एक सेकेण्डमा एक खर्ब फोटो

तपाई एक पटकमा कति वटा फोटो खिच्न सक्नु हुन्छ ? तपाईले कति फोटो खिच्न सक्नु हुन्छ त मलाई थाहा भएन त र  अमेरिकामा वैज्ञानिकहरुले विश्वमा सबैभन्दा उच्च गतिको क्यामरा निर्माण गरेका छन् । म्यासाच्युट्स ईन्टीच्युट अफ टेक्नोलोजीको मिडिया ल्याबमा कार्यरत तीनजना वैज्ञानिकहरुले एक सेकेण्डमा १ खर्ब वटा तस्वीर खिच्न सक्ने क्यामराको आविष्कार गरेका हुन् ।
भारतीय मूलका सहप्राध्यापक रमेश रास्कर तथा एन्डि्या वेल्टन र माउंगी बावेन्दीले यस्तो क्यामरा बनाएका हुन् । यसको क्षमता अहिलेसम्मको सबैभन्दा तेज टिभी क्यामरा भन्दा ४० अरब गुणा बढि छ । अहिले प्रयोग हुने सबैभन्दा धेरै क्षमताको क्यामराले एक सेकेण्डमा २५ वटासम्म तस्वीर खिच्न सक्छ ।


नयाँ आविष्कार गरिएको उक्त क्यामराले प्रकाशको गतिमा रहेको कुनैपनि वस्तुको समेत तस्वीर खिच्न सक्छ । यो क्यामरा बनाउन अढाइ लाख डलर वा २ करोड रुपैयाँ भन्दा बढि खर्च भएको छ । यो क्यामराको नाम द वल्र्ड स्लोवेस्ट फास्टेस्ट क्यामरा राखिएको छ । यो क्यामराले प्रकाशको सबैभन्दा सुक्ष्म तरंग (फोटोन) लाई क्याप्चर गरी डाटालाई आफ्नो सफ्टवेयरमा रेकर्ड गर्छ । यस प्रकार झण्डै एक करोड स्क्यानलाई एकत्रित गरेर पूर्ण तस्वीर बनाउँछ ।