‘जागिर खाइदिने’ धम्की (भिडियोसहित)
आकाशे पुलबाट जानुस् भन्दा ‘जागिर खाइदिने’ धम्की
आकाशे पुल प्रयोग नगर्ने सर्वसाधारणमाथि कारवाही तिब्र पारेको छ । अभियानका क्रममा कतिले त ट्राफिक प्रहरीको ‘जागिर खाइदिने’ धम्की समेत दिने गरेका छन् ।

प्रहरीले उनको नाम सार्वजनिक गर्न चाहेन भने हाम्रो क्यामारा देख्नासाथ उनले आफ्नो अनुहार लुकाए । उनलाई झण्डै २ घण्टा नियन्त्रणमा राखेर छाडिएको छ । प्रहरी इनिस्पेक्टर सिताराम हाछेथुले भन्नुभयो-’उनलाई स्थानीयबासीले समेत हातपात गर्न खोजेका थिए, हामीले सम्झायौ र २ घण्टा राखेर छाडिका छौं ।’
ट्राफिक प्रहरीहरुका अनुसार अभियानका क्रममा कतिले साथ लिने गरेका छन् भने केहीले दुव्यवहार समेत गर्ने गरेका छन् । हवल्दार गणेश श्रेष्ठले अनलाइनखबरसँग भन्नुभयो-’केहीले राम्रोसँग सहयोग गर्नुहुन्छ । केहीसँग त सामान्य विवाद नै गर्नुपर्छ ।’
मंगलबारमात्र ट्राफिक प्रहरीले आकाशे पुल प्रयोग नगर्ने ६६ जनालाई कारवाही गरेको छ । प्रहरीले आकाशे पुल प्रयोग नगर्नेलाई पहिलो पटक ५० रुपैयाँ जरिवाना गर्ने गरेको छ भने बृद्धबृद्धालाई सम्झाइबुझाइ पठाउने गरेको छ ।
भिडियोसहित
By: Onlinekhabar
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind