वीर्य उत्पादन प्रविधि


वीर्य उत्पादन प्रविधि 

निःसन्तान बाबुहरूका लागि वैज्ञानिकहरूले खुसीको खबर ल्याएका छन्। वैज्ञानिकहरूले प्रयोगशालामै वीर्य उत्पादन गर्न सकिने प्रविधिको आविष्कार गरेका छन्।

जर्मनीस्थित म्युन्स्टर युनिभर्सिटीका वैज्ञानिकहरूले यस्तो आविष्कार गरेका हुन्। उनीहरूले प्रयोगशालामा उत्पादन गरेको वीर्य जैविक रूपमा पनि स्वस्थ रहने दाबी गरेका छन्। उनीहरूले यस सफलतालाई क्रान्तिकारी भन्दै व्याख्या गरेका छन्।





पैँतालीसपछि दिमागी क्षमतामा ह्रास

मानिसहरूको सोच्ने क्षमताको ह्रास कुन उमेरबाट सुुरु हुन्छ भन्ने कौतूहलको उत्तर वैज्ञानिकहरूले खोजेका छन्। बि्रटिस मेडिकल जर्नलमा प्रकाशित शोध अनुसार मानिसहरूको दिमागी क्षमता ४५ वर्षको उमेरपछि विस्तारै कमजोर हुन सुरु गर्छ।

४६ देखि ४९ वर्ष उमेरमै पुरुष र महिलाको दिमागी क्षमतामा ३ दशमलव ६ प्रतिशत कमी आइसकेको हुन्छ।

यही अध्ययनले ६५ देखि ७० वर्षका पुरुषको दिमागको सोच्ने क्ष्ामता ९ दशमलव ६ प्रतिशत कमी आएको हुन्छ भने महिलाको ७ दशमलव ४ प्रतिशत।


जंक फुडले मस्तिष्कमा असर

लन्डनस्थित ओरेगन हेल्थ एन्ड साइन्स युनिभर्सिटीका शोधकर्ताहरूले फास्टफुडले मोटोपनालाई मात्रै बढाउने नभई सोच्ने क्षमता पनि कमजोर तुल्याउने दाबी गरेका छन्। उच्च रक्तचाप र मुटुसम्बन्धी समस्या निम्त्याउनका निम्ति जंक फुड जिम्मेवार रहेको बताउँदै शोधकर्ताहरूले त्यसले मस्तिष्कलाई समेत असर पार्ने बताएका छन्।