नया बर्ष को नया प्रबिधि


विश्वमा प्रविधिको विकास द्रुत गतिमा भैरहेको छ। यो अवस्थामा यस्ता प्रविधिको विकास हुनेछ भनेर भविष्यवाणी गर्नु निकै कठिन कार्य हो। यद्यपि अहिलेसम्म भएको प्रगतिको लेखाजोखा गरी आगामी केही समयमै बजारमा यस्ता प्राविधिक उत्पादन उपलब्ध हुनेछन् भनेर अनुमान गर्न सकिन्छ। विभिन्न वेबसाइटमा उपलब्ध प्रविधि विशेषज्ञहरूको विचारका आधारमा सन् २०१२ भरमा निकै रोचक प्रविधिका डिभाइस बजारमा उपलब्ध हुने अनुमान गर्न सकिन्छ। सन् २०१२ मा बजारमा आउन सक्ने केही डिभाइस ः

आइफोन- फाइभ

गत अक्टोबरमा एप्पलले बर्सेनि गर्दै आएको सम्मेलनमा आइफोन फाइभ लन्च गर्ने आशा धेरै आइफोनप्रेमीले गरेका थिए, तर त्यतिबेला कम्पनीले आइफोन फोर एसलाई बजारमा ल्यायो। यो वर्ष एप्पलले उक्त ग्याजेट अर्थात् आइफोन फाइभलाई बजारमा ल्याउने लगभग निश्चितजस्तै छ। एप्पलसँग सम्बन्धित सूत्रका मुताबिक आइफोन फाइभले फोर जी नेटवर्कलाई सपोर्ट गर्छ र यो एलटीई नेटवर्कमा पनि सञ्चालन हुनेछ। 

आइप्याड- थ्री

सन् २०११ मा ग्याजेटको संसारमा आइप्याड टुको निकै प्रभाव देखियो। कम रिजोल्युसनको स्त्रिmन भए पनि यसलाई ग्राहकले निकै मन पराए। एप्पलले त्यही आइप्याड टुको स्त्रिmनमा केही सुधार गरेर आइप्याड थ्री बनाइरहेको अनुमान गरिएको छ। आइप्याड थ्री सन् २०१२ सुरुवात भएको केही महिनामै बजारमा आउनेछ। आइप्याड थ्रीमा क्वाड कोर प्रोसेसर र अझै राम्रो क्यामेरा छ। 

निन्टेन्डो वाई यू

निनटेन्डो वाई यू पनि सन् २०१२ मै बजारमा आउने अनुमान गरिएको छ, तर पनि यसको मूल्यका बारेमा अझै केही जानकारी दिइएको छैन। मल्टी टच स्त्रिmनसहित यसको डिस्प्लेमै धेरै फिचर रहनेछन्। टेलिभिजन हेर्दा हेर्दै बन्द भयो भने पनि यसको सहयोगले प्रयोगकर्ताले गेमलाई पहिलेकै अवस्थाबाट सञ्चालन गर्न सक्नेछन्। यसमा सबै प्रकारका वाई एसेसरिज पनि चल्न सक्छन्। 

सामसुङ ग्यालेक्सी एस- थ्री

सन् २०११ मा सामसुङको ग्यालेक्सी एस टु सर्वाधिक लोकपि्रय स्मार्टफोन बन्यो। यसलाई अझ प्रभावकारी बनाउने उद्देश्यले सामसुङले यही वर्ष बजारमा एस थ्री ल्याउने अनुमान गरिएको छ। ग्यालेक्सी एस थ्री क्वाड कोर प्रोसेसर भएको पहिलो स्मार्टफोन हुने सम्भावना छ। यसको स्त्रिmन रिजोल्युसन र डिस्प्ले पनि पहिले भन्दा निकै राम्रो हुनेछ। 

नेक्सस ट्याब्लेट

सर्च इन्जिन गुगल अहिले सर्च इन्जिनका रूपमा मात्र सीमित छैन। यसले बजारमा नयाँ-नयाँ प्रोडक्ट ल्याउने हल्ला पनि चलिरहन्छन्। सन् २०११ मा यसले विभिन्न प्रकारका ग्याजेट ल्याउने समाचारहरू आइरहे। गुगलले एन्ड्रोइडको बजारमा प्रवेश गर्न विभिन्न कम्पनीसँग सहकार्य गर्न लागेको समाचार पनि आयो, तर गत डिसेम्बरमा गुगलका एरिक श्मिदतले एउटा इटालियन पत्रिकासँगको अन्तर्वार्तामा गुगलले आफ्नै ब्रान्डको एउटा आकर्षक ट्याब्लेटका निर्माण गरिरहेको र सन् २०१२ को पहिलो ६ महिनामै त्यसलाई बजारमा उतार्ने कुरा बताए। यसले गर्दा ट्याब्लेट बजारमा एउटा नयाँ तरंग फैलिएको छ। उक्त आकर्षक ट्याब्लेटको नाम नेक्सस भएको धेरैको अनुमान छ। 

न्यु म्याकबुक एयर

एप्पलको म्याकबुक एयर सिरिज पनि निकै लोकपि्रय छन्। यसमा केही परिमार्जन गरी सन् २०१२ मा बजारमा आउनेछ। यसमा विशेष गरी १५ इन्चको स्त्रिmन हुनेछ। 

नोकिया लुमिया-९००

नोकिया र माइक्रोसफ्टले सहकार्य गर्न थालेको लगभग एक वर्ष पूरा भएको छ, तर बजारमा कमै मात्रामा विन्डो स्मार्टफोन आएका छन्। सन् २०१२ मा धेरै स्मार्टफोन आउने सम्भावना छ। तीमध्ये नोकियाको लुमिया सर्वाधिक सानदार हुनेछ। विन्डो फोनमा फोर जी एलटीई नेटवर्कको प्रारम्भ यसैबाट हुने अनुमान गरिएको छ। 

विन्डोज- एट्

अहिले सम्म माइक्रोसफ्टको सर्वाधिक राम्रो उत्पादनका रूपमा विन्डोज ७ छ। सन् २०१२ मा माइक्रोसफ्टले विन्डोज-८ का नाममा अझै राम्रो उत्पादनलाई बजारमा ल्याउने अनुमान गरिएको छ। विन्डोज ८ ले स्मार्टफोन, एक्सबक्स र पीसी प्लेटर्फमलाई एकीकृत गर्नेछ।

किन्डल फायर- टु

अमेजनले अहिलेसम्म ४० लाख किन्डल फायर युनिट बिक्री गरिसकेको छ। यसले १ सय ९९ डलरमा बिक्री गरिरहेको एन्ड्रोइड ट्याब्लेटले पनि बजारमा राम्रो पकड जमाएको छ। किन्डल फायरको लोकपि्रयतालाई बुझेको अमेजनले यसको परिमार्जित संस्करणका रूपमा किन्डल फायर- २ लाई बजारमा ल्याउने तयारी गरेको छ जसले आइप्याड-२ सँग प्रतिस्पर्धा गर्नेछ।