आज पनि धर्नामा बस्ने अस्थायी शिक्षकहरु ।।


विभिन्न माग राखी आन्दोलनमा उत्रिएका अस्थायी शिक्षकहरुले आज पनि शिक्षामन्त्रालयमा धर्ना दिने भएका छन् । नेपाल गणतान्त्रिक शिक्षक मञ्च र नेपाल शिक्षक युनियनमा आवद्व शिक्षकहरुले केही दिनदेखि आन्दोलनलाई चर्काउँदै आएका छन् । अस्थायी शिक्षकलाई प्रक्रिया पु¥याएर स्थायी गर्नुपर्ने, विद्यालय कर्मचारीलाई दरबन्दी सिर्जना गरी स्थायी गर्नुपर्ने, संस्थागत बिद्यालयका शिक्षकलाई सरकारी शिक्षकसरह तलबसुविधा, भत्ता, नियुक्तिपत्र दिनुपर्ने लगायतका ४७ बुँदे माग गर्दै नेपाल शैक्षिक गणतान्त्रिक मञ्च र नेपाल शिक्षक युनियनले संयुक्तरुपमा तेस्रो चरणको आन्दोलन गर्दै आएका छन् । यसैबीच सरकारले हिजो वार्ताका लागि पत्र पठाएकोले वार्तामा जाने नजाने बारे छलफल भइरहेको नेपाल शैक्षिक गणतान्त्रिक मञ्चका केन्द्रीय कोषाध्यक्ष दिनेश थापाले जानकारी दिनुभयो ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind