के गर्ला त अब सन् २०१२ को प्रबिधि

भ्वाइस कमान्ड
सन् २०११ मा आइफोनमा उपलब्ध सिरीले भ्वाइस कमान्डमा नयाँ सम्भावना देखाएको छ। भ्वाइस कमान्डद्वारा निर्देशित हुने अन्य डिभाइस पनि सन् २०१२ मै बजारमा आउनेछन्। यो प्रविधिले कमान्ड दिनका लागि बटन, स्वीच थिच्नुपर्ने तथा डायल गर्नुपर्ने झन्झटबाट मुक्ति दिनेछ। अब यसमा अझ के-के सुधार हुनेछ हेर्न मात्र बाँकी छ।
इमेलमा कमी
विशेषज्ञहरूको विचारलाई मान्दा यो वर्षदेखि खबर आदान-प्रदानका लागि प्रयोग गरिने इमेलमा कमी आउनेछ। त्यसको केही छनक यो वर्ष पनि देखिइसकेको छ। सोसियल नेटवर्किङ साइट तथा म्यासेजिङको सुविधा दिने डिभाइसको प्रयोग बढ्दै जानु नै यसको प्रमुख कारण हो। स्मार्टफोन तथा ट्याब्लेटको प्रयोगले लिंक सेयर गरेर डाटा हेर्ने प्रचलन बढ्दै गएको छ। यी सबैका कारण अबका दिनमा इमेलको प्रयोगमा कमी आउने अनुमान गरिएको हो।
होस्टेड सर्भिस
गुगलले एप्स तथा अनलाइभ पोर्टलले गेमिङको सहायताले होस्टेड सर्भिसको प्रचलनलाई बढाइरहेका छन्। अहिले पनि कतिपय साइटले लाइभ स्टि्रमिङको सहायताले निःशुल्क रूपमा फिल्म उपलब्ध गराइरहेका छन्। यसको अर्थ होस्टेड सर्भिस प्रविधिको प्रयोगले चलचित्र डाउनलोड गर्नु पर्ने झन्झटसमेत हुँदैन। त्यसैले सन् २०१२ मा डाउनलोडको सट्टा होस्टेड सर्भिसको प्रयोग गर्ने चलन बढ्नेछ।
एप्स स्टोर
आगामी वर्ष एप्स स्टोरको प्रयोगमा वृद्धि हुनेछ। माइक्रोसफ्टले एप्स स्टोरलाई लन्च गरेबाटै यो कुराको पुष्टि हुन्छ। विशेषज्ञहरूका अनुसार आगामी दिनमा मानिसहरू प्याकेज्ड सफ्टवेयरको सट्टा एप्स स्टोरबाट उपलब्ध सफ्टवेयर एप्लिकेसन प्रयोग गर्नमै बढी रुचि देखाउनेछन्।
विन्डो ८- टच
आगामी वर्ष विन्डो ८-टचको प्रयोग आफैंमा एक प्रचलन हुनेछ। माइक्रोसफ्टले यसको प्रयोगबाट पर्सनल कम्प्युटर र ट्याब्लेटबीचको विभाजन रेखालाई समाप्त गर्ने चाहना राखेको छ। यसबाट पर्सनल कम्प्युटरमा पनि टच स्त्रिmनको सुविधा उपलब्ध हुनेछ। यसबाट नोटबुक र ट्याब्लेट प्रयोग गर्न नपाउनेहरूले पनि राहत अनुभव गर्नेछन्।
पातला डिभाइसमा जोड
आइप्याड, ट्याब्लेट तथा म्याकबुक एयरजस्ता अल्ट्राबुकले डिभाइसलाई पातलो बनाउने चलन प्रारम्भ गरे। उपभोक्ताहरू पनि पातला डिभाइस रुचाउँछन्। सन् २०१२ मा पनि यस्ता पातला डिभाइसको निर्माण कार्यले तीव्रता पाउनेछ। पातला डिभाइस निर्माण गर्ने कार्य ट्याब्लेट तथा पर्सनल कम्प्युटरमा मात्र सीमित नरही टिभी र स्मार्टफोनसम्म पुग्नेछ। धेरै प्रख्यात मोबाइल तथा टेलिभिजन कम्पनीहरूले वजनमा हल्का र पातला डिभाइस निर्माण गर्ने कार्य अहिले नै प्रारम्भ गरिसकेका छन्।
ट्याब्लेटको फैलिँदो रूप
अहिले धेरैजसो डिभाइसमा क्यामेरा भएको पाइन्छ। आगामी दिनमा यसको स्थान ट्याब्लेट पिसीले लिने अनुमान गरिएको छ। जुनसुकै डिभाइसमा पनि ट्याब्लेट कम्प्युटर इन-बिल्ट अर्थात् त्यसैमा उपलब्ध हुन सक्नेछ। सामसुङले भर्खरै एउटा पि|mज निर्माण गरेको छ, जसमा ट्याब्लेट कम्प्युटर इन-बिल्ट छ। यसका आधारमा हामी भन्न सक्छौं, भविष्यमा अन्य डिभाइसहरूमा पनि ट्याब्लेट इन-बिल्ट हुनेछ। तिनमा विभिन्न प्रकारका एप्स पनि डाउनलोड गर्न सकिनेछ।
गेमिङको नयाँ शैली
अहिले हामी आफ्नै स्मार्टफोनमा मात्र गेम खेल्न सक्छौं, तर यो वर्ष नै अलग-अलग सहरमा बसेका साथीहरू पनि एक अर्कासँग मिलेर एउटै गेम खेल्न सक्नेछन्। यसका लागि एउटै नेटवर्क प्रदायक संस्थाको आवश्यकता नपर्न सक्छ। फरक-फरक नेटवर्क प्रदायक संस्थाबीच पनि यो खेल खेल्न सकिनेछ।
प्राइबेसी/सेक्युरिटी
सन् २०११ मा अनलाइन प्राइबेसी तथा सेक्युरिटीका क्षेत्रमा विभिन्न घटना भए। फेसबुकका संस्थापक मार्क जुकरबर्गका निजी तस्बिरसमेत सार्वजनिक भए। यसले गर्दा यो क्षेत्रलाई अझ सुरक्षित तुल्याउनुपर्छ भन्ने विषयमा धेरै छलफल भएका छन्। यी सबैका कारण सन् २०१२ मा व्यक्तिको प्राइबेसी तथा सेक्युरिटीका क्षेत्रमा धेरै कानुनी तथा प्राविधिक कदमहरू उठाइनेछ।
आइसिटी ब्रान्डिङ मेला प्रारम्भ
विदुर खतिवडा
सूचना तथा सञ्चार प्रविधि सम्बद्ध पाँचौं आइसिटी ब्रान्डिङ इन्फोट्रेड हिजो बिहीबारदेखि प्रारम्भ भएको छ। आइसिटी एसोसिएसन अफ नेपालले आयोजना गरेको यो मेला ब्रान्ड प्रवर्द्धनप्रति लक्षित छ। आइसिटी एसोसिएसनले गत बर्षदेखि मेलालाई ब्रान्डिङ सोकेसको रुपमा प्रवर्द्धन गर्न थालेको हो।
सूचना प्रविधि क्षेत्रमा देखा परेका नयाँ उत्पादन तथा सेवालाई यो मेलाले ब्रान्डिङ गर्ने एसोसिएसनले जनाएको छ। 'टीपी लिंक आइसिटी ब्रान्डिङ एक्स्पो' शीर्षक राखिएको यो मेला आगामी पुस २५ गतेसम्म चल्नेछ। जुम इभेन्ट म्यानेजमेन्टले व्यवस्थापन गर्ने यो मेला अवलोकन गर्ने दर्शकले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा विकसित भएका पछिल्ला संस्करणका प्रविधि तथा यो क्षेत्रका बारेमा नविनतम् उपलब्धिको जानकारी पाउनेछन्।
प्रत्येक ६ महिनामा नयाँ प्रविधि भित्रिने क्रम बढिरहेका बेला नेपालले ती प्रविधिलाई कसरी आत्मसात गरेको छ भन्ने कुरा पनि मेला हेर्ने क्रममा थाहा हुन्छ। मेलामा नेपाली सफ्टवेयर कम्पनीले बनाएका प्रविधि पनि आकर्षण बन्दैछन्। आयोजकले उनीहरूको उपस्थिति बढाउन स्टल बुकिङमा ४० प्रतिशत छुट दिएको थियो।
भृकुटी मण्डपस्थित प्रदर्शनी केन्द्रमा विभिन्न कम्पनीहरूले ब्रान्ड प्रवर्द्धनको स्टल राखेका छन्। 'प्रदर्शनी केन्द्रभित्र ४० वटा र बाहिर ७४ वटा स्टल छन्।' एसोसिएसनका अध्यक्ष सागरदेव लाखेका अनुसार मेलालाई गत वर्षको भन्दा स्तरीय र आकर्षक बनाइएको छ। मेलामा विश्वमा नाम कमाएका र नेपालमा आइसिटी उत्पादन वितरणका लागि ब्रान्ड बनेका कम्पनीको स्टल छ। अध्यक्ष लाखेले थपे-'मानिसले एउटै थलोमा सूचना तथा सञ्चार प्रविधिको बारेमा विस्तृत जानकारी पाउने भएकाले यो मेला फलदायी हुन्छ ।'
मेला अवलोकनका लागि २ सय रुपैयाँको टिकट लिनुपर्ने भनिएको छ। मेला हेर्न एसएमएस, सोसल नेटवर्किङ साइट तथा अनलाइन माध्यमबाट टिकट लिन सकिनेछ। आइसिटी एसोसिएसनको अनलाइन साइटबाट रजिस्टे्रसन गर्नेलाई ७५ प्रतिशत छुटको व्यवस्था गरिएको छ। यसबाहेक विद्यार्थीले ५० प्रतिशत छुटमा मेला अवलोकन गर्न पाउनेछन्।
आइसिटी ब्रान्डिङ मेलामा पछिल्ला संस्करणका डेक्सटप कम्प्युटर, ल्यापटप, ट्याब्लेट पिसी-नोटबुक, आइटी-सर्भर, नेटवर्किंङ सिस्टम, टच प्याड डिभाइस, साउन्ड सिस्टम, सीसीटिभी तथा सेक्युरिटी सिस्टम, एन्टिभाइरस, पि्रन्टर, फोटो पि्रन्टर, इलेक्ट्रोनिक टाइपराइटर, मोवाइल पि्रन्टर, टेलिफोन तथा पीएबीएक्स सिस्टम, थि्रडी तथा वायरलेस प्रोजेक्टर, इलेक्टोनिक प्रोजेक्टर स्त्रिmन, मोबाइल, एलसीडी तथा एलइडी मनिटर एवं टेलिभिजन, फोटो पि्रन्टिङ पेपर आदि छन्। ताइवान, चीन, भारत, कोरिया, हङकङ, दुबई र भारतका कम्पनीका प्रतिनिधिहरू विभिन्न स्टलमा बसेर आफ्ना उत्पादन र सेवासम्बन्धी प्रवर्द्धन गरिरहेका छन्।