मान्छे भन्दा बढि हुदै छ मोबाइल
सिस्कोका अनुसार त्यो समयसम्ममा मोबाइल नेटवर्कमा हरेक वर्ष १३० हेक्साबाइट्स डाटा हुनेछन् । यो डाटा यति ठूलो परिमाण हो की यदि यी सबै डाटालाई डिभीडीमा संग्रहित गर्न चाहेमा ३३ अरब डिभिडीको आवश्यकता पर्नेछ ।
अध्ययनले पछिल्लो समयमा मोबाइलमार्फत डाटा आदानप्रदान तथा प्रयोग र संग्रहको क्रम निकै बढेको र डाटाको प्रयोग बढ्नु मोबाइल कम्पनीहरुका लागि टाउको दुखाइको विषय बनेको निष्कर्ष निकालेको छ । अहिले स्मार्टफोनका उपभोक्ताले औषतमा १५० मेगाबाइट्स डाटा उपयोग गरिरहेको र सन् २०१६ सम्ममा यो आँकडा २।६ गिगाबाइट्स पुग्ने सिस्कोको भनाइ छ ।
१६ सम्ममा ६० प्रतिशत मोबाइल प्रयोगकर्ताले एक महिनामा कम्तिमा १ गिगाबाइट डाटा प्रयोग गर्ने अनुमान गरिएको छ । डाटा लोड बढ्नुको मुख्य कारण भिडियो डाटाको प्रयोग बढ्नु रहेको भन्दै सिस्कोले लोड बढेसँगै नेटकर्वको क्षमता विस्तारमा ध्यान दिइनुपर्ने बताएको छ । एजेन्सी
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind