विद्यार्थीहरूले आन्दोलन गर्ने
पेट्रोलियम पदार्थमा बढाइएको मूल्य फिर्ता गराउन दबाब दिन विद्यार्थीहरूले आन्दोलन गर्ने भएका छन् । आज उनीहरूले आफ्नो विरोधका कार्यक्रमबारे प्रधानमन्त्रीलाई जानकारी गराउने भएका छन् । हिजो बसेको विभिन्न विद्यार्थी सङ्गठनहरूको संयुक्त बैठकले भोलिदेखि सडक आन्दोलन गर्ने निर्णय गर्दै आन्दोलनका रूपहरू समेत सार्वजनिक गरेको थियो । अनेरास्ववियु अध्यक्ष माधव ढुङ्गेलले दिनुभएको जानकारीअनुसार भोलि बिहान ११ बजे जुलुस निकाल्ने, १९ गते प्रदर्शनसहित सरकार गाडीमा अवरोध गर्ने, २० गते मसाल जुलुस निकाल्ने र २२ गतेदेखि २४ गतेसम्म रिले अनसन बस्ने कार्यक्रम तय भएको छ । सरकारले फेरि पनि मूल्य वृद्धि घटाउन वास्ता नगरे आन्दोलन थप कार्यक्रम तय गरिने ढुङ्गेलले बताउनुभयो ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind