भन्सारद्धारा बढी राजस्व सङकलन ।।
पुर्वि इलामको पशुपतिनर गाविसमा रहेको भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ । पशुपति भन्सार कार्यालयले चालु आर्थिक वर्षमा ४७ लाख ५७ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएपनि माघ मसान्तसम्ममा ८८ लाख ४० हजार रुपैयाँ राजश्व संकलन गरिएको हो । प्रत्येक आर्थिक वर्ष लक्ष्यभन्दा कम राजश्व संकलन गर्दै आएको कार्यालयले चालु आर्थिक वर्ष नसकिदै नहुदै दुइगुणा बढी राजस्व संकलन गरेको कार्यालयले जनाएको छ । प्रहरी बल र नेपाल प्रहरीले अवैध रुपमा नेपाल भित्रने सामग्री नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाउने गरेपछि यसैको लिलामिबाट राजश्व संकलन हुने गरेको छ ।
अवैध रुपमा संचालनमा आउने सवारीसाधन र मोटरसाइकल प्रहरीले भन्सार कार्याल्यमा जिल्मा लगाएपछि त्यसको लिलामिबाट राजश्व संकलमा वृद्धि आएको कार्यालयका प्रमुख जनार्दन आचार्यले बताउनुभयो । यसैबीच इलामको साखेजुङ्ग गाविसका किसानहरुले दुग्ध पदार्थ उत्पादन गरि आम्दानी लिन थालेका छन् । साखेजुङ्ग ७ का किसानले सामूहिक रुपमा दुग्ध पदार्थ उत्पादन गरि आम्दानी लिन थालेका हुन् । किसानले समूहमा रकम संकलन गरि इलामेली एग्रिकल्चर एलायन्स इन्डस्ट्रिज प्रालि स्थापना गरेर दुग्ध पदार्थ उत्पादन गर्दै आएको स्थानीय देवेन्द्र रेग्मीले बताउनुभयो । किसानले आफ्नै घरबाट गाईको दुध संकलन गरि घ्यु, छुर्पी, पनिर, चिजी लगायतका दुग्ध पदार्थ उत्पादन गरि इलामका विभिन्न बजारमा बिक्रि गर्दै आएका छन् । दूध र दुधजन्य पदार्थ विक्रीबाट किसानले मासिक १० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind