इनकमिङ ग्याजेट्स वर्ष २०१२ का



सामान्यतया अरु वर्ष जस्तै यस वर्ष २०१२ मा ग्याजेट वल्र्डमा केही नयाँ धमाका हुने देखिन्छ। २०१२ मा आइफोन फाइभ र आइप्याड थ्रीबाहेक स्केनिङ, माउस, सुपर पावर ट्याबलेट, टु इन वन ट्याबलेट तथा टच स्त्रिmन नोटबुक त लन्च हुने नै छन, रिमोटको साटो आवाजबाट चल्ने टेलिभिजन तथा फ्लेक्सिबल स्त्रिmन भएका फोन पनि बजारमा आउनेछन्, जसलाई मोडेर खल्तीमा पनि राख्न सकिनेछ।


डेल पीजु ट्याबलेट

२०१२ मा ग्राहकले अहिलेसम्मकै सबैभन्दा पावरफुल डिजाइनसित साक्षात्कार गर्न पाउनेछन्। कम्प्युटर प्रोडक्टस निर्माता नी डेलले अहिलेसम्मकै सबैभन्दा पावरफुल ट्याबलेट डिवाइस लन्च गर्ने अनुमान गरिएको छ। यसमा इन्टेल कोर फाइभ प्रोसेसर, फोर जीबी र्‍याम, फूल एचडी डिस्प्ले रिजोल्युसन, ५५० एमएएचको सुपर ब्याट्री, फाइभ मेगापिक्सल ब्याक एवं १ दशमलव ३ मेगापिक्सल प|mन्ट क्यामेरा तथा ६४ वा १२० जीबीको इन्टर्नल मेमोरी हुनेछ। यो डिवाइसले लेटेस्ट विन्डोज ८ लाई पनि सपोर्ट गर्नेछ। 

एप्पल आइपड थ्री 

इ-बुक रिडर किन्डलपछि रिटेल प्वाइन्ट अमेजन डटकम वर्ष-२०१२ मा एउटा अर्को धमाका गर्ने तयारीमा छ। अमेजन चाँडै नै एप्पललाई चुनौती दिन नयाँ स्मार्ट फोन अमेजन ब्लेज लन्च गर्ने तयारीमा जुटेको छ। अमेजनका अनुसार ब्लेजमा १ दशमलव २ गिगाहर्ट्ज युक्त डुअल कोर प्रोसेसर, २ दशमलव ३ एन्ड्रोयड जिन्जरब्रेड ओएस, ४ दशमलव ३ इन्च मीरासेल टच स्त्रिmन डिस्प्ले, ५ सय १२ एमबीको र्‍याम, ३२ को इन्टर्नल मेमोरी, ५ मेगापिक्सेल व्याकका साथै १ दशमलव ३ मेगापिक्सेलको प|mन्ट क्यामेरा हुनेछ। यसको पछाडिपट्ट िएउटा सोलार प्यानल हुनेछ जसले १ हजार ७ सय एमएएचको ब्याट्रीलाई चार्ज गर्छ। 

एप्पल आइफोन फाइभ 

गत वर्ष आइफोन फोरको जादु थियो। वर्ष २०१२ मा एप्पल नेक्स्ट जेनरेसन आइफोन फाइभ प्रस्तुत गर्ने तयारीमा छ। यसमा सफटवेयर-हार्डवेयर अपग्रेड्सका साथै आइट्युन्स कलाउड एन्टिग्रेसन रेटिना डिस्प्ले, आइओएस ५,८ मेगापिक्सेल फ्ल्यास क्यामेरा, एसडी कार्ड अप्सन वा बढी इन्टनल मेमोरी, मोवाइल पेमेन्ट, सर्भिसका लागि नियर फिल्ड कम्युनिकेसन एनएफसी २ देखि ३ इन्टरनल एन्टिना जस्ता फिचर हुनेछन्। यसमा अहिलेसम्मकै सबैभन्दा ठूलो रिभोल्युसन वायरलेस चर्चिङजस्ता किलर फिचर हुने सम्भावना छ। 

स्मार्ट स्क्यान माउस 

माउस प्वाइन्टिङ डिवाइस मात्र नभएर स्क्यानरका लागि पनि उपयोगी भए ठूल्ठूला स्क्यानरबाट स्वतन्त्रता प्राप्त हुनेछ भने वर्क लोड पनि कम हुनेछ। बितेको वर्ष संसारकै सबैभन्दा ठूलो क्न्ज्युमर इलेक्ट्रोनिक्स र होम एप्लाइसेज शो आइएफएमा एलजीको यो नयाँ माउसले चर्चा बटुलेको थियो। यो माउसमा विल्ट इन स्क्यानर छ। प्रयोगकर्ताले कुनै सरफेसमा चलाउनेबित्तिकै यसले इमेज क्यान गर्छ। स्क्यानपश्चात् डे्रग एन्ड ड्रपको पनि अप्सन छ। यसमा प्रोप्रायटरी अप्टिकल क्यारेक्टर रिकग्नाइजेसन टेक्नोलोजी युजको स्थान छ, जसले स्क्यान गरिएको टेक्स्टलाई माइक्रोसफट वर्ड डक्युमेन्टमा कन्वर्ट गर्छ, जसलाई एडिट पनि गर्न सकिन्छ। यो टु इन वन डिवाइस वर्ष २०१२ मा उपभोक्ता माझ आउनेछ।

एप्पल एचडी टेलिभिजन

एप्पलको रियल एचडी टेलिभिजन पनि यही वर्ष लन्च हुने सम्भावना छ। यसमा थ्री डी, एलइडी र इन्टरनेट कनेक्टिभिटीबाहेक स्काइप कन्प|mेन्सिङका लागि इन्टिग्रेटेड क्यामेरा, रिमोट कन्ट्रोलको स्थानमा आइफोन फोर एसको लेटेस्ट फिचर, सिड वायस कन्ट्रोल र स्टोरेजका लागि आइकलाउडजस्ता सुपर फिचर पनि हुनेछन्।

फ्लेक्सिबल अमोलेड डिस्प्ले 

वर्ष-२०१२ मा मोवाइल फोन सेगमेन्टमा एउटा नयाँ होडबाजी हुनेदेखिन्छ। अब फोनको स्त्रिmन मोडन सकिने खालको हुनेछ। नोकियाको फयुचर प्रोजेक्ट नोकिया काइनेटिकभन्दा पहिले स्यामसुङले बजारमा चाँडै नै फ्लेक्सिबल अमोलेड डिस्प्ले प्रस्तुत गर्ने बताएको छ, जसलाई फोल्डसमेत गर्न सकिनेछ। ४ दशमलव ५ इन्चको यो फ्लेक्सिबल डिस्प्ले ८००ह४८० रिजुलेसनको हुनेछ र यसलाई एउटा ट्युवजस्तै मोड्न सकिनेछ। यो डिस्प्ले यति बलियो हुने छ कि यसले ह्यामरको प्रहार पनि झेल्न सक्नेछ।

विन्डो ८ अल्ट्रा बुक 

गएको वर्ष जहाँ ट्याबलेटको नाममा रह्यो, यो वर्ष अल्ट्राबुकको नाममा रहनेछ। वर्ष २०१२ नोटबुकको अपडेटेड भर्सन अल्ट्राबुकको धुम रहनेछ। नयाँ अल्ट्राबुकमा टच एण्ड टाइप फिचर हुनेछ, अर्थात् नोटबुकमा टच स्त्रिmन फिचर हुनेछ। माइक्रोसफ्टको विन्डो आठ अपरेटिङ सिस्टममा चल्ने यो अल्ट्राबुक्सले ट्याबलेटलाई चुनौती दिनेछ, साथै यो पकेट प|mेन्डली पनि हुनेछ।

आसस पेडफोन 

फोनसँगै ट्याबलेट पनि प्रयोग गर्न सकिने मल्टी पर्पोजसहित इलेक्ट्रोनिक्स प्रोडक्ट बनाउने कम्पनी आससले यस्तै धमाका गर्दैछ वर्ष २०१२ मा। आसस पेडफोन पनि हो र ट्याबलेट पनि। फोनका साथमा एउटा ट्याबलेट स्त्रिmनको पनि सुविधा हुनेछ, जसले टाइपिङजस्ता मल्टी टास्किङ काम गर्नेछ भने फोनलाई स्त्रिmनमा फिट गरे त्यो ट्याबलेट बन्छ। दुवैका लागि एउटा सिमको आवश्यकता हुन्छ। दुवैको डाटा पनि एउटै स्थानमा सेभ हुनेछ। 

निन्तेडो वाइ यु 

निन्तेडो वाइ यु नेक्ट जेनरेशनको एचडी गेमिङ कंसोल हो, जुन ट्याबलेटजस्तै देखिन्छ। माइक्रोसफ्ट काइनेक्ट जस्तै यो पनि मेसिन गेमिङमा आधारित छ। यसमा ६ दशमलव २ इन्चको स्त्रिmन, एसेलरोमिटर तथा जायरोस्कोप सेन्सरका साथै इनवर्ड फेसिङ क्यामेराजस्ता फिचरर्स बाहेक थ्री डी गेमिङको पनि अप्सन छ। निन्तेदोको यो क्रान्तिकारी डिवाइस २०१२ मै ग्राहकसामु आउनेछ।