कपालको रौभंदा १००० औ गुणा मसिनो तार

अब सुस्म इलेक्टोनिक समानको जदाको लागि समस्या छैन वैज्ञानिकहरूले परम्परागत विद्युतीय तारको जतिकै उच्च क्षमतामा विद्युत् प्रवाह गर्ने मानिसको रौंको तुलनामा दस हजार गुणा मसिनो तारको विकास गरेका छन्। अस्ट्रेलियाको सिड्नीस्थित न्युसाउथवेल्स विश्वविद्यालयका वैज्ञानिकहरूले त्यस्तो तारको विकास गरेका हुन्। वै ज्ञानिकहरूका अनुसार यो तारको विकासले गर्दा कम्प्युटर र कम्प्युटरजडित सामग्रीहरूको विकासमा झन् उच्च गुणात्मक क्षमता र सानाभन्दा साना इलेक्ट्रोनिक डिभाइसहरूको विकास गर्न मद्दत पुग्ने भएको छ। यस्तो तारको विकासले शक्तिशाली कम्प्युटर र क्वान्टम कम्प्युटिङ प्रणालीको विकासले पनि फड्को मार्ने वैज्ञानिकहरू बताउँछन्। यो तारबाट कम्प्युटर डाटाहरू आदानप्रदान गर्न पनि थप सहज हुने तथा सूक्ष्म डिजिटल डिभाइसहरूको विकास अझ सहज बन्ने विश्वास लिइएको छ।