औषधि सेवन गर्ने मानिसको स्वास्थ्यमा गम्भिर खतरा


निद्रा लागेन भनेर कतै निद्रा लगाउने औषधि सेवन गर्दै हुनुहुन्छ की ? यदि त्यसो हो भने खबरदार । चिकित्सकहरुले निद्रा पार्ने स्लिपिङ पिल्स सेवन गर्ने मानिसहरुको ज्यान जोखिममा पर्ने चेतावनी दिएका छन् ।

बेलायती चिकित्सकहरुले गरेको अध्ययनले टेमाजेपान लगायतका स्लिपिङ औषधि सेवन गर्ने मानिसको स्वास्थ्यमा गम्भिर खतरा आउने देखाएको हो । चिकित्सकहरुले निद्रा लाग्ने औषधि खानै परे पनि छोटो समयका लागि मात्र खानुपर्ने र लामो समयसम्म यस्ता औषधि खान नहुने सुझाव दिएका छन् ।


अहिले विश्वमा निद्रा नपर्ने विरामीलाई टेमाजेपाम तथा जोपिक्लोन जस्ता औषधि डाक्टरहरुले नै सिफारिस गर्ने गर्छन् । त्यस्तै जोल्पिडेम तथा जालेप्लोन जस्ता स्लिपिङ ट्याबलेट पनि निद्रा पार्नको लागि दिने गरिन्छ ।

तर यस्ता औषधिले मानिसमा एक्कासी बेहोस हुने, हृदयाघात हुने तथा स्वासप्रस्वासमा बाधा उत्पन्न गर्ने जस्ता समस्या उत्पन्न गराएर तत्काल मृत्युको मुखमा समेत पूराउन सक्छ ।

चिकित्सकहरुका अनुसार निद्राको औषधि सेवन गर्ने मानिसमा अकालमा ज्यान गुमाउने खतरा यस्ता औषधि नखानेमा भन्दा ५ गुणा बढि हुन्छ





0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind