कम्प्युटरको विकास

इलेक्ट्रीक सत्र्चारमाध्यमको रुपमा रहेको कम्प्युटरको प्रारुप विकास अङकप्रणाली सुरु हुनु भन्दा अगाडी जोड, घटाउ ,गुणा, भाग आदी गर्ने कुनै यन्त्रको विकास हुनुभन्दा अगाडीबाटै भएको हो। मानिसले जोड, घटाउ, गुणा ,भाग आदि कसरी सरलतापुर्वक गर्न सकिन्छ भनी यन्त्रको खोजी गर्दै जादाँ गणक यन्त्रको विकास गर्यो। वस्तुत कम्प्युटरको त्यही नै प्रारुप मेकानिकल तथा कलपूर्जाको अवधारणाबाट विकास भएर आज कम्प्युटर विद्युतजन्य यन्त्रको रुपमा विकास भयो।
कम्प्युटरको पिता भनेर क्याम्रब्रीज युनिर्भसिटीका गणितिज्ञ चार्ल्स ब्याबेजलाई मानिन्छ। उनले सन् १८२२ र १८३३मा दुई प्रकारका विद्युतिय क्याल्कुलेटरको आविष्कार गरे। उनले कम्प्युटरको कार्यसञ्चालन सिद्धान्त पनि बनाए। यसैगरी चार्ल्स ब्याबेजको पदचिन्हलाई पछ्याउदै लेडी अगस्टा लभलेसले दोहोरो प्रणालीको प्रयोग गर्न सुझाव दिनुका साथै त्यो प्रणालीको प्रयोग पनि गरिन्।यसैकारण उनलाई फस्ट प्रोगामरको उपाधी दिइएको थियो।
यसैगरी १८८६ मा जनगणना तथ्याङ्कशास्त्री डा हरम्यान होलरिथले टेबुलटेनिङ मेसिनको आविष्कार गरे। आइबीएम कम्प्युटरका संस्थापक रहेका होलरिथले सन् १८८६ मा टेबुलटेनिङ मेसिनको आविष्कार गरे। उनले अन्य संस्थाहरुसंग मिले १९२३मा आइबिएम कम्प्युटरको स्थापना गरेका हुन्। वास्तविक रुपमा इलेक्ट्रो मेकानिकल कम्प्युटरलाई पहिलो कम्प्युटर मान्नेहरु पनि छन्। यसको आविष्कार सन् १९३७ मा प्रो होर्वाड आइकनले गरेका हुन्। यो कम्प्युटरलाई मार्क प्रथम नाम दिइएको थियो भने यसलाई अटोम्याटीक सिक्वेन्स कन्ट्रोल्ड क्याल्कुलेटर पनि भनिन्थ्यो। चार्ल्स ब्याबेजको मृत्यूको १०० वर्ष पछी उनकै सिद्धान्तलाई अनुसरण गर्दै यो कम्प्युटर बनाइएको थियो। यसको आकार ५१× ८ ×३ फीट रहेको थियो। यसलाई परिमार्जित गरेर आइकनले मार्क द्धितियको जन्म दिए।
सन् १९३९ देखी सन् १९४२ सम्मको समय कम्प्युटरको विकासमा कोशेढुङ्गा सावित भयो। यसै अवधिमानै पहिलो डीजिटल कम्प्युटरको आविष्कार भयो। यसलाई एबिसी एटानसफ बेरी कम्प्युटरको नाम समेत
दिइयो।

आज विश्वमा कम्प्युटरको विकासले गर्दा प्रविधी क्षेत्रमा नयाँ युगको सुरुवात भएको छ। कम्प्युटर पहिला विशाल स्वरुपका हुन्थे। अहिले झोलामा बोकेर हिड्न सकिने भएको छ।नेपालमा कम्प्युटरको प्रवेश विस २०२८ सालमा मात्र भएको थियो। नेपालमा नेशनल कम्प्युटर सेन्टरले वि स २०३८ सालमा कम्प्युटर भित्र्याएको थियो। नेशनल कम्प्युटर सेन्टरको लागि ब्रिटीश सरकारले म्यानपावरको लागि सहयोग गर्यो। त्यतिखेरनै नेपाली विद्यार्थीहरु कम्प्युटर पढ्नको लागि भारत जान थाले। त्यतिखेर सम्म नेपालमा कम्प्युटर विषयको शिक्षा दिइदैनथ्यो। यसका साथै नेपाली नीजि कम्पनीहरु, कम्प्युटर कन्सलटेन्सी, इन्फरमेशन प्रोसेसिङ सिस्टम, डाटा सिस्टम लगायतका कम्पनीहरुको स्थापना भयो। यी कम्पनीहरुले मानिसहरुलाइ कम्प्युटर ट्रेनिङका साथै कम्प्युटरको बिक्री वितरण गर्ने गर्दथे। यसरी विकास हुदै जाने क्रममा नेपालमा स्कुल कलेजहरुमा पनि यस विषय सम्बन्धी अध्ययन अध्यापन हुन थाल्यो।

।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind