फेसबुक र युट्यूबले भाषा संरक्षणमा सहयोग पुर्‍याउदै

विश्वमा सामाजिक सञ्जालहरुको महत्व बढ्दै गएको छ। यस्ता सामाजिक सञ्जालहरुको कारण सकारात्मक तथा नकरात्मक दुवै पक्ष हाबी बन्दै गइरहेका छन्। हो यस्तै सामाजिक सञ्जाल फेसबुक तथा युटुयुबको सहायताले लोप हुन लागेका विभिन्न भाषाहरु संरक्षण भइरहेको भाषा विज्ञहरुले बताएका छन्। विश्वमा अहिले लगभग सात हजार भाषा अस्तित्वमा रहेको बताइएको छ। थि भाषाहरुलाई संरक्षण नगरेमा शताब्दीको अन्त्यसम्ममा आधा भन्दा धेरै भाषा लोप हुने विज्ञहरुले ‌‌औँल्याएका छन्। पछिल्लो समय आफ्नो भाषाका फेसबुक, मोबाईल, यूट्यूब मार्फत भाषा बचाउने अभियान समेत शुरु भएको छ । बिबिसिको अनुसार विश्वमा डिजिटल प्रविधिको कारण भाषा संरक्षणमा महत्वपूर्ण टेवा पुगेको छ। साथै डिजिटल प्रविधिले भाषा बचाउन ठूलो सहयोग पुगेको वैज्ञानिकहरुले दाबी गरेका छन्। 

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind