जातीय हत्या, हिंसा र द्वन्द्व फैलिने अनावश्यक प्रचार ।।
पर्यटनमन्त्री लोकेन्द्र विष्टमगरले जातीय वा पहिचानका आधारमा अघि बढ्दा जातीय हत्या, हिंसा र द्वन्द्व फैलिन्छ भन्ने अनावश्यक प्रचार भइरहेको बताउनुभएको छ । उहाँले सङ्घीयतामा जानुको विकल्प नभएको भन्दै देशलाई टुक्राउने भत्काउने र विध्वंश मच्चाउने नभई सबै क्षेत्रमा समान अवसर दिइने बताउनुभएको छ । संखुवासभाको बाह्रबिसे महोत्सवमा बोल्दै मन्त्री मगरले मुलुक सङ्घीयतामा जाँदा एकात्मक र केन्द्रीय शासन प्रणाली नरहने पनि बताउनुभयो । उहाँले कसैको लहड र रहरमा सङ्घीयतामा जान नखोजेको स्पष्ट पादै जातिहरुको पहिचान सुरक्षित राख्ने र आर्थिक रूपमा जनताको पहुँच बराबरी हुने पनि बताउनुभयो । मन्त्री मगरले शान्ति र संविधानको मुद्धा अघि बढाएकाले सेना समायोजन प्रकृयालाई समयमै टुङग्याई जीवन्त र अग्रगामी शान्तिको प्रत्याभूति दिने बताउनुभयो ।
यसैबीच संखुवासभामा आजवाट सभापोखरी बाह्रबीसे महोत्सव सुरु भएको छ । सभापोखरी र बाह्रबिसेको सङ्गमस्थलमा सुरु भएको महोत्सव ५ दिनसम्म चल्ने छ । पहिलो पटक पर्यटन प्रवद्र्धनका लागि महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ । महोत्सवको मुख्य आकर्षण सभाखोलाको असला माछा रहेको छ । त्यसको अलवा विभिन्न जातजातिको सांस्कृतिक झाँँकी पनि प्रस्तुत गरिएको छ । महोत्सवमा १ करोड बढीको आर्थिक कारोबार हुने आयोजकले दाबी गरेको छ । महोत्सवले यो क्षेत्रको सामाजिक, सांस्कृतिक, आर्थिक र भोगोलिक स्थितिलाई उजागर गर्न मद्धत गर्ने जनाएको छ । महोत्सवको एक कार्यक्रमका बीच आज पर्यटनमन्त्री लोकेन्द्र विष्टमगरले उद्घाटन गर्नुभयो । महोत्सवमा १ लाख ५० हजार आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गर्ने अपेÔा गरिएको छ । महोत्सवमा औद्योगिक तथा व्यापारिक प्रदर्शनी, स्थानीय घरेलु तथा हस्तकला प्रदर्शनी, कृÈि तथा जडिबुटी प्रदर्शनी, विभिन्न लोक संस्कृति प्रदर्शनी, फोटो तथा धार्मिकस्थलको वृत्तचित्र प्रदर्शनी, जातीय एवं सरकारी तथा गैरसरकारी निकायको गतिविधि प्रदर्शनी लगायत १ सय स्टल रहेको छ । थप आकर्Èणका रूपमा हेलिकप्टरमार्फत् सभापोखरी, मनकामना, गुफापोखरी दर्शनको व्यवस्था मिलाइएको छ । दृश्यावलोकनका लागि पहिलोपटक हेलिकप्टरको प्रयोग गरिएको हो ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind