैरानी दिँदै आएको छ ।' यसले उद्योग, कलकारखानाको उत्पादनलाई चौपट पार्ने उनले बताए ।
समस्या अझै केही व्यहोर्नुपर्ने प्राधिकरण कर्मचारी बताउँछन् । ११ हजार केभी प्रसारण लाइनको तारमुनि परेको लाइन बिस्तारले समस्या बनाएको गुनासो गरे । 'तार व्यवस्थापन मिलाउन नसक्दा लोडसेडिङ अनियमित भएको हो,' प्रधिकरण भरतपुर शाखा प्रमुख उमेशकुमार झाले भने, 'ग्रामीण क्षेत्रमा बिस्तार गरिएको लाइन मर्मत समस्या बल्झिएको हो ।'
सबै रेकर्ड तोडेर अमेरिकी डलरको मूल्यले ९८ रुपैयाँ छोएको छ । वाणिज्य बैंकले आइतबार १ डलरको कारोबार औसत ९७ रुपैयाँ ६९ पैसामा गरेका छन् । नेपालमा खासै चर्चा नभए पनि डलरको बढ्दो मूल्यले भारतमा हल्लीखल्ली भएको छ ।
डलरको मूल्य भारतमा ६१ रुपैयाँ २१ पैसा पुगेपछि बजारलाई सान्त्वना दिन सरकारले प्रधानमन्त्री मनमोहन सिंहले यस विषयमा छलफल गर्ने विज्ञप्ति जारी गरेका छन् । सँगै रिजर्भ बैंक अफ इन्डियाले डलरका सबैभन्दा बढी खपतकर्ता तेल आयात गर्ने कम्पनीसँग छलफल अघि बढाएको छ । अमेरिकी डलरको मूल्य भारतीय ६३ रुपैयाँसम्म पुग्ने प्रक्षेपण सार्वजनिक भएका छन् । त्यस्तो भए नेपालमा १ डलर खरिद गर्न १ सय रुपैयाँभन्दा बढी बुझाउनुपर्ने छ ।
भारतसँग रहेको स्थिर विनिमय दरका कारण डलरको मूल्य दुवै मुलुकमा सँगसँगै तलमाथि हुने गर्छ । भारतीय रिजर्भ बैंकले आइतबार बजारमा केही डलर बिक्री गरेपछि मूल्यले ६२ रुपैयाँ छुन पाएन । यसरी भारतमा गरिने हस्तक्षेपको असर नेपालको डलर मूल्यमा पनि पर्छ । नेपालले भने मूल्यलाई नियन्त्रण गर्न कुनै कदम चाल्न सक्दैन । 'स्थिर विनिमय दर र भारतीय रुपैयाँको अवमूल्यनका कारण नेपालमा पनि डलर महँगो भएको हो,' राष्ट्र बैंकका प्रवक्ता भाष्करणमी ज्ञवालीले भने, 'हामीले पछिल्लो अवस्था नजिकबाट हेरिरहेका छौं ।'
भारतले मूल्यलाई बढ्न नदिन डलर बिक्री गर्ने गरे पनि नेपालमा यस्तो काम सम्भव हुँदैन । डलरको सीमित उपलब्धता र भारतसँग रहेको खुला सिमानाका कारण राष्ट्र बैंकले बजारमा हस्तक्षेप गर्न सक्दैन । 'हामीले डलर बिक्री गरेर थेग्न सक्दैनौं,' राष्ट्र बैंकका एक पूर्वअधिकारीले भने, 'खुला सिमानाका कारण तस्करी भएर भारत जाने भएकाले यो असम्भव हुन्छ ।'
अमेरिकी अर्थतन्त्रमा आएको सुधारसँगै डलरको मूल्य बढ्ने क्रम सुरु भएको हो । भारतमा लगानी गर्ने विदेशी कम्पनीले आफ्नो रकम झिकेर अमेरिका लैजाने थालेपछि भारतमा डलरले नयाँ नयाँ रेकर्ड बनाइरहेको छ । यसबाहेक मूल्य बढ्ने क्रमसँगै बजारमा डलरको माग पनि चुलिएको छ । जसलाई कम गर्न विभिन्न कदम सरकारले चालिसके पनि असर देखिएको छैन ।
डलरको मूल्य बढ्दा निकासी गर्ने उद्योगको फाइदा बढ्ने गर्छ । नेपालबाट पनि तेस्रो मुलुकमा वस्तु निर्यात गर्नेलाई डलरको मूल्यबाट दोहोरो फाइदा भएको छ । सरकारले यस्ता निर्यातकर्तालाई २ देखि ४ प्रतिशत निर्यात अनुदान दिँदै आएको छ । अन्तर्राष्ट्रिय बजारमा पस्मिना, गार्मेन्ट, गलैंचा, चियाकफी जस्ता उद्योगको प्रतिस्पर्धात्मक क्षमता पनि डलरका कारण बढेको छ । विदेशी लगानीकर्ताका लागि भने डलर बढ्नु फाइदाजनक हो । यस्तो समय विदेशी पुँजी भित्रिने सम्भावना बढी हुन्छ ।
आयात गर्नेलाई भने बढेको डलरले तनाव बढाएको छ । वस्तु आयात गर्नेले डलरका कारण बढेको लागत ग्राहकलाई थोपर्ने हुँदा मूल्यवृद्धि चुलिने देखिएको
छ । 'आगामी आर्थिक वर्षको सुरुवातबाटै डलरका कारण मूल्य वृद्धिमा चाप देखिने छ,' एक अर्थविद्ले भने, 'पछिल्लो दुई महिनादेखि बढ्दै गएको डलरले बजारमा असर देखिन थालेको छ ।' आयात हुने वस्तुसँगै कच्चा पदार्थको मूल्य पनि चुलिएर महँगीमा थप चाप पर्छ । भारतबाट आउने वस्तुको मूल्य पनि बिस्तारै बढ्दै जाने छ । डलरको मूल्यले आयल निगमको घाटा महिनैपिच्छे चुलिँदै गएको छ । योसँगै सरकारले विदेशी मुद्रामा लिएको ऋण पनि बढ्न थालेको छ ।
कुनै पनि मुलुकको मुद्रा अवमूल्यन हुनुमा सबैभन्दा धेरै आन्तरिक कारणले असर गरेको हुन्छ । नेपालमा भने भारतीय प्रभाव परेको हो । मुद्रा अवमूल्यन हुनमा निर्यातबाट कमाएको भन्दा बढी आयातमा खर्च हुनु, रोजगारी र प्रतिव्यक्ति आय घट्नु र अन्तर्राष्ट्रिय बजारमा स्थानीय मुद्राको माग घट्नु कारक हुन्छन् ।
भारतीय विदेशमन्त्री सलमान खुर्सिद मंगलबार बिहान नौ बजे काठमाडौं आइपुग्दैछन् । नौ सदस्यीय प्रमण्डलको नेतृत्व गरेर आउन लागेका खुर्सिदले साढे नौ बजे सिंहदरबारस्थित मन्त्रालय भवनमै नेपाली समकक्षी माधव घिमिरेसँग द्विपक्षीय वार्ता गर्नेछन् । लगत्तै अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र राष्ट्रपति रामवरण यादवसँग शिष्टाचार भेट गर्ने छन् । अचानक भ्रमण समय छोटिएकाले खुर्सिदले राजनीतिक दलका शीर्ष नेताहरूसँग चाहिँ कसिकसाउपूर्वक भेट्नुपर्ने भएको छ । शीर्ष नेताहरूसँग भेटघाटका लागि द्वारिकाज होटलमा दिउँसो साढे दुई बजेदेखि साढे दुई घन्टाकै लागि समय 'बुक' गरिएको छ । बेलुकी पौने छ बजे उनी फिर्ने छन् । उनलाई भेट्नकै लागि भनेर पत्नीको उपचारका लागि भनेर सिंगापुर गएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल त्यहाँको बसाइँ छोट्याएर मंगलबार मध्याह्न स्वदेश फिर्दैछन् ।
![]() |
| देवेन्द्र भट्टराई |
सुरुमा दुई दिने भ्रमण भनिएकोमा 'कार्यव्यस्तताको कारण' देखाउँदै एक दिनमै भेटघाटको तालिका टुंग्याउने गरी भारतीय विदेशमन्त्री सलमान खुर्सिद मंगलबार बिहान काठमाडौं उत्रँदैछन् ।
भारतीय विदेश मन्त्रालयमा प्रभावशाली मानिने सहसचिव एवं प्रवक्ता साइद अकबरुद्दिन, नेपाल-भुटान मामला हेर्ने सहसचिव अखिलेश मिश्रसहितको टोली लिएर मन्त्री खुर्सिद विशेष विमानबाट मंगलबार बिहान ९ बजे काठमाडौं विमानस्थल उत्रनेछन् । साउथ ब्लक स्रोतका अनुसार विदेश सचिव रन्जन मथाईसमेत यो भ्रमण टोलीमा सहभागी हुने भनिए पनि उनी हाल म्यानमार भ्रमणबाट नफिरेकाले भ्रमणमा सामेल छैनन् । मंसिरमा हुन लागेको संविधानसभा निर्वाचनमा राजनीतिक दलको 'समर्थन, सद्भाव र सहभागिता' आवश्यक रहेको दिल्ली सन्देश लिएर विदेशमन्त्री खुर्सिद काठमाडौं जान लागेको विदेश मन्त्रालयका एक उच्च अधिकारीले भने । अत्यन्तै छोटो तयारीका बीच हुन लागेको भ्रमणमा कुनै सम्झौतामा हस्ताक्षर नहुने तथा विशुद्ध सद्भाव भ्रमणका रूपमा यसलाई लिइदिन सोमबार अपराह्नमात्रै विदेश मन्त्रालयका पदाधिकारीहरूलाई अवगत गराइएको थियो । विदेशमन्त्रीको हरेक भ्रमणलाई मन्त्रालयले आफ्नो वेबसाइटमा उल्लेख गर्ने गरेको भए पनि नेपालमा हुन लागेको भ्रमणबारे सोमबार रातिसम्म औपचारिक रूपमा कुनै सूचना सार्वजनिक गरिएको छैन । दिल्लीस्थित नेपाली दूतावास पनि खुर्सिदको भ्रमण तालिकाबारे अनविज्ञ छ । दूतावासमा कार्यवाहक राजदूत रहेका सहसचिव खगनाथ अधिकारी विदेशमन्त्री खुर्सिदको स्वागतका लागि भनेर काठमाडौंमा छन् ।
मंसिर ४ मा संविधानसभाको निर्वाचन हुने टुंगो भइसकेको र यसमा भारतले दिने साथ, सहयोगको प्रतिबद्धता जाहेर गर्न पनि विदेशमन्त्रीको भ्रमण हुन लागेको जनाइएको
छ । निर्वाचनका लागि सवारी साधनसहितको सहयोगमा भारतले प्रतिबद्धता जनाइसकेको छ । विशेषतः चिनियाँ स्टेट काउन्सिलर याङ जेइचीले असार ११/१२ मा गरेको नेपाल भ्रमणपछि भारत सरकारले आफ्ना उच्च अधिकारीको नेपाल भ्रमण गराउने 'हतार' देखाएको काठमाडौंबाट परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए । 'भारतीय विदेशमन्त्री खुर्सिदको भ्रमण तालिका एक सातामै तय भएको हो, यो भ्रमण केही घन्टाका लागि भए पनि यो निकै अर्थपूर्ण छ,' ती अधिकारीले भने । परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेले तीन महिनाअघि दिएको औपचारिक निम्तोमा नेपाल जाने 'विशेष अवसर' नजुटिरहेकोमा चिनियाँ स्टेट काउन्सिलरको भ्रमणलगत्तै तालिका तय भएको हो ।
विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले द्वैपक्षीय सम्बन्धका विविध पक्षसहित नेपालको आसन्न संविधानसभा निर्वाचनमा भारतले निर्वाह गर्न सक्ने साथ र सहयोगकाबारे छलफल हुने बताएका छन् । खुर्सिदले नेपाल-भारत सहयोगका द्वैपक्षीय कार्यक्रमको अनुगमनका साथै निर्वाचनका लागि विशेष सहयोगको समेत प्रतिबद्धता जनाउने अधिकारीले बताए ।
'यो सद्भाव भ्रमण हो, नेपालको शान्ति, स्थिरता र लोकतान्त्रिक पद्धतिको प्रवेशविन्दुको अवसरसमेत हो,' विदेश मन्त्रालयमा नेपाल मामला हेर्ने एक अधिकारीले भने, 'यसबेला नजिकको साथीका रूपमा भारतको साथ र सहयोग महत्त्वपूर्ण हुनेछ ।'
यसअघि तत्कालीन विदेश मामलामन्त्री एसएम कृष्णाले २०११ को जनबरी र अपि्रलमा नेपाल भ्रमण गरेका थिए । विदेशमन्त्री भएको १० महिनामा खुर्सिदको यो पहिलो नेपाल भ्रमण हो ।
राष्ट्रपति रामवरण यादवसँगको छलफलपछि अर्थ मन्त्रालयले कुनै पनि नयाँ कार्यक्रम नराखी वाषिर्क बजेट ल्याउने भएको छ । अन्योल बढ्दै गएपछि सोमबार बिहान र बेलुकीको छलफलपछि मन्त्रालय टुंगोमा पुगेको हो ।
'राजनीतिक कार्यक्रम नराखी विवादरहित बजेट बनाउन राष्ट्रपतिले सुझाव दिनुभएको छ,' राष्ट्रपति कार्यालय स्रोतले भन्यो । नयाँ कार्यक्रम राख्दा दलहरूबाटै विवाद
आउने भएपछि संविधानको धारा ९६ 'क' बमोजिम एक तिहाइ खर्चको व्यवस्था गर्नुपर्नेसम्मको दबाब अर्थमन्त्री शंकर कोइरालामाथि थियो । अब भने वर्षभरिकै राजस्व र व्ययको अनुमानसहितको बजेट अर्थमन्त्रीले स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गर्न पाउने बाटो खुलेको छ । पछिल्लो पटक संविधान संशोधन गरी मन्त्रिपरिषद्ले आवश्यकताअनुसार राजस्व र व्ययको अनुमान तयार गरी अन्तरिम संविधानको धारा ८८ बमोजिम स्वीकृतका लागि राष्ट्रपतिसमक्ष पेस गर्ने व्यवस्था गरिएको छ ।
राजनीतिक सहमतिका लागि अब मन्त्रालयले राजस्वको दरमा कुनै पनि प्रकारको हेरफेर गर्ने छैन । खर्च भने गत वर्षदेखि नै चलिआएका पुराना कार्यक्रममा गरिनेछ । आगामी आर्थिक वर्षमा राजस्व संकलन दर हेरफेर नहुँदा पनि १५ देखि २० प्रतिशत बढ्ने अर्थको अनुमान छ । चुनावी वर्ष भएकाले करिब १८ अर्ब रुपैयाँ निर्वाचनका लागि विनियोजन गरिनेछ । कुल खर्च भने ५ खर्ब ६ अर्ब रुपैयाभन्दा बढाउन पाइने छैन । यो योजना आयोगले अर्थलाई दिएको अधिकतम सीमा हो । नयाँ कार्यक्रम राख्न नपाइने भएपछि राष्ट्रिय गौरबका चलिरहेका आयोजना र अन्य जनतासँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रमा खर्च बढाउन पाइने छ ।
कर्मचारीको तलबबारे भने राष्ट्रपतिसँग कुनै छलफल भएन । मन्त्रिपरिषद् स्रोतका अनुसार मुख्यसचिव लीलामणि पौडेलले तलबबारे छलफल गरिरहेकाले यसबारे टुंगो लागिसकेको छैन ।
सोमबार बिहान अर्थसचिव शान्तराज सुवेदी, मन्त्रालयका सल्लाहकार चिरञ्जीवी नेपाल, बजेट महाशाखाका सहसचिव लोकदर्शन रेग्मीले राष्ट्रपतिसमक्ष बजेट तयारीबारे जानकारी गराएका थिए । साँझ अर्थमन्त्री कोइरालासमेत सहभागी भएर परामर्श गरेपछि टुंगोमा पुगिएको हो ।
पछिल्लो समय मन्त्रालयले नयाँ कार्यक्रम राखेर बजेट तयारी थालेपछि विवाद बढेर राष्ट्रपतिबाट रोकिने सम्भावना बढेको थियो । त्यसबारे स्पस्ट हुन नसक्दा बजेट निर्माणको काम गतिअनुसार हुन सकेको थिएन । राष्ट्रपतिबाट पाएको निर्देशनपछि अर्थले ३१ गते बजेट सार्वजनिक गर्ने सम्भावना छ । 'ठोस काम भइसकेको छैन,' स्रोतले भन्यो, 'अब तयारीका लागि करिब एक साता लाग्छ ।'
राष्ट्रपतिले सरकारको मुख्य काम मंसिरमा चुनाव गराउने भएकाले बजेटलाई आकर्षक बनाउनेतर्फ नलाग्न सुझाएका थिए । 'यो सरकार मंसिरमा चुनाव गर्न गठन भएको हो, त्यसैले विवाद नहोस् भन्ने आशय राष्ट्रपतिको थियो,' स्रोतले बतायो । कुनै पनि दललाई फाइदा हुने वा त्यसको गन्ध आउने कार्यक्रम बजेटमा नसमेट्न राष्ट्रपतिले सल्लाह दिएका थिए । 'नयाँ कार्यक्रम राखेर बजेट ल्याउँदा एमाले, एमाओवादी र मधेसवादी दलबाट विरोध हुन सक्ने अवस्था देखियो,' स्रोतले भन्यो, 'त्यसैले मन्त्रीज्यूले पनि जोखिम नउठाउने देखिएको छ ।'
विवाद निम्त्याएर बजेट रोक्नुभन्दा त्यस्ता विषय नै नसमेट्ने निर्णयमा मन्त्री पुगेका हुन् । दुई वर्षपछि आउन लागेको वाषिर्क बजेटले नयाँ कार्यक्रम नथपे पनि अर्थतन्त्रमा सकारात्मक संन्देश जाने अर्थ स्रोत बताउँछ । चालू वर्ष ३ किस्तामा बजेट आएको थियो । ६ वर्षयताकै न्यून आर्थिक वृद्धि हासिल हुनुमा पूरा आकारको वाषिर्क बजेट नआउनु पनि हो । यस वर्ष ३ दशमलव ५ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने अनुमान छ ।
राष्ट्रपतिलाई ऊर्जा, कृषि, पूर्वाधार, निजी क्षेत्रलगायतलाई प्राथमिकतामा राखेर बजेट बनाउने तयारी गरिएको जानकारी अर्थका अधिकारीले दिएका थिए । करिब २ घन्टा लामो छलफलका क्रममा अर्थ मन्त्रालयका तर्फबाट विस्तृत तयारीबारे प्रस्तुति दिइएको थियो ।
सरकारसँग वार्ताको लागि भन्दै नेकपा-माओवादीले वार्ता टोली गठन गरेको छ । अध्यक्ष मोहन बैद्यको संयोजकत्वमा गठित टोली ५ सदस्यीय छ ।
टोलीमा पार्टी उपाध्यक्ष सीपी गजुरेल, महासचिव रामबहादुर थापा, सचिव देव गुरुङ र नेत्रबिक्रम चन्द छन् ।
सरकार संचालनको संयन्त्रमा रहेका चार राजनीतिक दल गोलमेच सम्मेलन गर्ने, समानुपातिकको अनुपात बढाउन सकिनेलगायतका मागमा सकरात्मक भएपछि माओवादीले बार्ताको लागि टोली बनाएको हो ।
यसअघि माओवादीले वाधाअड्काउ फुकाउको खारेजी, सरकारको खारेजी र तोकिएको चनावको मिति रद्द गर्नुपर्ने माग गर्दै बार्तामा बस्न मानेको थिएन । सुरुमा उपेन्द्र यादव र संघीय समाजवादी पार्टीको पनि समर्थन रहेपनि पछि बैद्यलाई उनीहरुले छाडेका थिए ।
पत्रकार सम्मेलनमा बोल्दै पार्टी अध्यक्ष तथा वार्ता टोली संयोजक बैद्यले आफ्नो पार्टीले लचकता अपनाउँदै सरकार र चार दलीय संयन्त्रसँग वार्ता टोली गठन गरेको बताए । उनले यो सरकारले मंसिर ४ गतेको लागि घोषणा गरेको निर्वाचन कुनै हालतमा पनि हुन नदिने दाबी गरे ।
'हामी लचकता अपनाएर वार्ता टोली गठन गरेका छौं', बैद्यले भने,'तर, यो सरकारले मंसिर ४ गतेको लागि तोकेको चुनाव कुनै हालतमा हुन दिन्नौं ।' उनले वार्ता निशर्त हुनुपर्ने बताए ।
उनले खिलराज रेग्मी नेतृत्वमा सरकार गठनका लागि राष्ट्रपतिले जारी गरेको बाधा अड्काउ फुकाउ अध्यादेश खारेज हुनुपर्ने अडान नछाड्ने बताए ।
'हामीले लचकता अपनाउँदा पनि चुनाव गर्न खोजिए संघर्षको आगो बाल्छौं', बैद्यले भने ।
नेकपा-माओवादीलाई वार्ताको लागि आव्हान गर्दै चार दलीय संयन्त्रले हदैसम्मको लचकता अपनाउने निर्णय गरिरहेको छ । संयन्त्रको शनिबारको बैठकले उच्चस्तरीय राजनीति समितिको पुर्नगठन, सर्वदलीय सम्मेलन, समानुपातिक अनुपात बृद्धि, मन्त्रिपरिषद् बिस्तारजस्ता मागमा सहमति जनाउने निर्णय गरेको छ ।
तर, नेकपा-माओवादीले रेग्मी सरकार बिघटन हुनुपर्ने माग राख्दै आएको छ । तत्कालीन प्रधानन्यायाधीश रेग्मीको नेतृत्वमा सरकार गठनका लागि जारी गरिएको अध्यादेशप्रति पनि उसको आपत्ती छ ।
सिमरामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले महाकाली नदीका बाढीपीडितको सहयोगका लागि २५ लाख रुपियाँ दिने घोषणा गरे।
५ असारमा जनकपुरमा आफ्नो सम्मानमा आयोजित अभिनन्दन कार्यक्रममा उनले घुमाउरो पारामा आफूले विगतमा गल्ती गरेको भन्दै सांकेतिक आत्मालोचना गरे। र, निषेधको राजनीति नगर्न आग्रह गरे।
यी तिनै ज्ञानेन्द्र हुन्, जसले राजा हुँदा व्यक्तिगत तवरमा यसरी कहिल्यै कसैलाई आर्थिक सहायता गरेनन्। न त १८ असोज ०५९ र १९ माघ ०६१ का अप्रजातान्त्रिक कदमहरूप्रति नै उनलाई कहिल्यै पश्चात्ताप भयो। '१९ माघ'पछि आफूले सुरु गरेको निषेधको राजनीतिलाई पनि उनले कहिल्यै गलत ठानेनन्। बरू, '१९ माघ'को राजनीतिक 'कू'लाई तत्कालीन समयको आवश्यकताका रूपमा व्याख्या गर्दै आएका थिए।
तर प्रश्न छ, त्यस्ता पूर्वराजाबाट २५ लाख रुपियाँ आफ्नो ढुकुटीबाट सहयोग स्वरूप दिने र विगतका राजनीतिक कदमप्रति सांकेतिक रूपमा आत्मालोचना कसरी सम्भव भयो ? प्राप्त सूचना र विश्लेषणहरूका आधारमा उत्तर पनि प्रस्ट छ, संविधानसभाको चुनावलाई उपयोग गर्ने र त्यही बलमा शक्तिशाली हुने र अन्ततः पुनःस्थापित हुने लक्ष्यका साथ उनले आफ्नो बोली र शैली बदलेका हुन्। जनताको मन जितेर मात्रै राजतन्त्र समर्थकहरूलाई निर्वाचनमा बलियो बनाउन सकिने उनको आकलन छ।
सरकारले तोकेको समयमा भए पनि नभए पनि अब चुनाव ढिलोचाँडो हुने नै छ। निर्वाचन आयोगको तयारी चलिरहेको छ। एक जुगमा दुई पटक आउने संविधान सभाको चुनावमा यसपालि अलि अर्कै किसिमको अप्ठेरो परेको छ। पहिलो निर्वाचनमा ७५ दल दर्ता भएका थिए तर जम्मा ५४ दलले मात्रै निर्वाचनमा सहभागी भए। यस पटक संविधान सभा सदस्य बन्न पाए पाइने सुविधा देखेर दङ्ग परेर होला १३९ दल दर्ता भएका छन्। वैद्य माओवादीले त दर्ता पनि गरेको छैन। १३९ दल नै निर्वाचनमा सहभागी नभए पनि संख्या पक्कै बढ्नेछ। त्यहाँमाथि स्वतन्त्र उम्मेदवारहरु। मतपत्र मात्रै २० इञ्च लामो हुनसक्ने प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतिले बताइसकेका छन्। के-के मात्र चुनाव चिह्न दिने! निर्वाचन आयोगले स्वीकृत गरेको १९४ चुनाव चिह्नमा कुकुर, लाटोकोसेरोदेखि बँदेल, बोका र ढाल तरबारसम्म परेका छन्।
यसो कल्पना गर्नुस् त, कुकुर चुनाव चिह्न भएको पार्टी वा उम्मेदवारलाई कति अप्ठेरो पर्ला ! त्यसै त मान्छेहरु कुकुर नेता भनेर गाली गरिरहन्छन्। कुकुर चिह्नमा छाप हाल्नुस्, कुकुर जस्तै नेतालाई जिताउनुस् भन्ने ? कि सबैलाई हेर्यौँ पटकपटक कुकुरलाई हेरौँ एक पटक भन्ने ?
लाटोकोसेरो, बोका, बँदेल जस्ता चुनाव चिह्न पाउनेलाई पनि त्यस्तै गाह्रो हुने होला। अझ ढाल-तरबार चुनाव चिह्न पाउनेको प्रचार कस्तो हुने होला!
मोबाइल, प्रेसर कुकरदेखि नेपालमा नपाइने उँटसम्म पनि चुनाव चिह्न छन्। धन्न कालोपाटी मात्रै चुनाव चिह्न रहेछ सेतोपाटी वा रातोपाटी छैन। हेल्मेट, हेलिकप्टरमात्र हैन मान्छे, लट्ठी लिएको मान्छे, दौडिरहेको मान्छे, भरिया आदि कन्फ्युज पार्न सक्ने चुनाव चिह्न पनि छन्। हेरौँ निर्वाचन आयोगले स्वीकृत गरेका सबै चुनाव चिह्नहरु-
by my sansar
दाङमा शुक्रबार र शनिबार दुई किशोरीमाथि बलात्कार भएको छ । दाङको तुलसीपुरस्थित बसपार्कमा शनिबार १७ वर्षीया यूवतीमाथि सामुहिक बलात्कार भएको हो ।
दाङ पवननगरकी किशोरीलाई राति तुलसीपुर बसपार्कमा युवकहरुले सामुहिक बलात्कार गरेका हुन् । बसभित्र चार जनाको समूहले ती किशोरीलाई बलात्कार गरेको छ । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा वीरवहादुर खत्री, युवराज डाँगी, चन्द्र डाँगी र अर्जुन योगी छन् ।
यस्तै दाङकै तुलसीपुरमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । गोल्टाकुरी ८ घर भएकी किशोरीलाई तुलसीपुरबाट घर जाने क्रममा शुक्रबार अपरान्ह ढकनाको जंगलमा मुख छोपेर पुगेका चार जना युवाहरुले बलात्कार गरेका थिए ।
एसएलसी मौका परीक्षाका लागि तुलसीपुरमा बसेर तयारी गरिरहेकी किशोरीलाई उनीहरुले बलात्कार गरेका हुन् । उनको अहिले राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
यस्तैगरी, नवलपरासीमा पनि एक बालिकामाथि बलात्कार भएको छ । नवलपरासी कुडिया ८ कि बालिकामाथि विहीबार बलात्कार भएको बालिकाका आफन्तले बताएका छन् । उनलाई विहीबार उखुबारीमा अचेत अवस्थामा भेटिएको हो ।
अहिले बालिकालाई परासीस्थित महिला विकास कार्यालयको अल्पकालीन सेवा केन्द्रमा राखिएको केन्द्रकी संयोजक निशा चौधरीले जानकारी दिइन् । उनी १७ गतेदेखि सम्पर्कमा थिइनन् ।
अपहरणपछि लठ्याउने औषधि सुँघाएर कुडिया ८ की एक बालिकालाई २ दिनसम्म बलात्कार गरेको आफन्तले बताएका छन् । बलात्कृत बालिकामा मानसिक समस्या छ । २ दिनसम्म बलात्कार गरेर उखुबारीमा बेहोस अवस्थामा छाडिएको आफन्तले जनाए । बालिका सदरमुकामस्थित महिला विकास कार्यालयको अल्पकालीन सेवा केन्द्रको आश्रयमा छिन् ।
केन्द्रकी संयोजक निशा चौधरीका अनुसार बालिका अर्धचेत छिन् । 'मानसिक उपचार गराउनुपर्ने देखिएको छ,' चौधरीले भनिन्, 'बलात्कारीले धम्काएको हुन सक्छ ।' बालिकाले कति बेला आफूलाई केही नभएको र कुनै बेला रूमालले मुख छोप्दा बेहोस भएको र होस आउँदा नांगो अस्वथामा रहेको बताउने गर्छिन् ।
असार १७ गते घरबाट सम्पर्कविहीन भएकी बालिका ३ दिनपछि गाउँ नजिक उखुबारीमा बेहोस फेला परेकी थिइन् । बेहोस बालिकालाई इप्रकाले उपचारार्थ सरकारी अस्पतालमा नलगी दाउन्नेदेवी गाविसको चौपत्तास्थित सहिद स्मृति सामुदायिक अस्पतालमा पुर्याएको आरोप स्थानीयले लगाए । सामुदायिक अस्पतालले शुक्रबारसम्म उपचार भइरहेको भन्दै बालिका भर्ना गरेर राखेको थियो ।
पीडित पक्षको तर्फबाट दबाब दिएपछि अस्पतालले डिस्चार्ज गरेको थियो । तर सदरमुकाम परासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा बालिकाको शारीरिक परीक्षण गराउँदा बलात्कार भएको पुष्टि भएको केन्द्रले जनायो । 'पोजेटिभ रिपोर्ट आयो,' संयोजक चौधरीले बताइन् । अस्पतालका चिकित्सक विश्वनाथ रणपालका अनुसार बालिकाले गुप्तांग दुखेको बताएकी थिइन् । 'योनी नजिक घाउ देखिएन,' उनले भने, 'योनीरस परीक्षणका लागि प्रयोगशाला पठाइएको छ ।'
के तपाईं गर्मीबाट राहत पाउन कोल्ड ड्रिंक पिउनुहुन्छ भने सावधान हुने बेला आएको छ। लोकप्रिय कोल्ड डिंक पेप्सीमा क्यान्सर पैदा गर्ने तत्व मापदन्डभन्दा बढी पाइएको छ। वातावरण वाचडग द सेन्टर फर इन्भाइरनमेन्टल हेल्थले पेप्सी रंगाउन उपयोग गरिने रसायनमा अझै तोकिएभन्दा बढी कार्सिनोजेन अर्थात क्यान्सर उत्पन्न गर्ने तत्व पाइएको बुधबार खुलासा गरेको छ। पेप्सी निर्माता पेप्सीको इन्कर्पोरेसन र कोका कोला कम्पनीले सन् २०१२ मार्चमा अमेरिकाभर आफ्ना उत्पादन फर्मुला फेरबदल गरी सुधार्ने वाचा गरेका थिए।क्यालिफोर्नियामा पेय पदार्थसम्बन्धी पारित कानुनअनुसार कार्सिनोजेनको मात्रा तोकिएपछि पेप्सीको र कोका कोलाले पेयको फर्मुला सुधार्ने वाचा गरेका थिए।
वाचाअनुसार पेप्सीकोले अझै आफ्नो कोल्ड ड्रिंक पेप्सीमा कुनै फेरबदल नगरेको वातावरण वाचडग समूहले जनाएको हो। पेप्सीकोले क्यालिफोर्नियामा पेप्सीको फर्मुला बदलेर सुधार गरे पनि क्यालिफोर्नियाबाहिर भने कुनै सुधार नगरेको वाचडग इनभाइरनमेन्टल हेल्थले खुलासा गरेको हो।
पेप्सीमा रंगाउने रसायन फोर–मिथाइलिमिडाजोल वा फोर–मेल उपयोग गरिएको छ। यो रसायन अधिकांश तयारी खाद्य पदार्थमा उपयोग गरिएको हुन्छ। पेप्सीकोका अनुसार उसको आपूर्तिकर्ताले फोर–मेलको मात्रा घटाउन रसायन उत्पादन प्रक्रिया नै परिवर्तन गर्न लागेको छ। क्यालिफोर्नियामा भने उत्पादन प्रक्रिया पूरा भएको पेप्सीकोले जनाएको छ। पेप्सीकोले सन् २०१४ फेब्रुअरीभित्र अमेरिकाभर नै उत्पादन प्रक्रिया परिवर्तन भइसक्ने जनाएको छ। पेप्सीकोले विश्वभर नै आफ्ना उत्पादनमा फोर–मेलको मात्रा घटाउने बताए पनि मितिचाहीं तोकेको छैन।
तर पेप्सीकोले अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन एजेन्सीलगायत विश्वका अन्य अनुगमनकर्ता निकायद्वारा पेप्सीको रंग सुरक्षित ठानिएको जनाएको छ। कोका कोलाले क्यालिफोर्नियालगायत अमेरिकाभर नै उपयोग गर्ने रंग फोर–मेलरहीत भएको जनाएको छ। कोका कोलाले उसका सबै उत्पादनमा उपयोग गरिएको रंग सुरक्षित भएको दाबी गरेको छ।
वाचडग समूह इनभाइरनमेन्टल हेल्थले कोक र पेप्सीको परीक्षण लुजियानाको मिटारीस्थित युरोफिन्स एनालिस्टिकल लेबोरेटरीमा गरिएको जनाएको छ। क्यालिफोर्नियामा बेचबिखन भइरहेका कोक र पेप्सीको प्रयोगशाला परीक्षण मेमा र अमेरिकाभरका कोक पेप्सीको परीक्षण जुनमा गरिएको थियो।
प्रयोगशाला परीक्षणमा क्यालिफोर्नियाका कोक र पेप्सीका पेय पदार्थमा फोर–मेल रसायन पाइएन। क्यालिफोर्नियाबाहेक अन्य राज्यका १० मध्ये ९ कोकमा फोर–मेल रसायन फेला परेन। तर क्यालिफोर्नियाबाहेक अन्य राज्यका १० मध्ये १० पेप्सीमा नै फोर–मेल रसायन पाइएको थियो। वाचडग समूहका अनुसार पेप्सीमा पाइएको फोर–मेल रसायनको मात्रा क्यालिफोर्नियामा तोकिएको मापदन्डभन्दा ४ देखि८ गुणा बढी फेला परेको थियो।
द अमेरिकन बेभरेज एसोसिएसनले पेय रंगाउने रसायनबाट मानवमा क्यान्सर हुने नहुने कुनै अनुसन्धानबिना नै क्यालिफोर्नियाको कानुनमा रसायनलाई क्यान्सरजन्य पदार्थको सूचीमा राखेको बताएको छ। एसोसिएसनका अनुसार मुसामा गरिएको एउटा प्रयोगशाला परीक्षणका आधारमा उक्त रसायनलाई क्यान्सरजन्य पदार्थको सूचीमा राखिएको दाबी गरेको छ।
अमेरिकाको खाद्य पदार्थ अनुगमन गर्ने सरकारी निकाय द फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले समेत मुसामाजस्तै मानिसलाई क्यान्सर हुन एक जनाले दैनिक एक हजार क्यानभन्दा बढी पेय पिउनु पर्ने जनाएको छ।
खाना पकाउने एल.पी. ग्यास बिक्रेताहरुले लगानीको ५ प्रतिशत कमिशन वृद्धि गर्न सरकारसमक्ष माग गरेका छन् । सरकारले असार १० गते वृद्धि गरेको कमिशनबाट व्यवसाय संचालन गर्न नसकिने बताउँदै उनीहरुले ७२ रुपैयाँ पुर्याउन माग गरेका छन् । बिक्रेताले प्रतिसिलिण्डर ३० रुपैयाँ कमिशन पाउँदै आएकोमा सरकारले २ रुपैयाँ बढाएर ३२ रुपैयाँ पुर्याएको छ ।
नेपाल ग्यास बिक्रेता महासंघले असार २५ गतेसम्म प्रतिसलिण्डर मूल्यको ५ प्रतिशत कमिशन वृद्धि नगरे व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रिने सरकारलाई चेतावनी दिएको छ । महासंघले कमिशन वृद्धिमा आनकानी गरेमा ग्यास उपभोक्ता कार्ड वितरण स्थगित गर्दै थप संघर्षका कार्यक्रमहरु सार्वजनिक गर्ने बताएको छ । संघर्षका कार्यक्रम कसरी अगाडी बढाउने भन्ने विषयमा बुधबार महासंघको वैठक बसेको थियाे ।
महासंघको बुधबार बसेको बैठकले दूई रुपैयाँमात्र कमिशन बढाईएकोमा घोर निन्दा गर्दै उद्योगीले दिएको थप २ रुपैयाँ कमिशन नलिने घोषणा गरको छ । वैठकले आगामी १५ गतेका लागि महासंघको बैठक डाकेको उपाध्यक्ष अर्जुनप्रसाद देवकोटाले बताउनुभयो । १५ गते बस्ने वैठकले कसरी संघर्षका कार्यक्रमहरु अगाडी बढाउने भनेर निर्णय गर्ने उहाँले जानकारी दिनुभयो ।
केही समय अगाडी ग्याउ उद्योगीहरुले ग्यासको बिक्री बन्द गरेर आफ्नो माग सम्बोधन गर्न सरकारलाई बाध्य पारेका थिए । सरकारले उद्योगीको कमिशन १९ रुपैयाँ बढाएको छ । कमिशन वृद्धिसँगै उद्योगीको प्रतिसिलिण्डर कमिशन ४७ रुपैयाँ पुगेको छ । ग्यास उद्योगीहरुले समेत बिक्रेता र डिष्ट्रिब्युटर्सहरुलाई अन्याय गरेको उपाध्यक्ष देवकोटाले गुनासो गर्नुभयो । ग्यास उद्योगीले कमिशन वृद्धि आफु अनुकुल हुनेगरि वृद्धि गर्न सरकारलाई दबाब दिएको बिक्रेताको आरोप छ । सरकारले लगानीको ५ प्रतिशत कमिशन वृद्धि नगरेमा उपभोक्ताले २५ गतेदेखि ग्यासको अभाव झेल्नुपर्ने भएको छ ।
दक्षिण कोरियामा अवैधानिक रुपमा काम गर्दै आएका विभिन्न औधोगीक क्षेत्र र स्थानबाट यसै हप्तामात्र ५० भन्दा बढी नेपाली कामदारहरु पक्राउ परेका छन् ।
अध्यगमन विभागका कर्मचारीहरुद्वारा शनिबार बेलुका ८ बजे ओसान शहरमा रहेको किरात याक्थुङ चुम्लुङको कार्यलयबाट नारद साम्मेखाम लिम्बु, याम शेर्मा ,प्रेम लिम्बु र शेखर सुब्बा पक्राउ परेका छन् ।
संस्थाकौ मासिक बैठकमा सहभागी हुन आएका उनीहरुलाई १० र१२ जनाको समूहमा आएका कर्मचारीहरुले चुम्लुङको कार्यलय घेराउ हाली पक्राउ गरेका थिए । साम्मेखाम र शेर्मा चुम्लुङको पूर्व अध्यक्षहरु हुन् ।
त्यसरी नै गत बिहीबार भोजपुरका कुमार थापा, भरत कार्की ,दुर्गा चौलागाई र खोटाङका श्याम कार्की एउटै कम्पनीबाट पक्राउ परेका छन् । थापाले दिएको जानकारी अनुसार बन्दी गृहमा नेपाली कामदार ल्याउने क्रम बढिरहेको छ । पक्राउ परेका नेपाल सहित इण्डोनेशीया, मंगोल, चीन, भियतनाम लगायतका कामदारहरु कम्पनीबाट पाउनु पर्ने तलब भत्ता समयमै नगराउँदा मानसिक तनावमा रहेको पनि थापाले बताए ।
गत सोमबार तमुधि कोरियाका अध्यक्ष रामकाजी गुरुङसहित तीन जना सोलस्थित नेपाली दूतावास परिसरबाट पक्राउ परेका थिए । गुरुङ पक्राउ परेको बिषयलाई लिएर कोरियाको नेपाली समाजमा विभिन्न बहस भइरहेका छन् ।
बन्दी गृहमा रहेका गुरुङले स्थानीय पत्रकारहरुलाई दूतावासका उपनियनेग प्रमुख राजाराम बर्तौलाको उजुरीमा आफू पक्राउ परेको अन्र्तवार्ता दिएपछि बहस सुरु भएको हो । सकृय समाज सेवी समेत रहेका गुरुङ पक्राउको बिषयलाई लिएर दक्षिण कोरियाकालागि नेपाली राजदूत कमानसिंह लामाले दुखद बिषय भएको प्रतिकृया दिएका थिए ।
कुटनीतिक मान्यतामा विदेशी नियोग परिसरमा सम्बन्धित देशको कानुन लागु हुनेभएकाले दूतावासकै ढोकामा पक्राउ पर्नु संयोग मात्र नभएको यहा रहेका नेपालीहरुको ठहर रहेको छ ।
यसअघि छनान क्षेत्रमा रहेको एक कम्पनीबाट १८ र उइजङ्बो, किम्पो, इन्च्छन क्षेत्रबाट २० भन्दा बढी अवैधानिक नेपाली कामदार पक्राउ परेका थिए । सोलस्थित अध्यगमन विभागको तथ्यांक अनुसार ईपीएसबाट आएका ९ सय र अन्य ९ सय नेपाली अवैधानिक रहेका छन् । कोरियामा सबै भन्दा धेरै करिब ७० हजार चीनीयाँ नागरीकहरु अवैधानिक रहेका छन् ।
The second Constituent Assembly ( CA ) elections scheduled for November 19 looks an expensive affair.
With the Election Commission ( EC ) proposing to double the expenditure ceiling for individual candidates and more political parties applying for registration, the election cost for both the political parties and the EC is set to shoot up way high than that in the 2008 polls.
Citing inflation, a Code of Conduct Committee led by ECCommissioner Ayodhee Prasad Yadav has proposed doubling the ceiling of money a candidate can spend under the First-Past-the-Post (FPTP) system. In the 2008 elections, the EC had allowed a candidate to spend a maximum of Rs 459,500 for the poll campaign. This time around, a candidate can spend upto Rs 919,000 for the campaign.
If the proposed ceiling comes into effect, any party that fields its candidates in all the 240 constituencies will have to manage a minimum of Rs 220.56 million for the candidates contesting under the FPTP electoral system.
The polls will be costlier for the EC too, as the number of parties applying for registration has gone up by almost three times than the number during the 2008 polls. A total of 139 political parties have applied for registration this time, while in 2008, only 54 parties had contested the elections.
“The increased number of parties means additional financial burden for the Commission. We are in a fix as to how we will manage all these parties in a single ballot paper. We have to replace all the previous ballot boxes with new ones,” Chief Election Commissioner Neel Kantha Uprety told the Post.
Data at the EC show that its expenses is increasing with every election. The poll expenditure in the first parliamentary elections held after Jana Aandolan-I in 1991 was Rs 11 million.In the 2008CA elections, the expenses shot up to Rs 3 billion, apart from the expenses incurred in managing security. Rs 2.15 billion was spent for security arrangements during the elections then.
Apart from the security expenses, the EC has this time demanded Rs 7 billion for the polls. The Home Ministry, which handles poll security, has sought Rs 6 billion for the November elections.
“The expenditure may go up as logistics used in 2008 are outdated now,” Uprety said.
Though the new expenditure ceiling will allow candidates to spend big in their campaign, parties’ record when it comes to submitting their election expenses to the EC has been dismal.
According to EC officials, parties show nominal expenses in their poll expenditure reports. According to the EC , the CPN-UML was the largest spender in 2008, with Rs 13.68 million, while the Nepali Congress and the then CPN-Maoist had spent Rs 5.85 million and Rs 3.79 million respectively.
काठमाडौं । साउदी अरबले आममाफी दिएर स्वदेश र्फकने अवसर दिएपछि त्यहाँ रहेका धेरै नेपाली स्वदेश र्फकंदैछन् । केही आइपुगेका छन्, अरु आउने प्रकृयामा छन् । दुईचार पैसा कमाउने सपना बोकेर त्यहाँ पुगेका नेपालीको कथाव्यथा निकी पीडादायी छ । अझ महिला कामदारले त कहिल्यै नसोचेको हन्डर र ठक्कर खेप्नुपर्यो । साउदीमा सास्ती पाएर फर्किएका तीनजना महिलाका कथालाई हामीले यहाँ समेटेका छौं ।
एनआरएनए साउदी अरबका उपाध्यक्ष डोरबहादुर कार्की र महासचिव जैबी राईले रियादस्थित नेपाली दूतावासको महिला आश्रयस्थलमै पुगेर यी महिलाहरुसँग भेटवार्ता गर्नुभएको हो । तीनैजना पीडित महिलाहरुसँग एनआरएन साउदीकी महिला प्रतिनिधि उषा केसीले टेलीसंवाद गर्नुभएको थियो । एनआरएनए साउदीका अध्यक्ष धरम केसीको सहयोगमा हामीले यी महिलाहरुको व्यथा समेटेका हौं ।
गलत संगतको फन्दामा संगिता
झापा जलथलकी ४० वषिर्या संगिता मार्दीलाई विदेश पुगेर धेरै पैसा कमाउने सपना थियो । कमाउने श्रीमान पनि स्वर्गीय भएपछि छोराछोरी हुर्काउने जिम्मा उहाँको थाप्लोमा आइलाग्यो । गाउँमा भन्दा बिदेशमै गएर दुईचार वर्ष काम गर्यो भने मनग्गे आम्दानी हुन्छ भन्ने उहाँलाई लाग्यो । सोच्दै गर्दा विदेश पठाउने एउटा एजेन्टसँग उहाँको चिनजान भयो ।
झापा बिर्तामोडका एजेन्ट अरुण चौधरीले उहाँलाई २ वर्ष ३ महिनाअघि भारतको बाटो हुँदै साउदी अरब पुर्याएको हो । शुरुमा संगितालाई साउदीको एक मालिकको घरमा पुर्याइयो । त्यहाँ उहाँले काम गर्न थाल्नुभयो । काम थाल्दा राम्रै व्यवहार भएपनि त्यसपछि भने संगिताको भुक्तमानका दिन शुरु भयो ।मालिकले घरायसी कामधन्दा र बिरामीको स्याहारसुसारमा चौबीसैघण्टा खटाउँथ्यो । खान पनि राम्रो नपाईने । सुत्न पनि नपाइने । त्यस घरमा काम गरेको तीन महिनापछि संगिता त्यहाँबाट भाग्न सफल हुनुभयो । भागेर पनि जाने कहाँ ? नौलो ठाउँ, नौला मान्छे । एक दिन सडकमा भौंतारिँदै हिँड्दा साउदीकै एकजना मान्छेले काममा लगाउने भन्दै उहाँलाई अर्को घरमा पुर्यायो । त्यहाँ उहाँले दुई वर्षसम्म काम गर्नुभयो ।
दुई वर्ष काम गरेपछि मालिकको दिएको ९ हजार ८ सय साउदी रियाल बोकेर हिँड्दा उहाँ लुटिनुभयो । काम गरेको घरको मालिकले छाडेको ठाउँबाट अर्को एक अपरिचित केटाले कुट्दै उहाँको ६ हजार रियाल लुटेर लग्यो । त्यसपछि अलपत्र परेकी संगितालाई अर्को साउदी नागरिकले नेपाली दूतावासमा लगेर छोडिदियो ।दूतावासको सेल्टरमा बस्दा उहाँसँग भएको बाँकी पैसा पनि लुटियो । त्यहाँ चोरी गर्ने चाहिँ नेपाली नै भएको उहाँले पछि मात्र थाहा पाउनुभयो । ‘आफैं जस्तै सोचेर नहुने रहेछ’ गहभरी आँशु पार्दै संगिताले भन्नुभयो । अहिले नेपालीहरुको सहयोगमा उहाँ स्वदेश र्फकने तयारीमा हुनुहुन्छ । तर स्वदेश र्फकन पाउँदा पनि उहाँको मन खुशी छैन । डर, त्रास र पीडाले छटपटिएको छ । ‘श्रीमान त स्वर्गीय भैसक्नुभयो, अब छोराछोरीलाई कसरी मुख देखाउने’ संगिताले भन्नुभयो । जस्तोसुकै भएपनि घर त र्फकनैपर्यो । घर फर्केर दुःखसुख काम गरी छोराछोरीको रेखदेख गर्ने उहाँको योजना छ ।
लिलाको बेहाल
मोरङ अमरदहकी लीलादेवी राजवंशीको पीडा पनि संगिताको भन्दा कम छैन । उहाँ पनि साथीहरुको लहलहैमा भारतको बाटो हुँदै तीन महिनाअघि साउदी पुग्नुभएको हो । आफूलाई विदेश लैजाने एजेन्ट संगिताले चिनेपनि लीलादेवीले भने आफूलाई साउदी लैजाने एजेन्ट चिन्नुभएको छैन ।लीलादेवीले पनि शुरुमा एउटा मालिकको घरमा काम थाल्नुभयो । अर्काको घरमा भनेजस्तो किन हुन्थ्यो । बिहान ६ बजेदेखि बेलुकी ९ बजेसम्म जुठो भात खाएर काम गर्नुपर्ने, मालिकले सधैं दुव्र्यवहार गर्ने, महिना सकिएपनि तलब नदिने गर्दा उहाँलाई साह्रै पीडा भयो । साउदी मालिकले दिएको मानसिक यातना खप्न नसकेपछि उहाँ त्यो घरबाट भाग्नुभयो ।
घरबाट भागेर हिँड्दै गर्दा उहाँले नेपाली जस्तो एकजना ड्राइभर देख्नुभयो । उसलाई आफ्नो व्यथा सुनाउँदै सहयोगको लागि आग्रह गर्नुभयो । धन्न त्यो व्यक्ति इमान्दार रहेछ । उसले उहाँलाई नेपाली दूतावासमा पुर्याइदियो ।त्यहाँ उहाले एनआरएन साउदी अरबका प्रतिनिधिहरुलाई भेट्नुभयो । त्यसपछि उहाँको नेपाल र्फकने बाटो खुल्यो । अब नेपाल र्फकने बित्तिकै बैदेशिक रोजगारको अवस्थाबारे जनचेतना फैलाउने उहाँको अठोट छ । श्रीमानले कान्छी ल्याएर आफूलाई हेला गर्न थालेकाले विदेश जान बाध्य हुनुपरेको लिलादेवीले सुनाउनुभयो । ‘बस्नलाई घर त छ, तर कमाई खाने जग्गाजमीन केही पनि छैन’ उहाँले भन्नुभयो-’घर र्फकन पाउँदा एक मन खुशी छ, दुःख सम्झेर अर्को मन उस्तै भारी पनि ।’
‘अब विदेशको नाम नै लिन्न’
कास्की पोखराकी २२ वषिर्या अविवाहित पार्वतीलाई पनि विदेश पुगेर धेरै कमाउने सपना थियो । कसले कहाँ कस्तो सपना देखिरहेको छ भनेर थाहा पाउन खप्पिस एजेन्टले उहाँलाई पनि ठग्ने योजना बनायो । जुन कुरा पार्वतीले पत्तो नै पाउनुभएन । उहाँलाई आफ्नै दाजुको साथी पर्ने एजेन्टले एक वर्ष अगाडि भारतकै बाटो हुँदै साउदी अरब पुर्याएको हो ।शुरुको ७ महिना एक घरमा काम गर्दा उहाँले जम्मा २४ सय रियाल तलब पाउनुभयो । आफूले कमाएको पैसा तुरुन्तै उहाँले घरमा पठाउनुभयो । त्यसपछि उहाँलाई घर मालिकले तलब दिन छाडे । बिरामी हुँदा समेत उहाँले सुख पाउनुभएन । उपचार त परै जाओस्, घर जान्छु भन्दा पनि ‘तँ घर जान पाउँदैनस्, तँ यहीं मनुपर्छ’ भन्दै उल्टै उहाँलाई यातना दिन थाले ।
मानसिक यातना बढ्दै जान थालेपछि उहाँले त्यही घरमा काम गर्ने ड्राइभरलाई सहयोग गर्न आग्रह गर्नुभयो । त्यसपछि उहाँ त्यो ड्राइभरको सहयोगमा घरबाट भाग्न सफल हुनुभयो । त्यसपछि उहाँका अर्को घरमा पुग्नुभयो । शुरुमा त्यो घरमा पनि राम्रै व्यवहार भयो । तर त्यसपछि उहाँले तलब पाउन छाड्नुभयो ।आफ्नो पीडाबारे उहाँले आफन्तलाई थाहा दिनुभएको थियो । आफन्तले साउदीका एनआरएनए प्रतिनिधिलाई खबर गरेपछि पार्वतीलाई रियादभन्दा झण्डै १२ सय कि.मि. टाढा आब्बा खमिस भन्ने ठाउँबाट उद्दार गरिएको हो । एनआरएनए महासचिव जैबी राईको पहलमा नेपाली जनप्रगतिशील मञ्च साउदी अरबको सकृतामा उहाँको उद्दार भयो । उद्दार काममा अब्बा खमिसमै कार्यरत शम्भुराज भट्टले सकृय भूमिका निभाउनुभएको थियो ।
नेपालीहरुको सहयोगमा उद्दार भएपनि पार्वती अब छिटै घर र्फकने र बिचल्लीमा पार्ने दलालाई खोज्ने बताउनुभएको छ । विदेशमा पाएको दुःखले उहाँको मन निकै कठोर भएको छ । ‘अब नेपाल पुगेपछि बिदेशका नाम पनि लिन्न’ पार्वतीले भन्नुभयो । यी तीनजना सहित १९ जना नेपाली महिला साउदीबाट नेपाल फर्किएका छन् । यसअघि पनि एनआरएनए साउदी अरबले २५ जना पीडित महिलाहरुको स्वदेश फिर्तीका लागि हवाई टिकट उपलब्ध गराइसकेको छ । साउदीमा हाल आममाफीको कार्य भैरहेपनि त्यहाँ रहेका हजारौं घरेलु श्रमिक महिला यसबारे बेखबर रहेका एनआरएनए साउदीका अध्यक्ष धरम केसीले बताउनुभयो ।
हालै एक नेपाली युवतीले बिश्वका उत्कृष्ट १ सय फ्यान्टासी महिलाको सूचीमा आफ्नो नाम लेखाउन सफल भएकी छिन् । काठमाण्डौमा जन्मिएर नर्वेलाई कर्मथलो बनाइरहेकी अमृता आचार्यले सूचीको ९४ औं स्थानामा परेकी छिन् ।
हलिउड, बलिउडमा नाम कहलिएका सेलिब्रीटीको गतिबिधि प्रकाशित हुने बहुराष्ट्रिय पत्रिका ‘पिपुल’ले हालै प्रकाशन गरेको सूचीमा अमृता पनि रहेको शुक्रबार प्रकाशित साप्ताहिकले छापेको छ ।
एचवीओ च्यानलबाट प्रसारित हुने लोकपि्रय धारावाहिक ‘गेम अफ थ्रोन्स’ तथा ‘द डेभिल्ड्स डवल’की मुख्य अभिनेत्री अमृताको थर भने आचारिया लेखिएको छ ।


































