१९ पटक मात्रै


सामान्यतया यौनको विषयमा पुरुषलाई विभिन्न किसिमको आक्षेप लगाइन्छ। युवा अवस्थामा पुरुषको ध्यान केवल यौनमा मात्र हुन्छ उनीहरू दिनको ८ हजार पटक यौनका विषयमा सोच्छन् भन्ने भनाइ नै विकसित भएको थियो। यही विषयमा केन्दि्रत रहेर अमेरिकी वैज्ञानिकहरूले गरेको अनुसन्धानअनुसार उक्त भनाइ झूटो भएको प्रमाणित भएको छ।
वैज्ञानिकहरूका अनुसार यदि कुनै पनि पुरुषले दिनको ८ हजार पटक यौनका विषयमा सोच्ने हो भने उसले सुतेको समयलाई गणना नगर्दा प्रत्येक ७ सेकेन्डमा एकपटक सोच्नुपर्छ। यौनका विषयमा अझै पनि महिलाले भन्दा पुरुषले दोब्बर नै बढी सोच्ने वैज्ञानिकहरूले बताएका छन्।
महिलाले यौनका विषयमा दिनको सरदर ९ पटक सोच्छन् भने पुरुषले १९ पटक सोच्छन्। अमेरिकाको ओहायो युनिभर्सिटीका अनुसन्धानकतार् ले १८ देखि २५ वर्ष उमेरका १ सय ६० महिला र १ सय २० पुरुषलाई निरन्तर अनुसन्धानमा राखेर उक्त सर्वेक्षण गरेका थिए

,