TV कपालको रौँ भन्दा एक लाख गुणा पातलो




वैज्ञानिकहरुले यस्तो अत्याधुनिक प्रविधिको विकाश गरेका छन् जसबाट निकै पातलो र लचकदार टेलिभिजन  स्क्रिन  बनाउन सकिनेछ । क्वान्टम डट्स (क्युडी) नाम दिइएको उक्त प्रविधिबाट विकाश गरिएको नयाँ क्रिस्टलको सहायताले अब यस्तो लचकदार र पातलो टेलिभिजन  स्क्रिन   निर्माण सम्भव भएको हो ।
वैज्ञानिकहरुले विकाश गरेको क्रिस्टल कपालको रौँ भन्दा एक लाख गुणा पातलो रहेको छ । यो क्रिस्टल निकै सस्तो अर्धसूचालक पदार्थबाट बनाइएको र त्यसले परावैजनी किरणको सम्पर्कमा आउनेवित्तिकै प्रकाश दिने वैज्ञानिकहरुले बताएका छन् ।
अब यो सुक्ष्म क्रिस्टललाई पातलो प्लास्टिकको पत्रमा पि्रन्ट गरी प्लास्टिककै मोटाइको टेलिभिजन  स्क्रिन   तयार पारिनेछ । यो टेलिभिजन  स्क्रिनको मोटाइ र तौल निकै थोरै भएकाले यसलाई सामान्य प्लास्टिकजस्तै गरी पट्याउन सकिनेछ र त्यसलाई जुनसुकै आकारमा समेत ढाल्न सकिनेछ ।
वैज्ञानिकहरुले अर्को वर्षसम्ममा क्वान्टम डट टेलिभिजन सेट बजारमा आउने दाबी गरेका छन् ।