एक्कासि कपाल खुइलिनु एलोपेसिया


पच्चीस वर्षीया रमिलाले कपाल कोर्दा आफ्नो कान नजिकको भागमा सिक्को आकारमा कपाल नभएको ठाउँ देखिन् । त्यहाँको कपाल खुइलिएको थियो । यत्तिमा उनले खासै ध्यान पुर्‍याइनन् । केही समयमै त्यो ठाउँ ठूलो हुँदै गयो र टाउकोमा अन्यत्र पनि यस्तै गरी खुइलिएपछि उनी समस्यामा परिन् ।

सुरुमा उनले स्याम्पु, हेयर कलर, पेटसम्बन्धी समस्या आदिलाई यसको जिम्मेवार ठाने पनि अन्ततः छाला रोग विशेषज्ञको परामर्शमा आफूलाई 'एलोपेसिया एरिएटा' रोग भएको थाहा पाइन् ।
एलोपेसिया एरिएटा एक प्रकारको छाला रोग हो । यो रोगले गर्दा गोलाकार वा अन्डाकार क्षेत्रभित्र कपाल धेरै चाँडो र्झछ । यसले सीमित क्षेत्रलाई मात्रै प्रभावित गर्छ । यसले पुरुष, महिलालाई मात्र होइन बच्चालाई समेत प्रभावित गर्छ ।
नेपालमा कुनै तथ्यांक नरहे पनि अमेरिकन एकेडेमी अफ डर्मेटोलजीको तथ्यपत्र अनुसार अमेरिकामा एकदेखि दुई प्रतिशत व्यक्ति जीवनको कुनै खण्डमा एलोपेसिया एरिएटाबाट ग्रस्त हुन्छन् ।
'कुनै अध्ययन नभए पनि मुलुकमा समेत करिब दुई प्रतिशतमा एलोपेसिया एरिएटा हुने अनुमान गर्न सकिन्छ,' धुलिखेल अस्पतालका छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्ण भन्छन्, 'यो अटो इम्युन डिजिज हो ।'
एलोपेसिया एरिएटा शरीरमा रोग प्रतिरोधक क्षमताको कमीको संकेत समेत हो । काँगियोले कोर्दा सामान्यतः एक दिनमा एक सय कपाल स्वाभाविक रूपले र्झछ । यस्तै, करिब एक हजार दिनमा टाउकोको सबै कपाल नयाँ हुन्छ । 'तर यदि तपाईंको टाउकोमा गोलो वा अन्डाकार घेराभित्र कपाल देखिएन भने यो एलोपेसिया एरिएटा हुन सक्छ,' डा. कर्ण भन्छन् । यो कपाल पुनः ९ देखि १२ महिनाभित्र उम्रन थाल्छ ।
एलोपेसिया एरिएटाको कारण एउटा स्वप्रतिरक्षा प्रणाली हो । शरीरको प्रतिरक्षा प्रणालीमा कमी भए शरीरको आफ्नै कोशिकामा हमला गर्छ । एलोपेसिया एरिएटाको स्थितिमा जुन कोशिकाहरू हमलामा पर्छन् त्यो कपाल उमार्ने संरचनाभित्र हुन्छ । मुख्य रूपमा टुप्पीभित्र भएको कोष ।
६० प्रतिशतभन्दा बढी घटनामा कपाल झर्ने पहिलो प्रसंग २० वर्षको उमेरभन्दा पहिले हुन्छ । र, कपाल पुनः उम्रने गर्छ । तर समस्या पुनः फर्किनु सामान्य कुरा हो । डा. कर्णका अनुसार नयाँ कपाल झर्ने गोलो घेरा त्यतिखेर नै बन्न सक्छ जब पुरानो झरेको कपाल उमि्ररहेको होस् ।
उसो त यो रोग प्रभावित व्यक्ति एक वर्ष वा त्योभन्दा कम समयमा कपाल उम्रन थाल्छ । तर केही व्यक्तिमा यस्तो समस्या लामो समयसम्म चल्न सक्छ । डा. कर्णका अनुसार केही व्यक्तिमा यो समस्या लामो समयसम्म कायमै रहेर गम्भीर भएपछि पूर्ण रूपमा तालु खुइलिनु -एलोपेसिया टोटालिस) वा शरीरको सम्पूर्ण कपालको नोकसान -एलोपेसिया युनिवार्सलिस) हुन सक्छ ।
एलोपेसिया एरिएटा आनुवांशिक कारणले पनि हुन सक्छ । मुख्यतः तीन वर्षभन्दा मुनिहरूका यो समस्याबाट ग्रस्त हुन्छन् ।
करिब ४० प्रतिशत व्यक्ति जो ३० वर्षभन्दा मुनिका छन्, तिनका परिवारमा कोही एक सदस्य हुन्छ जसमा यस्तै विकार देखिन्छ ।
दम, ज्वरो, थाइराइडको विकार, विटलिगो -सेतो दाग), मधुमेह, पर्निसियस एनिमिया र डाउन सिन्ड्रोमबाट पीडितहरूमा एलोपेसिया एरिएटा हुने जोखिम सामान्य व्यक्तिको दाँजोमा बढी हुन्छ ।
एलोपेसिया एरिएटा तनावका कारण हुन सक्छ भन्नेमा विज्ञहरू विश्वास गर्थे । तर नयाँ खोजले तनावलाई यसको कारकको रूपमा प्रमाणित गरेको छैन ।
लक्षण
डा. कर्णका अनुसार सामान्यतः एलोपेसिया एरिएटाको मुख्य लक्षणका रूपमा टुप्पीमा सानो गोलो वा आयातकार धब्बाको रूपमा कपाल खुइलिनु हो । कपाल खुइलिएको खण्ड कपाल नभएको ठाउँ टल्निके र सामान्य देखिन्छ । यो कहिलेकाहीँ चिलाउनु, झमझमाउनु, छुँदा दुखाइ वा जलन प्रभावित ठाउँमा देखिन सक्छ । एलोपेसिया एरिएटाले ग्रस्त केही व्यक्तिको आंैला, नङ असमान्य देखिन सक्छन् ।
यो विकारका कारण गम्भीर रूपमा सम्पूर्ण शरीरको कपाल र्झन सक्छ । डा. कर्णका अनुसार यसअन्तर्गत, परेला, आँखीभांै, दाह्री, काखीको रांै, प्रजनन अंग नजिकको रौंसमेत र्झन सक्छ ।
पहिचान
चिकित्सकले लक्षण र कपाल खुइलिएको ठाउँको परीक्षण गरेर यसको पहिचान गर्छन् । चिकित्सकले खुइलिएको कपालको छेउछाउका रांै असमान्य भए/नभएको समेत परीक्षण गर्छन् । यदि यति हुँदाहुँदै रोग पहिचानमा शंका भए टुप्पी नजिकको छालाको बायोप्सीद्वारा पूर्ण पहिचान सम्भव छ । बायोप्सीमा छालाको एउटा अति सानो टुक्रा झिकेर प्रयोगशालामा परीक्षण गरिन्छ ।
उपचार
अमेरिकन एकेडेमी अफ डर्मेटोलजीको तथ्यपत्र अनुसार एलोपेसिया एरिएटाको कुनै स्थायी उपचार छैन । कहिलेकाहीँ आफैं कपाल उम्रने गर्छ ।
डा. कर्णका अनुसार यसको उपचारअन्तर्गत खुइलिएको भागमा कपाल छिटो उम्रन छाला रोग विशेषज्ञले सहयोग गर्छ । 'तपाईंको उपचार थुप्रै कुरामा निर्भर गर्छ,' डा. कर्ण भन्छन्, 'यसअन्तर्गत तपाइर्ंको उमेर, कति कपाल गुमाउनुभएको छ र उपचारसम्बन्धी असुविधा अर्थात् नराम्रो प्रभाव झेल्ने क्षमता प्रमुख मानिन्छन् ।'
कोर्टिकोस्टेराइडस- यो रोग प्रभावित क्षेत्रमा सियो वा औषधिका रूपमा लगाइन्छ । यो औषधिले रोग प्रतिरोधक प्रणालीलाई दबाउँछ । यस्तै यो लगाउने क्रिम, लोसन वा वाइन्टमेन्टको रूपमा समेत हुन्छ भने खाने चक्की पनि हुन सक्छ ।
मिनोक्सिडिल- कपाल पुनः उमार्ने मिनोकिसडिल ५ प्रतिशतले केही रोगीलाई कपाल उमार्न सहयोग गर्न सक्छ । बालबालिका र वयस्कले समेत यो औषधि उपयोग गर्न सक्छन् ।
एन्थ्रेलिन- यो औषधिले छालाको प्रतिरोधी प्रणालीलाई शुद्घीकरण गर्छ । रोगीले यो औषधि छालामा २० देखि ६० मिनेटसम्म लगाउँछन् ।
डिफेनसाइप्रोन- यो औषधि कपाल नभएको छालामा लगाइन्छ । यसले सानो एलर्जिक प्रतिक्रिया उत्पन्न गर्छ ।
अन्य उपचार- एलोपेसिया एरिएटाका रोगीहरू सधैंजसो एक पटकमा एकभन्दा बढी उपचार गरिरहेका हुन्छन् । दुई वा सोभन्दा बढी उपचारलाई मिसाउँदा बढी सफलता हुने गरेको छ ।
डा. कर्णले उपचार गराउनेहरूले आफ्नो छाला रोग विशेषज्ञसँग यो उपचार प्रक्रियाअन्तर्गत हुने साइड इफेक्टबारे समेत सोध्नुपर्ने बताउँछन् ।