कण्डम प्रयोगमा गल्ती

अमेरिकाको किन्से इन्स्टिच्युटको कण्डम यूज रिसर्च टीमले सन् १९९५ देखि २०११ सम्मको अवधिमा गरेको अध्ययनले यस्तो देखाएको हो ।
शोधकर्ताहरुले यस क्रममा विभिन्न १४ देशमा कण्डम प्रयोग सम्बन्धि प्रकाशित लेखरचना, अनुसन्धान तथा अनुभवहरुको विश्लेषण गरेका थिए । जसमा अमेरिका, बि्रटेन तथा क्यानडा लगायतका देश पनि सामेल थिए । विश्लेषणबाट कण्डम प्रयोगका दौरान पुरुषले गर्ने गल्तीहरु निम्नानुसार पाइएका छन् :
१. धेरै पुरुषहरुले कण्डमको प्याकेटलाई गलत तरिकाले खोल्दछन् जसका कारण कण्डम च्यातिने वा प्वाल पर्ने र बिगि्रने सम्भावना हुन्छ ।
२. निकै ढिलो गरी मात्र कण्डम लगाउँछन्, जसका कारण यौन सम्पर्कका बेला योनीभित्रै विर्यस्खल हुने तथा यौनरोग सर्ने सम्भावना हुन्छ ।
३. कतिपयले पूरै विर्यस्खलन नहुँदै कण्डम हटाएर फेरी सम्भोग गर्छन् जसका कारण बाँकी रहेको विर्य योनीभित्रै स्खलित भएर गर्भ रहने सम्भावना हुन्छ ।
कण्डमको गलत प्रयोगका विषयमा गरिएको यो अध्ययनका क्रममा विभिन्न देशका दम्पति तथा यौनकर्मीहरुसँग पनि अन्तरवार्ता गरिएको थियो । यस क्रममा केही जोडीले आफुले कहिल्यैपनि कण्डम नलगाएको बताए भने केहीले पहिले कण्डम नलगाइकन सम्भोग गर्ने र विर्य स्खनल हुने बेलामा मात्र कण्डम लगाउने बताए । सयमा ५१ जना पुरुषले आफुले यौन सम्पर्कका बेला केबल विर्यस्खलनको बेला मात्र कण्डम लगाउने गरेको बताएका छन् । तर विज्ञहरुले भने विर्य स्खलन भन्दा पहिले उत्तेजनाका दौरान पुरुषको लिंगबाट विर्यभन्दा पातलो तरल पदार्थ निस्कने र त्यसमा पनि शुक्राणुहरु हुने भएकाले महिला गर्भवती हुने सम्भावना रहने बताउँछन् । त्यसकारण विर्यस्खलनका बेला मात्र कण्डमको प्रयोग गर्दा गर्भ रहन सक्ने सम्भावना हुन्छ ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind