सर्वाधिक लोकप्रिय सामाजिक संजाल फेसबुक एकैछिनमा ध्वस्त बनाउन सक्थे यी ह्याकरले



अमेरिका । फेसबुकलाइ ह्याक गर्ने अपराधमा ग्लेन म्यानघम लाइ आठ महिनाको जेल सजाय तोकिएको छ । उनले आफ्नो कोठाको बेडरुमबाट सर्वाधिक लोकप्रिय सामाजिक संजाल फेसबुकको सेक्रेड कोडहरु आफ्नो कम्प्युटरमा डाउनलोड गरिसकेका थिए । म्यानघमको ह्याकिंगमा फेसबुकलाइ ध्वस्त गरी अरबौं डलरको कारोबार बर्बाद गर्न सक्ने क्षमता भएको बताइएको छ । जजले प्रोसिक्यूटर वकिलसँग सोधे कि ग्लेन फेसबुकको एम्पायरलाइ नष्ट गर्न सक्थे रु यसको जवाफमा वकिलले यो सम्भव भएको बताएका थिए । यसको प्रत्युतरमा ग्लेनले सफाई दिदै भने कि उ फेसबुकको कमजोर पक्ष पत्ता लगाउने र त्यसलाई उजागर गर्ने एक्स्पेरिमेंट मात्र गरिरहेका थिए ।
तर वकिलका अनुसार उनको यो एक्स्पेरिमेंटले फेसबुक नष्ट गर्न सक्थ्यो । उनले गरेको यस्तो प्रकारको ह्याकिंगलाइ फेसबुक सेक्युरिटी चेकले पक्रिएको थियो । यो मामला जांच गर्नमात्र फेसबुकले लगभग दुइ लाख अमेरिकी डलर खर्च गरेको थियो । 

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind