बहुमतको आधारमा विवाद मिलाउनुपर्ने प्रस्ताव ।।
संविधान निर्माणको समय छोट्टिदै गएकोले सहमति नभएका विषय बहुमतको आधारमा टुङ्ग्याउनुपर्ने निस्कर्षमा संवैधानिक समिति पुगेको छ । राजनीतिक सहमतिका लागि पटकपटक थपिएको समयमा पनि विवाद नसुल्झेपछि बहुमतका आधारमा विवाद मिलाउन संवैधानिक समितिका सदस्यहरुले प्रस्ताव गरेका छन् । एक सातापछि आज बसेको संवैधानिक समिति बैठकमा नेताहरुले सहमति जुट्न नसके मतदान प्रक्रियामा जान प्रस्ताव गरेका हुन् । बैठकपछि समिति सभापति निलाम्बर आचार्यले यही फागुन १९ गते बस्ने समितिको बैठकमा सहमति नभए प्रक्रियामा जानुपर्ने बताउनुभयो । शान्ति प्रक्रिया अबरुद्ध रहँदासम्म संविधान निर्माणको प्रक्रिया अगाडि बढ्न नसक्ने काङ्ग्रेस एमालेले अडान राखेका थिए । बैठकपछि काङ्ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले शान्ति प्रक्रिया नटुङिएका कारण संविधान निर्माणको काम अबरुद्ध भएको बताउनुभयो । मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले सहमति नगरेर तीन दलले देशलाई अनिर्णयको बन्दि बनाएको आरोप लगाउँदै सहमति नभएका विषयलाई संविधानसभामा लगेर भए पनि मिलाउनु पर्ने बताउनुभयो । उपसमितिले गरेको सहमति अनुमोदन गर्ने कार्यसूची रहे पनि यसबीचमा उपसमितिको बैठक नबसेका कारण विषयगत छलफल नभएको नेताहरुले बताएका छन् ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind