अझै ५ वटा घर भत्काउन बाँकी



काठमाण्डौका सडक विस्तार गर्न कार्य बैशाखभित्र सम्पन्न गरिसक्ने गरि सरकारले तयारी गरेको छ । काठमाण्डौंका मुख्य तीन स्थानमा भइरहेको सडक विस्तारलाई तिब्रता दिंदै तत्कालै निर्माण कार्य थाल्न प्रधानमन्त्री डा. बाबुराम भट्टाराईले मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।  आज सरोकारवालाहरुसँग भएको छलफलमा प्रधानमन्त्री भट्टराईले हाल सडक विस्तार भइरहेका तिनकुने– माइतीघर, कृष्ण पाउरोटी– रातोपुल र डिल्लीबजारदेखि बालुवाटारसम्मको सडक निर्माणका लागि प्रधानमन्त्रीले निर्देशन दिनुभएको हो ।   बजेट र समन्वयको अभावमा सडक बनाउने कार्य नरोकियोस भनेर प्रधानमन्त्री आफैले अग्रसरता लिई मातहतका निकायलाई समय तालिका तोकेरै काम सक्न निर्देशन दिनुभएको छ । जसअनुसार फागुन मसान्तभित्र विस्तारित सडकमा रहेका बिजुली र टेलिफोनका पोल स्थानान्तरण गरिसकिने छ भने चैत मसान्तभित्र त्यसक्षेत्र तारलाई भूमिगतरुपमा ब्यबस्थित गरिसक्नुपर्ने छ । वैशाखभित्र यी तीनवटै सडकखण्डको बाटो बनाउने काम सक्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ ।
तारलाई जमिनमुनी बिछ्याउने कार्ययोजना तयार गर्न उर्जा सचिव, संचार सचिव, नेपाल बिद्युत प्राधिकरण र नेपाल टेलिकमका महाप्रवन्धक सम्मिलित एक कार्यदलसमेत बनाइएको छ ।  कृष्ण पाउरोटी–ज्ञानेश्वर सडकमा अझै ५ वटा घर भत्काउन बाँकी रहेकोमा फागुन मसान्तभित्र घर भत्काउने र पोल हटाउने काम सक्न प्रधानमन्त्रीले भौतिक योजना मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।काठमाण्डौको सडक विस्तार अभियानमा  ४० करोड बिनियोजन भए पनि त्यो अपुग हुने देखिएकाले रकम ब्यबस्था गर्न भौतिक योजना मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind