कमन वेल्थ बैंक सिरीज क्रिकेटमा आज भारत र श्रीलङ्काबीच प्रतिस्पर्धा हुँदै ।।


कमन वेल्थ बैंक सिरीज क्रिकेटमा आज भारत र श्रीलङ्बीच प्रतिस्पर्धा हँुदैछ । तास्मनीयाको बलेरिभ ओभल होवर्टमा आज दिउँसो ३ बजेपछि भारत र श्रीलङ्काबीच प्रतिस्पर्धा हुने क्रिकेट अनलाईन संस्करणले जनाएको छ । अष्ट्रेलिया भारत र श्रीलङ्का बिचको त्रिकोणात्मक एक दिवसीय क्रिकेटको ११ औ म्याचमा भारत र श्रीलङ्का भिड्न लागेका हुन् । भारत महेन्द्रसिंह धोनी र श्रीलङ्का माहेला जयवर्दनेको कप्तानीमा मैतानमा उत्रँदैछ । ७ खेल खेलेको भारतले १ बराबरी ४ मा हार र मात्र २ खेल जित्दै १० अङ्क जोडेको छ । ६ खेल खेलेको श्रीलङ्काले भने १ बराबरी २ मा हार र ३ म्याच जित्दै १५ अङ्क जोडेको छ भने ७ खेल खेलेको अष्ट्रेलिया ३ मा हार तथा ४ खेल जित्दै १९ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind